Main Menu

Sunday, July 30th, 2017

 

कि कसो ?

निंद हराम

भर्खरै एउटा रिपोर्ट सुन्नमा आयो, भारतले अहिलेसम्म परीक्षण गरेका सम्पूर्ण मिसाइलहरूमध्ये जम्मा ३० प्रतिशत मात्रै सफल भएको छ रे ! एउटा अन्तर्राष्ट्रिय स्तरकै सञ्चार माध्यमले प्रशारण गरेको समाचार हो यो । सुनेर मेरो ‘निंद हराम’ भएको छ । अर्थात् यो समाचार सुनेदेखि मलाई राम्ररी निद्रा लाग्न छोडेको छ । हुन त क्षेप्यास्त्र जो असफल भएको हो त्यो हाम्रो मिसाइल होइन । त्यो भारतको मिसाइल हो । भारतीय मिसाइल असफल हुँदैमा हामीलाई निद्रा नलाग्नुपर्ने कारण छैन । तर, कुरो त्यतिमा सीमित छैन । अहिले हामी सुन्दैछौँ, चीन र भारतबीच सा¥है खराब सम्बन्ध चलिरहेको छ । यो खराब सम्बन्ध झनझनै खराब हुँदैपूरा पढ्नुहोस्


डा केसीको माग सम्बोधन गर्न सोमबार पुनः वार्ता

साउन १५,  काठमाडौँ । अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्तता प्रदान गर्ने भन्ने सम्बन्धमा गृहकार्य सुरु भएको छ । शिक्षा मन्त्रालयका सचिव तथा वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा डा केसीको सम्बन्धमा सोमबार हुने वार्ता संस्थानका डिनले स्वायत्तताको खाका ल्याउने आइतबारको वार्तामा सहमति भएको उल्लेख छ । चिकित्सा शिक्षामा एकरुपता ल्याउन तथा गुणस्तर कायम गर्न वर्तमान जल्दाबल्दा मुद्दालाई समेट्दै माथेमा आयोगको प्रतिवेदनको मर्म र भावनाको प्रतिकूल नहुने गरी विचाराधीन चिकित्सा शिक्षा विधेयक छिटो संसदबाट पारित गर्न सरकारका तर्फबाट गरेको आग्रहलाई व्यवस्थापिका–संसद, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजपूरा पढ्नुहोस्


भरतपुर मतगणना विवादः सर्वोच्चद्वारा आयोगकै निर्णय सदर

साउन १५,  काठमाडौँ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा १९ को मतगणना विवादमा पुनः मतदान गराउन आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर महानगरपालिकाको मतगणना विवादमा लामो सुनुवाइ र बहसपछि निर्वाचन आयोगकै निर्णय सदर गर्दै पुनः मतदान गराउने आदेश दिएको हो । आदेशमा भनिएको छ, “स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन गराउने संवैधानिक दायित्व निर्वाचन आयोगमा रहेको छ, निर्वाचनमा धाँधली भएमा प्रजातन्त्रप्रति अनास्था जागृत हुने कुरामा दुईमत हुन सक्दैन, अब उप्रान्त आफ्नो दायित्वतर्फ विशेष रुपमा सचेत रही सुरक्षालगायत जो चाहिने व्यवस्था गर्नू गराउनू ।” भरतपुर महानगरपालिका वडा १९ मा पुनः मतदान गराउने निर्णय निर्वाचनपूरा पढ्नुहोस्


साहित्य/जीवनी

विश्वका महान् साहित्यकार लियो टोल्सटोय

सामन्ती परिवारमा जन्मी हुर्केर पनि भौतिक भोगविलासलाई तिलाञ्जली दिई सरल र शान्त जीवन यापन गर्ने विश्वका थोरै महापुरुषहरु मध्ये एक हुन् – लियो टोल्सटोय । विश्वप्रसिद्ध साहित्यकार तथा दार्शनिक । विश्वको एक अनमोल कृतिको रुपमा सूचिकृत मेघा उपन्यास “युद्ध र शान्ति” का लेखक । सेप्टेम्बर ९, सन् १८२८ उनले यस धर्तीमा अवतरण गरेको दिन थियो । अनि ती महान् प्रतिभा जन्मेको पवित्र भूमि रुसको यस्ताया पौल्यान्या भन्ने ठाउँ हो । टोल्सटोय सानै छँदा उनका मातापिताको निधन भयो । यसले गर्दा उनको बाल्यकाल त्यति वात्सल्यपूर्ण भएन । उनी सानोमा एउटी नातेदार महिलाको संरक्षणमा हुर्के । र, उनले घरमै प्राथमिक शिक्षा पूरापूरा पढ्नुहोस्


‘संवैधानिक र व्यवस्थापकीय दृष्टिले एकैपटक दुईवटा निर्वाचन गर्न मिल्दैन’

साउन १५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताएका छन् । व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उनले दुबै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठरो पर्नसक्ने जानकारी दिए । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने अवस्थालाई सबै सरोकारवाला पक्षले हेक्का राख्न जरुरी रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले नेपाल जस्तो मुलुकका मतदाताले चारवटा मतपत्रको प्रयोग एकै पटक कसरी गर्न सक्दछन् ? भनी प्रश्न गरे । मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती,पूरा पढ्नुहोस्


सुरक्षित प्रसूति सेवा नहुँदा हेलिकप्टरको भर

प्रशन्न पोखरेल साउन १५, गोरखा । उत्तरी गोरखाको सिङ्गो चुमनुब्री गाउँपालिकामा सडक पहुँच पुगेको छैन । सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दिबास गाउँ आवतजावत गर्ने हो भने पैदल हिँड्नुपर्छ । सँगै रहेको धार्चे गाउँपालिकाको काशीगाउँ, केरौँजा, उहियालगायत गाउँमा पनि सडक सुविधा छैन । यहाँका मानिस हिँडेर सदरमुकाम ओहोरदोहोर गर्छन् । उत्तरी दुर्गम यी गाउँमा सडक सुविधा मात्रै होइन सुरक्षित प्रसूति सेवा पनि छैन । नेपाल सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा वर्षौंदेखि स्वास्थ्य संस्था सञ्चालनमा छन् । फेज, क्यान नेपाललगायत संस्थाले स्थानीयवासीको स्वास्थ्यको रेखदेख गर्दै आएका छन् । गर्भवती भएपछि कम्तीमा चारपटक नियमित जाँचका लागि स्वास्थ्य चौकी जानुपर्ने भएपूरा पढ्नुहोस्


प्रहरीको आकस्किम फोन नम्बर १०० मा २३ प्रतिशत ब्लफकल

साउन १५, रत्ननगर (चितवन) । अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा एक चौथाइ ब्लफकल आउने गरेको पाइएको छ । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दैनिक करिब ५०० वटा फोन प्रहरीको १०० नम्बरमा आउँछ । गत एक वर्षमा गरिएको अध्ययनमा आएको फोनमध्ये २३ प्रतिशत ब्लफकल हुने गरेको पाइएको हो । ५ सेटमार्फत फोन उठाउने गरिएको प्रहरी नियन्त्रण कक्षमा रहेको उक्त हटलाइनमा अनावश्यक फोनले कहिलेकाहीँ प्रहरी हैरान हुने गरेका छन् । उक्त फोनमा सामान्य सोधपुछका ३७ प्रतिशत र सवारी दुर्घटनासम्बन्धी १८ प्रतिशत फोन आएको पाइएको छ । एक वर्षमा गरिएको अनुगमनमा घरायसी झगडासम्बन्धी ५पूरा पढ्नुहोस्


मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

साउन १५, कैलाली । कैलारी गाउँपालिका–३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका जिल्लास्तरीय नेताको मृत्यु भएको छ । धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीले चलाइरहेको से १ प ६०० नम्बरको मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई मोटरसाइकल लड्न पुग्दा राजेश चौधरी घाइते भएकामा उपचारका लागि भारत लैजाने क्रममा गए राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए । ठक्करबाट घाइते भएकी साइकल चालक सम्झना चौधरीको अवस्था सामान्य रहेको र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


राष्ट्रिय गौरवका आयोजना समयमा सक्न निर्देशन

साउन १५, काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने कानूनी व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले आज आयोजना गरेको वीरगञ्ज, जनकपुरलगायत शहरमा एसियाली विकास बैँंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास कार्यक्रमको विद्यमान अवस्था, समस्या र समाधान विषयको छलफलपछि यस्तो निर्देशन दिएको हो । कानूनमा जतिसुकै ठेक्काका जिम्मेवारी लिए पनि हुने व्यवस्था भएकाले एउटै ठेकेदारले १३ वटासम्म ठेक्का लिने तर कुनै पनि समयमा पूरा नगर्ने गुनासा आएपछि समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग तथा अर्थ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई तयार भएको विधेयक १५ दिनभित्र छलफलका लागि पेश गर्न निर्देशन दिएकोपूरा पढ्नुहोस्


अब्बासीलाई पाकिस्तानको अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्ताव

साउन १५, इश्लामावाद (पाकिस्तान) । पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग, नवाज (पीएमएल–एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई अघि सारेको छ । अदालतले सो दलका नेता नवाज सरिफलाई प्रधानमन्त्री पदमा बस्न अयोग्य घोषित गरेपछि राजीनामा दिएका थिए । सरीफले आफ्ना भाई शहवाजलाई नयाँ प्रधानमन्त्रीका रूपमा अघि सारेपछि यसमा पार्टीभित्रबाट मौन समर्थन देखिएको थियो । तर शेहवाज प्रधानमन्त्री हुन संसद सदस्य हुनुपर्ने पाकिस्तानी प्रावधानले केही समस्या देखिएको छ । पाकिस्तानी संविधान अनुसार ४५ दिन अन्तरिम प्रधानमन्त्री बनाउन सकिने व्यवस्था छ । शहबाजले पहिले पञ्जाब प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ र त्यसपछि केन्द्रीय संसदको तल्लो सदन ‘नेशनल एसेम्बली’कोपूरा पढ्नुहोस्