Main Menu

Thursday, July 20th, 2017

 

कुराकानी

रुपान्तरण नहुने हो भने पार्टीले क्रान्ति गर्दैन– लीलामणि

(नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालयको विस्तारित बैठक चलिरहेको छ । आजसम्म बिभिन्न जिल्लाका जिल्ला इञ्चार्जहरुले चुनावमा पार्टीको पराजय हुनुका कारणलगायत जिल्लाको राजनीतिक स्थितिको रिपोर्टिङ प्रस्तुत गरे । भोलि शुक्रवार अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरुले जवाफ दिँदैछन् । दश वर्ष जनयुद्ध लडी राजतन्त्र हटाउन र गणतन्त्र स्थापना गर्न प्रमुख भूमिका खेलेर पहिलो संविधानसभा चुनावमा सबभन्दा ठूलो पार्टीको रुपमा स्थापित भएको माओवादी शक्ति बिभाजनका कारणले दोश्रो संविधानसभामा खुम्चिएर तेश्रो दल बन्न पुग्यो । फुटबाट पाठ सिकी अहिले केही पूर्वमाओवादी घटकहरु पुनः जोडिएर माओवादी केन्द्र बनाइएको भएता पनि भर्खरै सम्पन्न दुई चरणको स्थानीय तहको निर्वाचनमा उसले खासै प्रगति गर्न सकेन । यस्तै कुराहरुलाईपूरा पढ्नुहोस्


युथ एसियन भारोत्तोलन प्रतियोगिता शुक्रबारदेखि

  साउन ५, काठमाडौँ । नेपाल भारोत्तोलन संघको आयोजनामा उन्नाइसौँ युथ एसियन २४ औँ जुनियर महिला तथा ३१ औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रतनकुमार टण्डनले नेपाली खेलकुद इतिहासमा सो प्रतियोगिता आधिकारिक रुपले हालसम्मकै सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगिता भएको बताए । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण तथा तालिम केन्द्रमा सञ्चालन हुने उक्त च्याम्पियनसिपमा एसियाका ३३ राष्ट्रका खेलाडीको सहभागिता हुने छ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ युथमा ९४ र जुनियरमा १०३ गरी १९७ तथा महिलातर्फ ५२ युथ तथा ५८ जुनियर गरी ११० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कूल ३०७पूरा पढ्नुहोस्


पदको लोभमा देशलाई अहित हुने काम गर्नुहुँदैनः ओली

  साउन ५, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सातौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज यहाँ उद्घाटन गर्दै उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कुठाराघात हुनेखालको काम प्रायोजित रुपमा हुन खोजेको बताउँदै भने, “राजनीति एक दिन गर्ने चटके होइन, स्वार्थको खेल होइन, भ्रम फैलाउने पनि होइन । त्यस कारण लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम गर्नुहुँदैन ।” अध्यक्ष ओलीले तीन तहको निर्वाचन संवैधानिक व्यवस्थानुसार गर्नुपर्ने र त्यसका लागि सबै राजनीतिक दल इमान्दार हुनुपर्ने औँल्याए । “नेपालकोपूरा पढ्नुहोस्


माओवादी केन्द्रको बैठकमा संगठन सुधारमा जोड

  साउन ५, काठमाडौँ । पार्टी संगठनलाई प्रभावकारी बनाएर प्रदेश र संघीय संसद्को निर्वाचनमा जुट्न नेकपा (माओवादी केन्द्र)का नेताहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । गत सोमबारदेखि जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा आज धारणा राख्ने अधिकांश नेताले विगतको गल्तीबाट पाठ सिकेर आगामी दिनमा सफलता हासिल गर्नेगरी तयारी गर्नुपर्नेमा जोड दिएका हुन् । स्थानीय तह निर्वाचनमा अनुभवको कमी, विपक्षी पार्टीद्वारा पैसाको अत्यधिक प्रयोग, त्यसलाई रोक्न सकिने सबल संयन्त्रको अभाव, उम्मेदवारी छनोट र निर्वाचन परिचालनमा देखिएको समस्यालगायत कारणले स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफललता प्राप्त गर्न नसेको उल्लेख गर्दै उनीहरुले विगतको गल्ती सुधार गर्न नेतृत्वलाई आग्रह गरेका छन् । नेताहरुले स्थानीयपूरा पढ्नुहोस्


बम समात्ने हवल्दार रानाको सहायक निरीक्षकमा बढुवा

  साउन ५, काठमाडौँ । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ । उत्कृष्ट कार्य गरेबापत रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । “रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दर्ज्यानी चिह्न प्रदान गरिनेछ,” प्रवक्ता खनालले भने । गत असार १४ गते भएको मतदानका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेका थिए । बम फालेलगत्तै हवल्दार रानाले त्यसलाई तत्काल हातले समातेर सुरक्षित स्थानमा फाली जनधनको क्षति हुनबाट जोगाएका थिए । त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानालाईपूरा पढ्नुहोस्


अस्पतालमा चिकित्सक नहुँदा प्रसूतिको शल्याक्रिया बन्द

  साउन ५, त्रिशूली (नुवाकोट) । नुवाकोटको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूतिको शल्यक्रिया सेवा एक सातादेखि बन्द भएको छ । त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको अस्पतालले जनाएको छ । सामान्य प्रसूति गराउने सेवा बन्द नभए पनि शल्यक्रिया सेवा बन्द भएका कारण प्रसूतिका समयमा जटिलता उत्पन्न हुनसक्ने भयले गर्भवती राजधानी धाउन बाध्य भएको त्रिशूली अस्पतालका चिकित्सक डा. राजेन्द्र लामाले बताए । नुवाकोट, रसुवा र धादिङको उत्तरी क्षेत्रका बिरामीको दैनिक उपचार तथा प्रसूति सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालमा चिकित्सक नहुंँदा प्रसूति सेवा बन्द भएपछि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराइएकोपूरा पढ्नुहोस्


नेपाल अफ्गानिस्तानसित १४१ रनले पराजित

  साउन ५, काठमाडौँ । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४९ रन बनायो । खेलमा नेपालले खराब शुरुवात गरेको थियो । मात्र उन्नाइस रन बनाउँदा १०.१ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमाएको थियो । पवन सर्राफले २६ रन बनाए । उनले ५२ बलको सामना गरी ३ चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलससामू धरासायी भए । ४ जना खेलाडी शून्यमै आउटपूरा पढ्नुहोस्


चितवनमा सवारी दुर्घटनाका कारण एक वर्षमा १६३ को मृत्यु

  साउन ५, चितवन । गत आवमा चितवनमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन्, जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए । अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कायालयले जनाएको छ । कार्यालय प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आव २०७१/७२ मा १२६ वटा दुर्घटना भएका थिए, जसका कारण ८२ जनाको मृत्यु १२७ जना गम्भीर र १३२ जना सामान्य घाइते भएका थिए । गत आवमा सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा २९ प्रतिशत, पूर्वपश्चिम राजमार्गमापूरा पढ्नुहोस्


अध्यक्ष प्रचण्डले त्रिमूर्ति सम्मान नलिने

  साउन ५, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने भएका छन् । अध्यक्ष दाहालको सचिवालयले आज जारी गरेको विज्ञप्तिअनुसार पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा भएकाले प्रस्तुत प्रस्तावको सम्मान गर्दै उक्त पुरस्कार नलिने निर्णय भएको हो । त्रिमूर्ति निकेतनले प्रधानमन्त्री भएका बेला दाहालले यस निकेतनको उचाइ बढाउनुका साथै नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै त्यसको कदरस्वरुप सम्मान र पदक प्रदान गर्ने निर्णय गरेको थियो । पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिनेपूरा पढ्नुहोस्


नारायणगढ मुग्लिन सडकखण्डको ठेक्कामा तेस्रो पटक मिति थप

narayangarh-muglin-recloses

  साउन ५, चितवन । निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ, जसका कारण यात्रुले अर्काे वर्ष पनि सडकका कारण दुःख पाउने भएका छन् । सन् २०१५ को अप्रिलमा २ वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ३ वटा निर्माण कम्पनीलाई सो सडक ठेक्कामा दिइएको थियो । राजधानी प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकताको सडक भनिए पनि विभिन्न बहानामा निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मापूरा पढ्नुहोस्