Main Menu

Monday, July 3rd, 2017

 

‘स्थानीय तह सङ्ख्या थप हुनसक्छ’

  असार १९, विराटनगर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री गच्छदारले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारे । असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको प्रसङ्ग कोट्याउँदै उनले संविधान संशोधनलगायतका प्रस्ताव पारित गराउन नेकपा (एमाले) ले उदारतासाथ सहयोग गर्नुपर्ने धारणा प्रकट गरे । तेस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संविधान संशोधनको पहिलो कार्यभार पुरा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै प्रदेश र सङ्घीयपूरा पढ्नुहोस्


पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ नघटेसम्म यातायात भाडा नघट्ने

  असार १९, काठमाडौँ । असारमै दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ । पेट्रोलियम पदार्थको भाउ एक मुष्ट रु. ५ भन्दा बढी नघटेकाले विसं २०६५ मा लागू भएको वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । “वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन,” पाण्डेले भने, “अन्य सूचकको मूल्य अहिले घटेको छैन । पेट्रोलियम पदार्थको भाउ पनि यो महिनामा दुई पटक गरी रु ३.५० मात्र घटेको हो ।” नेपाल आयलपूरा पढ्नुहोस्


उपराष्ट्रपति मङ्गलबार चीन भ्रमणमा जाँदै

  असार १९, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार चीनको भ्रमणमा जाँदैछन् । चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सो मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ । उपराष्ट्रपति पुनले यही असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रेशम मार्ग र सहयोगका विविध आयामका बारेमा उनको सम्बोधन केन्द्रित रहने बताइएको छ । चीनका व्यवसायी एवम् उद्योगीसँग ‘नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान’ विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार २३पूरा पढ्नुहोस्


कतारलाई शर्त पूरागर्न थप ४८ घन्टाको चेतावनी

  असार १९, रियाध । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ देशहरुले कतारलाई दिएको भनिएको चेतावनीको समय थप ४८ घन्टा बढाइएको ४ वटा गल्फ राष्ट्रले जनाएका छन् । कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको करिब महिना दिन पछि उनीहरुको यो प्रतिक्रिया आएको हो । विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् । उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार सम्मको समय दिएकोमा त्यो समयावधि बढाएर ४८ घन्टा पुर्याइएको उनीहरुले जनाएका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले सोमबार कतारलाई यसअघि उनीहरुले राखेका शर्तहरुपूरा पढ्नुहोस्


चिनियाँ र अमेरिकी राष्ट्रपति फोनवार्ता, कोरियाली प्रायद्वीपको तनाव र जि२० बैठकबारे पनि कुराकानी

  असार १९, बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङसँग फोनवार्ता गरेको समाचार छ । उनीहरुबीच सोमबार बिहान फोनवार्ता हुने बारेमा यसअघि नै सार्वजनिक गरिएको थियो । उनीहरुबीच सोमबार बिहान फोनवार्ता भएको समाचार चिनियाँ सञ्चारमाध्यमले दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सो फोनमा गत अप्रिलमा फ्लोरिडामा भएको द्विपक्षीय भेटवार्तापछि अमेरिका र चीन सम्बधमा राम्रो प्रगति भएको जनाएको पनि ती सञ्चारले जानकारी दिएका छन् । गत अप्रिल महिनामा चिनियाँ राष्ट्रपति चिनफिङ अमेरिकाको भ्रमणमा गएका थिए । त्यस क्रममा उनीहरुबीच भेटवार्ता भएको थियो । यी दुई देशबीचका कैयौँ असमझदारीहरु हटाउन यस भेटवार्तामा सहयोग पुगेको बताइएको थियो ।पूरा पढ्नुहोस्


प्राकृतिक प्रकोप नियन्त्रणमा ध्यान नदिइएकोमा सांसदहरुको आपत्ति

  असार १९, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले मुलुकका विभिन्न स्थानमा भएको प्राकृतिक प्रकोपमा परी जनधनको क्षति भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका छन् । बैठकको सुरुमा नै सांसद विन्दादेवी आलेले यही असार १७ गतेको बाढी पहिरोका कारण कास्कीमा ३ जनाको निधन भएको र दर्जनौँ घाइते भएको, बस्ती जोखिममा परेको भन्दै बाढीपहिरो नियन्त्रण र भूसंरक्षण गर्न सरकारको ध्यानकर्षण गराए । यस्तै, सांसद रवीन्द्र अधिकारीले पनि कास्कीको विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण दर्जनौँ बस्ती जोखिममा परेको, जनधनको क्षति भएको, मानवीय अतिक्रमणका कारण नदीको प्राकृतिक बहाव रोकिएको भन्दै तत्काल उचित राहतको व्यवस्था गर्न आग्रह गरे । उनलेपूरा पढ्नुहोस्


एनप्याब्सन भक्तपुरद्वारा ६ सय ५ विद्यार्थी सम्मानित

    असार १९, भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६०५ विद्यार्थीलाई सम्मान गरेको छ । एनप्याब्सन भक्तपुरले आइतबार आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई गरेको बधाई कार्यक्रमको अवसरमा भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत ६०५ विद्यार्थीलाई सम्मान गरिएको हो । एनप्याब्सन भक्तपुरले २०७२ र ०७३ सालमा एसईई परीक्षा उत्तीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित भएका हुन् । एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीलाई सम्मानित गर्दै सधैँ सही मार्गमा हिँड्न आग्रह गरे । जीवी खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एसईई परीक्षाअन्तर्गत २०७२ साल उत्कृष्ट नतिजा ल्याउन सफल डेमोस स्कुलबाट छात्रतर्फ हिमाल थिङ र छात्रातर्फपूरा पढ्नुहोस्


लागुऔषधसहित भारतीय नागरिक पक्राउ

असार १९, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आज बिहानै लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रभागले वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३५ नम्बरको यात्रुबाहक बसमा झोलाभित्र लुकाएर ल्याएको अवस्थामा आज बिहान ६.१५ बजे चेकपोस्टबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतीयारी घर भएका १९ वर्षीय फुल महमद अन्सारी रहेका छन् । प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले अन्सारीको साथबाट २५० एम्पुल डाइजेल्याब, १६९ एम्पुल फेनार्गन र १५० एम्पुल नुर्फिन बरामद गरिएको जानकारी दिए । पक्राउ परेका अन्सारीबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


म्याग्दी जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण सम्पन्न

  असार १९, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीमा करिब रु. २ करोडको लागतमा जनस्वास्थ्य कार्यालयको भवन निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत रु. १ करोड ८७ लाखको लागतमा २० कोठे भवन निर्माण गरेको हो । २०७० असोजमा २०७२ असार मसान्तसम्म सक्ने लक्ष्यसहित भवन निर्माण सुरु भएको थियो । लक्ष्यभन्दा दुई वर्ष ढिला निर्माण भएको ३ तले भवन गत हप्ता हस्तान्तरण भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताए । भूकम्प प्रतिरोधी क्षमताको सो भवनको भुइँ तला अपाङ्गमैत्री छ । भूकम्प, नाकाबन्दी र मजदुर अभावका कारण भवन निर्माणमा ढिलाइ भएको कम्पनीका प्रतिनिधिको भनाइ छपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय ट्राइयाथलनको उपाधि आर्मीको टोलीलाई

  असार १९, मलेखु (धादिङ) । धादिङको बैरनीबाट जोगिमारासम्म नेपाली सेनाले विभिन्न साहसिक खेलमध्ये अन्तर्राष्ट्रियस्तरको ट्राइयाथलन दौड शनिबार सम्पन्न गरेको छ । गल्छी गाउँपालिकाको बैरनीबाट सुरु गरेको ट्राइयाथलन ६.१ किलोमिटरको दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर जोगीमारासम्म जलयात्रा पुगेर सम्पन्न भएको हो । यो नपाली सेनाले आयोजना गर्ने साहसिक खेलमध्ये पर्छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, अमेरिका, बङ्गलादेश सेना, बृटिस गोरखा, सशस्त्र प्रहरी, हिमालयन गर्ल्स र काठमाडौँका विभिन्न स्पोर्ट क्लबका ४८ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिता त्रिभुवन आर्मी क्लबका दैलेख निवासी हुँद्धा मानबहादुर थापाको समूहले बाजी मारेको थियो । आर्मीको थापा समूहले ४३.१ किलोमिटर दुई घन्टापूरा पढ्नुहोस्