Main Menu

अस्थायी शिक्षकको व्यवस्थापन सरकारको प्राथमिकता

 

temporary-teacher-management-priorityसाउन १६, काठमाडौँ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको व्यवस्थापनका लागि सरकारले प्राथमिकता दिएर काम गर्ने बताएका छन् ।

‘शिक्षालय’ मासिक र ‘आजको आवाज’ मिडियाले आज यहाँ आयोजना गरेको १३ औँ शैक्षिक सम्मान कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले आगामी भदौ ३ गतेका लागि तय भएको शिक्षकको परीक्षा, अस्थायी शिक्षकसँग भएका सम्झौताको कार्यान्वयन र चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्या वार्ताबाट समाधान गर्न आफूले उच्च प्राथमिकता दिएको बताए ।

अस्थायी शिक्षकले स्थायी गराउनेसम्बन्धी गत महिनाको सहमति लागू नभएपछि पुनः आन्दोलनको चेतावनी दिइरहेको अवस्थामा उहाँले स्थानीय तहमा शिक्षाका कामको हस्तान्तरण प्रक्रिया सुरु भएको र त्यससम्बन्धी आवश्यक नियमावलीको मस्यौदा भइरहेको जानकारी दिँदै सार्वजनिक शिक्षाको गुणस्तरवृद्धिमा सबै पक्ष लाग्नुपर्ने बताए ।

नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले स्थानीय तहले गर्नुपर्ने शिक्षाका कामलाई सहजीकरण गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।

अभिभावक संघ नेपालका उपाध्यक्ष सरिता अर्यालले विद्यालयमा विद्यार्थीलाई पत्रु खाना खुवाउने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

शिक्षालयका प्रकाशक श्याम तण्डुकारले आगामी दिनमा देशव्यापी र व्यवस्थित सम्मान कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

(Visited 93 times, 1 visits today)

टिप्पणी

comments