Main Menu

युथ एसियन भारोत्तोलन प्रतियोगिता शुक्रबारदेखि

 

youth-asian-weight-lifting-championshipसाउन ५, काठमाडौँ । नेपाल भारोत्तोलन संघको आयोजनामा उन्नाइसौँ युथ एसियन २४ औँ जुनियर महिला तथा ३१ औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रतनकुमार टण्डनले नेपाली खेलकुद इतिहासमा सो प्रतियोगिता आधिकारिक रुपले हालसम्मकै सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगिता भएको बताए । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण तथा तालिम केन्द्रमा सञ्चालन हुने उक्त च्याम्पियनसिपमा एसियाका ३३ राष्ट्रका खेलाडीको सहभागिता हुने छ ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ युथमा ९४ र जुनियरमा १०३ गरी १९७ तथा महिलातर्फ ५२ युथ तथा ५८ जुनियर गरी ११० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कूल ३०७ खेलाडीले ३२ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा पुरुष युथतर्फ ५०, ५६, ६२, ६९, ७७, ८५, ९४ र ९४ केजी प्लस तौल समूह तथा पुरुष जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिला युथतर्फ ४४, ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजीमाथि तौल समूहमा तथा महिला जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० केजीमाथि केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

नेपालबाट ४ महिला र ९ पुरुष खेलाडीले भाग लिने प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिए ।

खेल यही साउन १४ गतेसम्म चल्ने कोषाध्यक्ष इश्वरमान श्रेष्ठले बताए ।

(Visited 114 times, 1 visits today)

टिप्पणी

comments