Main Menu

Wednesday, July 26th, 2017

 

नयाँ स्वास्थ्य नीति आवश्यक : स्वास्थ्यमन्त्री पोखरेल

साउन ११,  काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नयाँ स्वास्थ्य नीति आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विस्तार गरेको मन्त्रिमण्डलमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट तेस्रो पटक स्वास्थ्यमन्त्री बनेका पोखरेलले साँझ पदभार ग्रहण गर्दै पछिल्लो समयमा देखापरेका स्वास्थ्य समस्या र विषयवस्तुलाई समेटेर नीति बनाउने बताए । उनले भने, “नसर्ने रोग, मानसिक स्वास्थ्य समस्यालगायतका विषय समेटेर नीति बनाउनुपर्छ, जसमा स्वास्थ्यका नयाँ समस्या, चुनौती र समाधानका विषय समेटिनेछ ।” संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा व्याख्या गरेकाले आफूले पहिलो प्राथमिकतामा आधारभूत स्वास्थ्य सेवाको कार्यान्वयनलाई राखेको उनले स्पष्ट पारे । अघिल्ला मन्त्रीले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिने बताउँदै मन्त्री पोखरेलले भने,पूरा पढ्नुहोस्


मुलुक र जनताको गरिमा बढाउने काम गर्नेछु – सञ्चारमन्त्री बस्नेत

साउन ११,  काठमाडौँ । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयमा आज साँझ पदबहाली गरे । नवनियुक्त मन्त्री बस्नेत मन्त्रालय पुग्नुहुँदा सचिव महेन्द्रमान गुरुङ्गलगायत मन्त्रालय मातहत विभाग र निकायका प्रमुखले स्वागत गरेका थिए । पदबहालीलगत्तै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार मन्त्रालय मातहत परेका कार्यक्रमको कार्यान्वयन गर्ने निर्णयमा उहाँले हस्ताक्षर गरेका थिए । त्यस निर्णयमा कार्यक्रम कार्यान्वयन, अनुगमन, आफ्नै स्रोत भएका मातहतका निकायले पेश गर्नुपर्ने प्रगति विवरण, योजना कार्यान्वयनपछि पेश गर्नुपर्ने प्रतिवेदन, मूल्याङ्कनसम्बन्धी विषय समेटिएका छन् । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुक र जनताको गरिमा बढाउने र परिणाम दिने गरी सञ्चार मन्त्रालयमापूरा पढ्नुहोस्


गोकर्णमा सार्क कला शिविर र चित्र प्रदर्शनी

साउन ११,  काठमाडौँ । सार्क संस्कृति केन्द्र र नेपाल सरकारको आयोजनामा यही साउन १३ गतेदेखि गोकर्ण रिसोर्टमा सार्क कलाकार शिविर तथा चित्रहरुको प्रदर्शनी–२०७४ हुने भएको छ । ‘पवित्र स्थल र प्रकृतिको सौन्दर्य’ विषयमा हुने सो चारदिने कार्यक्रममा अफगानिस्तानबाहेक सार्क राष्ट्रका करिब ४० कलाकार तथा केही अधिकारीहरु सहभागी रहनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सार्क सचिवालयका निर्देशक एमएचएमएन बन्दरा र वसन्त कोटुवेला तथा कार्यक्रमका उपनिर्देशक किसानी जयसिंघे–विजयशेखरले कलाकार शिविर र कला प्रदर्शनीले सार्क राष्ट्र र जनतालाई जोड्ने विश्वास व्यक्त गरे । केन्द्रले सार्कस्तरीय चलचित्र र कला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, संगीत, लोकनृत्य, सम्पदाहरु तथा बौद्ध दर्शनकोपूरा पढ्नुहोस्


विद्युत प्राधिकरणलाई नै थाहा छेन कताकता छ भुमिगत तार !

पूर्णप्रसाद मिश्र साउन १९, काठमाडौँ । बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ । त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डामा ४०० मिटर क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिच्छ्याइएको भेटियो । तार कताबाट कतिमुनि बिच्छ्याइएको छ भन्ने अभिलेख नभएको यो क्षेत्र हेर्ने नेपाल विद्युत् प्राधिकरण कुलेश्वरका कार्यालय प्रमुख थिरकुमार खत्रीले बताए । “तार कताबाट लगेको छ भनी कार्यालयका पुराना कर्मचारीलाई ल्याएर पनि देखायौँ,” प्रमुख खत्री भन्छन्, “उहाँहरुले यहीँबाट लगेको भनी ठम्याउन सक्नुभएन । कार्यालयमा कतै यससम्बन्धी अभिलेख पनि पाइएन । वि.सं. २०४२ अघि जापानी आयोजनालेपूरा पढ्नुहोस्


मन्त्रिपरिषद् विस्तार, १९ मन्त्री थपिए

  साउन ११, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहेका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी विकास), नेपालपूरा पढ्नुहोस्


समृद्ध नेपाल

खानेपानीको आपूर्ति व्यवस्थापन – देखासिकी कि सिर्जनात्मक सामाजिक क्षमता ?

अजय दीक्षित (राणा शासनको अन्त्यअन्त्यतिर सुन्दरीजलमा रिजरभ्वायर बनाई पाइप लाइनबाट काठमाडौँ उपत्यकामा खानेपानी ल्याई ठाउँठाउँका धाराहरुमा खानेपानी बितरण गरेर सरकारले देशमै पहिलो चोटि पाइपबाट ल्याइने पानी जनतालाई ख्वाएको थियो । अझै पाइपबाट बितरण हुने खानेपानी खान नपाउने जनताको सङ्ख्या गाउँगाउँमा ठूलो छ; नगर क्षेत्रमा न हो पाइपको खानेपानी व्यवस्था भएको । गाउँगाउँमा अझै त्यो व्यवस्था राज्यले गर्न सकेको छैन । अहिले काठमाडौं उपत्यकामा आउँदो असोज/कार्तिकतिरबाट नै मेलम्चीको खानेपानी ल्याइपुर्याइने आश्वासन सरकारले काठमाडौंका जनतालाई दिएको छ । मेलम्चीको पानी आएपछि उपत्यकामा हाल विद्यमान पानीको बिकराल समस्या हल हुने उपत्यकावासीको आशा छ । यसै सन्दर्भमा पानीविज्ञ अजय दीक्षितले तयार पारेको नेपालमा पाइपपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनमा दुई नेपाली खेलाडी दोस्रो चरणमा

  साउन ११, काठमाडौँ । इण्डोनेसियामा जारी पेम्वाङगुनान जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् । एसियाली ब्याडमिन्टन संघको आयोजनामा भइरहेको सो च्याम्पियनसीपमा नेपालका प्रफूल महर्जन र रुकेश महर्जन दोस्रो चरणमा प्रवेश गरेका हुन् । कम्बोडियाका डिना साओमलाई २१–११ र २१–८ अङ्कले पराजित गर्दै प्रफूलले दोस्रो चरणमा प्रवेश गरेका हुन् । उनले अब इण्डोनेसियाका फतुरामान फौजीसँग प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नवीन विक्रम शाहले जानकारी दिए । रुकेशले मंगोलियाका मेन्देब्यर बात्सुकलाई २१–८, २१–७ अङ्कले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन् । उनले अब श्रीलंकाका रसिन्दु हेन्देवासँग प्रतिस्पर्धा गर्नेछन् ।


अब दुई ठाउँबाट उम्मेदवारी दिन नपाउने

parliament-meeting-postponed

  साउन ११, काठमाडौँ । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ । व्यवस्थापिका–संसद्मा विचाराधीन सो विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था गरेको हो । सो दफामा भनिएको छ, ‘पहिलो निर्वाचित हुने प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ ।’ एकभन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने व्यक्तिको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्नेछ । विभिन्न पार्टीका शीर्षनेताले एक क्षेत्रबाट पराजित भएमा अर्काे क्षेत्रबाट भए पनि विजयी हुन सक्ने ठानेर विगतमापूरा पढ्नुहोस्


किसान व्यावसायिक बाख्रापालनतर्फ

  साउन ११, भद्रपुर । बुद्धशान्ति–१ बुधबारेका कुमार श्रेष्ठ बाख्रापालन व्यवसायबाट सन्तुष्ट छन् । उनले विशाल कृषि फार्म स्थापना गरेका छन् । अहिले श्रेष्ठको फार्ममा २०५ वटा बाख्रा र पाठा छन् । बुधबारेकै हर्कबहादुर तामाङले दामा अँधेरी कृषि फार्म सञ्चालन गरेका छन् । उनको फार्ममा करिब १५० बाख्रा र पाठा रहेका छन् । चुरे क्षेत्रसँग जोडिएको बुधबारेमा बाख्रापालन गर्न चरीचरनको समस्या छैन । श्रेष्ठ र तामाङसँगै हल्दीबारीका गणेश पराजुली र जलथलका जयप्रकाश दाहाल पनि बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका छन् । पराजुलीले ८४ वटा र दाहालले ४० वटा बाख्रा पालेका छन् । यहाँका अन्य किसान समेत बाख्रापालनतर्फ आकर्षित बनेका छन् ।पूरा पढ्नुहोस्


स्थानीय जनप्रतिनिधिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने

साउन ११, काठमाडौँ । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियमानुसार यस पटकदेखि जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम भर्नुपर्ने राष्ट्रिय सतर्कता केन्द्र सम्पत्ति विवरण शाखा प्रमुख परशुराम पोखरेलले जानकारी दिए । यसअघि स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले ऐन नबनेका कारण सम्पत्ति विवरण बुझाउनु परेको थिएन । प्रमुख पोखरेलका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहित वडाध्यक्ष र सबै निर्वाचित सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्नेछ । केन्द्रले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ती जनप्रतिनिधिलाई अनिवार्य रुपमा सम्पत्तिपूरा पढ्नुहोस्