Main Menu

Monday, July 31st, 2017

 

स्वास्थ्यमन्त्रीले तीव्र गतिका अनुगमन टोलीहरु देशभर खटाए

साउन १६, काठमाडौं । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले आज बिहानै मन्त्रालयका सचिव र अन्य उच्च स्तरका अधिकारीहरुलाई बोलाई उपत्यकाका केन्द्रीय सरकारी अस्पताल र अन्य अस्पतालहरुमा सेवा प्रवाहको अवस्था के कस्तो छ त्यसको उच्चस्तरीय अनुगमन गरी रिपोर्ट पेश गर्न साँझ ५ बजेसम्मको म्याद दिई द्रूत गतिको जिम्मेवारी सुम्पे अनुरुप साँझबाट धमाधम रिपोर्ट आउँन थालेको कुरा मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्री पोखरेलले आफ्नो मन्त्रालय मातहतका अधिकारी तथा विज्ञहरुलाई कुल तीन टोलीमा बिभाजित गरी आजका लागि तीव्र अनुगमन टोली बनाएका थिए । ती तीन टोलीहरुमध्ये टोली नं.१ मा डा. पुष्पा चौधरी प्रमुख विशेषज्ञको रुपमा रहने गरी महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठ,पूरा पढ्नुहोस्


प्रदेश नम्बर २ मा मधेशी दलसँग गठबन्धन हुन सक्ने : प्रचण्ड

साउन १६,  धनुषा । नेकपा (माओादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले मधेश केन्द्रित दलसँग गठबन्धन गरेर चुनाव लड्ने बताएका छन् । आज जनकपुरमा आयोजित पार्टी कार्यकर्ताको आन्तरिक प्रशिक्षण कार्यक्रममा उनले दोस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा कांग्रेससँग गरेको गठबन्धन भने तेस्रो चरणमा कांग्रेससँग मात्रै सीमित नहुने स्पष्ट पारे । अध्यक्ष प्रचण्डले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राजपालाई समेत सहभागी गराउनुपर्नेमा जोड दिँदै “राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ, त्यसैले राजपासहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रित छ,” भने । “प्रदेश नं. २ मा अझै पनि स्थानीय तहको संख्या बढ्न सक्ने सम्भावना छ,” उनलेपूरा पढ्नुहोस्


राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

  साउन १६, काठमाडौँ । नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ । अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु हुने सो प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए । प्रतियोगितामा खुलामा २, कलेजमा ४, स्कूलमा ८, खेलकुद पत्रकारमा २, दृष्टिविहीनमा २, शारीरिक अपाङ्गमा ४ तथा भेट्रानमा पनि समान ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । खुलातर्फ पुरुष/महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यसमा पहिलो हुनेले रु. १५ हजार, दोस्रो हुनेले रु. १० हजार तथा तेस्रोले रु. ५ हजार पुरस्कार पाउनेछन् । बाँकी स्पर्धामा नगद पुरस्कारपूरा पढ्नुहोस्


‘देशान्तर’का प्रधान सम्पादकलाई ३ दिनभित्र उपस्थित गराउन आयोगको निर्देशन

  साउन १६, काठमाडौँ । निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र आयोगमा उपस्थित गराउन प्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको छ । आयोगको आइतबारको बैठकले “निर्वाचन आयोगमा मामाको धनमा फूपूको श्राद्ध” र “निर्वाचन आयोगलाई रु. १८ अर्ब सक्नुपर्ने ?” शीर्षकमा उक्त पत्रिकामा दुराशययुक्त एवं मिथ्या समाचार प्रकाशित भएको जनाउँदै सोबारे आवश्यक कारबाही हुन काउन्सिललाई लेखी पठाउने निर्णय भएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा “आयोगलाई लक्षित गरी प्रकाशित दुराशययुक्त एवं मिथ्या समाचारका विषयमा प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारबाही हुन प्रेस काउन्सिल नेपालमा लेखी पठाउने तथापूरा पढ्नुहोस्


आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण – अर्थमन्त्री

  साउन १६, काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मसले यहाँ आज आयोजना गरेको ‘विद्यमान वित्तीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणा विषयक’ अन्तर्क्रिया कार्यक्रममा उनले निजी क्षेत्रलाई साथ र विश्वासमा लिएर मुलुकलाई थप समृद्ध र विकसित बनाउन सरकार लागिपरेको बताए । अर्थमन्त्री कार्कीले आर्थिक विकासका लागि निजी क्षेत्रले भाग्नुपरेका समस्या समाधानका लागि नीतिगत सुधार गर्नसमेत सरकार तयार रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०७३/७४ मा मुलुकको आर्थिक वृद्धिदर ६.९ पुगेको र चालु आवमा ७.२ प्रतिशतको लक्ष्य तय भएकाले सो लक्ष्यप्राप्तिका लागि निजीपूरा पढ्नुहोस्


भरतपुर–१९ मा पुनः मतदानको मिति यथाशीघ्र तोक्न आयोगको निर्देशन

local-elections-ballot-paper-voter-list

  साउन १६, काठमाडौँ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नंं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउने मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको आजको बैठकले उक्त वडाको मतदान हुने स्थान, मिति र समय तोक्न महानगरपालिका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गर्ने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जनाएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदान भई मतगणनाका क्रममा जेठपूरा पढ्नुहोस्


‘स्थानीय तहको अधिकार सदुपयोग गर्नुहोस्’

  साउन १६, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तहमा अधिकार हस्तान्तरण भइसकेकाले त्यसको सदुपयोग गरेर विकास निर्माणमा लाग्न निर्वाचित स्थानीय जनप्रतिनिधिलाई सुझाव दिएका छन् । आधुनिक नेपाल मण्डल पर्यटन नगरी विकास बोर्डले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार अधिकार प्रयोग गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिएका हुन् । “संविधानको परिपालना गर्ने हो भने केन्द्रमा रक्षा, परराष्ट्र तथा मौद्रिक नीतिजस्ता अधिकार मात्र रहेको छ,” उपप्रधानमन्त्री महराले भने, “अन्य अधिकार प्रदेश र स्थानीय तहमा गएकाले त्यसको कार्यान्वयन गर्नुपर्छ ।” मुलुक राजनीतिक संक्रमणको अन्तिम अवस्थामा रहेको भन्दै उनले प्रदेश र संङ्घको निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमापूरा पढ्नुहोस्


जित माओवादी केन्द्रको ऐजेण्डाकै – अध्यक्ष दाहाल

local-election-environment-promising-pm

  साउन १६, सिन्धुली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चुनावमा सन्तोषजनक परिणम नआएपनि आफ्नो पार्टीकै एजेण्डा जितेको बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “जनयुद्धमा जनताको विचमा हामी थियौँ, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ । शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्यो अनुरुप जान सकिएन । फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणम आएन तर पनि हाम्रो ऐजेण्डा जितेको छ ।” अध्यक्ष दाहालले अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था नभएको भन्दै एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनता निराश हुन सक्ने भएकाले अब सबैपूरा पढ्नुहोस्


अस्थायी शिक्षकको व्यवस्थापन सरकारको प्राथमिकता

  साउन १६, काठमाडौँ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको व्यवस्थापनका लागि सरकारले प्राथमिकता दिएर काम गर्ने बताएका छन् । ‘शिक्षालय’ मासिक र ‘आजको आवाज’ मिडियाले आज यहाँ आयोजना गरेको १३ औँ शैक्षिक सम्मान कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले आगामी भदौ ३ गतेका लागि तय भएको शिक्षकको परीक्षा, अस्थायी शिक्षकसँग भएका सम्झौताको कार्यान्वयन र चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्या वार्ताबाट समाधान गर्न आफूले उच्च प्राथमिकता दिएको बताए । अस्थायी शिक्षकले स्थायी गराउनेसम्बन्धी गत महिनाको सहमति लागू नभएपछि पुनः आन्दोलनको चेतावनी दिइरहेको अवस्थामा उहाँले स्थानीय तहमा शिक्षाका कामको हस्तान्तरण प्रक्रिया सुरु भएको र त्यससम्बन्धी आवश्यक नियमावलीको मस्यौदा भइरहेको जानकारी दिँदै सार्वजनिक शिक्षाको गुणस्तरवृद्धिमापूरा पढ्नुहोस्


आविष्कार केन्द्रलाई सहयोग जुट्दै

  साउन १६, बागलुङ । राष्ट्रिय आविष्कार केन्द्रका लागि बागलुङमा सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म रु. ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए । “चारजनाले रु. ५ हजारभन्दा बढी सहयोग दिनुभएको छ”, अध्यक्ष शर्माले भने, “तीन महिनासम्म चल्ने अभियानमा रु. २ लाख बढी उठाउने लक्ष्य छ ।” समूहले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनकै उपस्थितिमा डेढ महिनाअघि अभियान शुरु गरेको थियो । देशविदेशमा रहेका नेपालीले स्वःस्फूर्तरुपमा अभियानमा सघाएको अध्यक्षपूरा पढ्नुहोस्