Main Menu

Thursday, July 13th, 2017

 

पर्यटन/वन्यजन्तु

हिमाली हिंस्रक प्राणी हिउँ चितुवा

सुवास ढकाल (हिमाली भेग ! अर्थात् हिमारेखाभन्दा मुनिको उच्च पहाडी भूभाग । हिउँदमा त त्यहाँ हिउँले पूरै ढाक्छन् । त्यसैले त्यहाँ धेरै अग्ला रुखहरु भएको जङ्गल छैन । त्यस्तो जङ्गल नभएपछि हिस्रक जनावरबाट त्याँ के को डर ? तर यसो नभन्नुस्; ठूला घना जङ्गल नभए पनि हिमाली भेगमा कहिलेकाहीँ एक खालको जङ्गली हिंस्रक प्राणीसँग तपाईंको जम्काभेट हुनसक्छ, विरालोसँग ! तपाईं छक्क पर्नुहोला । बिरालोसँग किन डराउने ? बिरालो कसरी हिंस्रक प्राणी हुन्छ ? हो, बिरालो, तर त्यो हाम्रो गाउँघरमा पाइने बिरालो होइन । त्यो त बिरालो जातिको एक जङ्गली प्रजाति हिउँ चितुवा हो । यो जन्तु संसारमा अब धेरै छैन ।पूरा पढ्नुहोस्


दर्शन

न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरु

समिर सिंह ज्ञान के हो ? सही ज्ञान कसरी प्राप्त हुन सक्दछ ? ज्ञान सही छ या गलत, त्यो जाँच्ने कसौटी के हो ? यी प्रश्नहरु समाधान गर्न दार्शनिकहरु विभिन्न प्रकारले प्रयासरत छन् । प्राचीनकालका दार्शनिकहरुदेखि लिएर आधुनिक दार्शनिकहरुसम्म एउटा निश्चित मापदण्डका आधारमा अथवा एउटा निश्चित तत्वमीमांसीय दृष्टिकोण (पदार्थ अथवा चेतनालाई प्राथमिकता दिँदै तयार भएको दृष्टिकोण)का आधारमा ज्ञानमीमांसा (ज्ञानको सिद्धान्त)को गहिराइसम्म पुग्ने प्रयास गर्दै आइरहेका छन् । आदर्शवादीहरु, चेतना अथवा ईश्वरलाई प्रमुखता दिँदै ज्ञानका समस्याहरु समाधान गर्न प्रयासरत रहे भने भौतिकवादीहरु, पदार्थलाई प्राथमिकता दिँदै । न्याय दर्शन पनि यस प्रकारको बहसबाट पछाडि हटेन । निश्चित मापदण्ड अर्थात् पदार्थ नै प्रमुखपूरा पढ्नुहोस्


को हुन् नेवार ?

प्रा. माणिकलाल श्रेष्ठ काठमाण्डौँ, काठमाण्डौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरु, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरु अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवारहरुबारे भएका छन् । तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन । त्यसकारण मलाई लागेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु । सरसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ । जस्तो, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन् । तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकैपूरा पढ्नुहोस्


अमेरिकामा जारी रुसी विवादबीच राष्ट्रपति ट्रम्प फ्रान्सतिर

असार २९, पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फ्रान्स प्रस्थान गरेका छन् । यो भ्रमणपूर्व अमेरिकामा उनको निर्वाचनताकाको विवाद सुरु भएको थियो । अधिकारीहरुले भने उनले सो विवादको निरुपणको बारेमा केही नसोची बिहीबार नै आफ्नो पहिलो र औपचारिक भ्रमणका लागि फ्रान्सतर्फ लागेको बताएका छन् । फ्रान्सको एक विशेष दिवसमा उनलाई मानार्थ प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । सो पर्वका लागि उनी फ्रान्स गएको बताइएको छ । फ्रान्सका नवनियुक्त राष्ट्रपति इमानुअल म्याक्रोनको आमन्त्रणमा राष्ट्रपति ट्रम्प त्यसतर्फ लागेको बताइएको छ । उनले सो भ्रमणका क्रममा फ्रान्सको विशेष आतिथ्यता ग्रहण गर्ने बताइएको छ । फ्रान्सेली राष्ट्रपति ३९ बर्षीय म्याक्रोनले रुसी राष्ट्रपतिपूरा पढ्नुहोस्


सञ्चारमाध्यमलाई जवाफदेही बनाउन आमसञ्चार नीति आवश्यक

असार २९, बनेपा । सङ्घीय संरचनामा आमसञ्चार नीति र सूचना तथा सञ्चार मन्त्रालयको ढाँचा कस्तो बनाउने भन्ने विषयमा आज विज्ञहरुले यहाँ छलफल गरेका छन् ।  सूचना तथा सञ्चारमन्त्रालय र राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सुझाव समितिले धुलिखेलमा सञ्चालन गरेको २ दिने राष्ट्रिय सञ्चार नीति र कार्यान्वयन विषयको गोष्ठीमा उनीहरुले सञ्चारमाध्यमलाई बढी जवाफदेही र उत्तरदायी बनाउन आमसञ्चार नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।  विज्ञहरुले भनेका छन् – “कतिपय ऐनलाई खारेज वा पुनरावलोकन गर्नुपर्ने भएको छ ।”  सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सञ्चारमाध्यममा भएको एकाधिकार तोड्नुपर्ने आवश्यकतामा जोड दिँदै सञ्चार संस्थाले आफ्नो कामको गुणस्तर बढाउनुपर्ने सुझाव दिए ।  उनले पूर्णपूरा पढ्नुहोस्


अफ्रिका नै आधुनिक मानवको उदयको थलो हो

तुल्सीदास महर्जन मानवशास्त्रीहरु के कुरामा विवाद गर्छन् भने आधुनिक मानवको उदय अर्थात् विकास अफ्रिकाबाट भयो या यूरोप, अफ्रिका र एशियाका विभिन्न ठाउँहरुबाट भयो । धेरै वैज्ञानिकहरु आधुनिक मानव अर्थात् होमो स्यापियन्स् स्यापियन्स्को उदय अफ्रिकाबाट नै भएको हो भन्ने कुरामा विश्वास गर्दछन् । अन्य केही वैज्ञानिकहरु भने यो विचारमा सहमत देखिन्नन् । तर अनुसन्धानहरुले आधुनिक मानवको उदय अफ्रिकाबाटै भएको हो भन्ने कुरालाई पुष्टि गर्छन् । यस्तो एक पुष्टि अमेरिकाको बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयका जीवावशेषविद् टिम ह्वाइट र उनको अगुवाइमा रहेको वैज्ञानिक टोलीले गरेको छ । अफ्रिका महादेशको इथियोपिया देशको दुर्गम क्षेत्रस्थित अफार उपत्यका प्राग मानवहरुका जीवावशेषहरु प्रशस्त भएको ठाउँ हो । त्यसैलेपूरा पढ्नुहोस्


दोलखाका पाँच स्वास्थ्य चौकी भवन निर्माण अलपत्र

असार २९, चरिकोट । दोलखाका ५ स्थानमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र भएको छ ।  ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो । दोलखामा रहेका विभिन्न स्वास्थ्य चौकीका भवन निर्माण व्यवसायीले निर्माण गरी बुझाउनुपर्ने समय सकिए पनि विभिन्न बहाना देखाउँदै अलपत्र अवस्थामा राखेका हुन् । भवन निर्माणको समय सकिए पनि व्यवसायीले भवन निर्माण अलपत्र बनाउँदा ग्रामीण भेगका जनता त्यसको मारमा परेका छन् ।  प्राविधिकले अनुमान गरेको भन्दा न्यून मूल्यमा ठेक्का हाल्ने र पछि बहाना बनाएर ठेक्का छोड्ने प्रवृत्ति बनेकाले पनि ठेकेदारले भवन बनाउन नसकेको हुन सक्ने स्थानीयवासीको भनाइ छ ।  दोलखाको कालिञ्चोकपूरा पढ्नुहोस्


६ वर्षको प्रयासपछि ट्र्याक निर्माण

  असार २९, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेको बगैँचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्डअन्तर्गत बनाखीको भिरमा ट्र्याक निर्माण भएको छ । विगत ६ वर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडकअन्तर्गत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो वर्ष डोजर लगाएर ट्र्याक निर्माण गरिएको हो । गलेश्वरदेखि बेगखोलासम्मको सडकको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको पिप्ले बगैँचा–रानीपौवा–रिसीनचौतारी– माछखर्क–बेगखोला सडकअन्तर्गत यो वर्ष रु. १० लाख बजेटबाट सो ट्र्याक निर्माण गरिएको हो । जिल्ला समन्वय समितिमार्फत रु. ९ लाख १० हजार र स्थानीयको रु. १ लाख १ हजार ६९६ बराबरको श्रमदानबाट रानीपौवा र रिसीनचौतारीको बीचमा पर्नेपूरा पढ्नुहोस्


बाढीपीडितलाई सर्पको चिन्ता, सर्पदंशका बिरामी बढ्दो

  असार २९, राजविराज । सप्तरीका बाढी प्रभावित क्षेत्रमा एक्कासि सर्प दंशका घटनामा वृद्धि भएको छ । दुई साताको अवधिमा बाढीबाट प्रभावित क्षेत्रमा तीन दर्जनभन्दा बढी सर्पको टोकाइबाट घाइते भएका बिरामी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना भएको बताइएको छ । बाढी क्षेत्रमा एक्कासि सर्पको बिगबिगी बढेपछि बाढीपीडित झन् त्रसित बनेका छन् । घरमा पानी पसेर बस्न–सुत्न र खाना खान समस्या रहेको अवस्थामा उनीहरु सर्प दंशको शिकार भइरहेकाले झन् समस्या भएको बाढीपीडितले जनाएका छन् । अहिले बाढी पसेका गाउँमा पनि सर्प दंशका घटना बढ्न थालेको पाइएको छ । बाढीका समस्या झेलिरहेका बाढीपीडित सर्पदंशका बढ्दो घटनाले थप त्रसित भएको बताइएकोपूरा पढ्नुहोस्


डोटी खुल्ला दिसामुक्त जिल्ला घोषणा हुने ४१ औँ जिल्ला

  असार २९, डोटी । डोटीलाई बुधबार एक औपचारिक समारोहबीच खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । देशभरकै ४१ सौँँ जिल्लाका रुपमा डोटीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला सदरमूकाम सिलगढीमा भव्य सांस्कृतिक झाँकी र र्यालीसहित सरोकारवालाको उपस्थितिमा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरियो । सो समारोहमा उच्च अदालत दीपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् । राष्ट्रिय सरसफाई रणनीति–२०१० अनुसार सन् २०१७ भित्र राष्ट्रलाई नै खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने योजना तय गरिएको छ । सोही योजनाअनुसार सन् २०११ मा डोटी जिल्लाको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी रणनीतिक योजना तयार पारेर ५ वर्षभित्र अर्थात् सन्पूरा पढ्नुहोस्