Main Menu

जित माओवादी केन्द्रको ऐजेण्डाकै – अध्यक्ष दाहाल

 

साउन १६, सिन्धुली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चुनावमा सन्तोषजनक परिणम नआएपनि आफ्नो पार्टीकै एजेण्डा जितेको बताएका छन् ।

आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “जनयुद्धमा जनताको विचमा हामी थियौँ, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ । शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्यो अनुरुप जान सकिएन । फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणम आएन तर पनि हाम्रो ऐजेण्डा जितेको छ ।”

अध्यक्ष दाहालले अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था नभएको भन्दै एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनता निराश हुन सक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने बताए ।

आगामी माघ ८ गते भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै उनले समय कम भएकाले केन्द्र र प्रदेशको निर्वाचन एकैचोटि गरौं भन्ने प्रस्ताव राखेको जानकारी दिए ।

(Visited 95 times, 1 visits today)

टिप्पणी

comments