Main Menu

Thursday, July 20th, 2017

 

विज्ञान

जीवनको उत्पत्तिबारे नयाँ सिद्धान्त !

पृथ्वीमा जीवनको उत्पत्ति अरबौं वर्ष पहिले एक कोषीय सूक्ष्म जीवबाट भएको हो । यो कथन अब सर्व स्वीकार्य भइसकेको छ । वैज्ञानिक समाजमा मात्र होइन, प्राथमिक स्तरको बौद्धिक समाजमा पनि यो कुरालाई सत्यको रुपमा लिने गरिएको भेटिन्छ । तर जीवनरहित प्राचीन पृथ्वीमा अजैविक पदार्थबाट शुरुमा कसरी एक कोषीय जीवको उत्पत्ति भयो भन्ने विषयमा वैज्ञानिकहरुले अझै एकिन गरेर भन्न सकेका छैनन् । यस विषयमा वैज्ञानिकहरुले विभिन्न फरक फरक धारणा राख्दै आएका छन् । वैज्ञानिकहरुबीच मतैक्यता केमा छ भने पृथ्वीको उत्पत्तिको दुई अढाई अर्व वर्षसम्म पनि पृथ्वीमा कुनै जीवको अस्तित्व थिएन । र, त्यतिखेरको वायुमण्डलमा कार्वनडाइअक्साइड, एमोनिया, मिथेनजस्ता ग्याँसहरु र पानीका कणहरुकोपूरा पढ्नुहोस्


बाहिर भारतबिरोधी भित्रभित्र सत्ताका लागि चाकडी

वामदेव प्रधानमन्त्रीका लागि लैनचौरमा

साउन ५, काठमाडौं । प्रदेश र संसदका लागि तय गरिएको आगामी चुनाव अगाडि नै वर्तमान शेरबहादुर देउवाको सरकारलाई ढालेर एमाले नेतृत्वको सरकार गठन गर्न एमाले अध्यक्ष केपी ओलीले वामदेवलाई अगाडि सारी भारतीय सत्तापक्षसँग कुराकानी थालनी गरेको विशेष सूत्रले जनाएको छ । स्रोतका अनुसार वामदेव गौतम स्वयंले पनि ‘म इन्डियाको जुनसुकै शर्त मान्न तयार छु, एकचोटि प्रधानमन्त्री मैले बन्नुपर्यो’ भनी विष्णु पौड्याललाई लिएर इन्डियन एम्बेसी पुगेका छन् । उनले पूर्व राजा ज्ञानेन्द्र र राप्रपाको एउटा तप्कालाई समेत आफ्नो साथमा लिएर अगाडि बढ्न सक्ने जानकारी इन्डियनहरुलाई दिएको बताइन्छ । यो कुरा थाहा भएपछि इन्डियन एम्वेसीदेखि दिल्लीसम्म आफ्ना जासुसहरुको जालो बनाएर बसेका प्रधानमन्त्रीपूरा पढ्नुहोस्


नेपाली काँग्रेसको कार्य समितिको बैठक शनिबार

  साउन ५, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ । नेपाली काँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक यही साउन ७ गते बिहान ८ बजे पार्टी कार्यालय, सानेपा, ललितपुरमा बस्ने जनाइएको छ । उक्त बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसअघि सो पार्टीले उक्त बैठक साउन ९ गते बस्ने भनेकोमा प्राविधिक कारणवश मिति हेरफेर गरिएको उल्लेख छ ।


राप्रपा बैठक आज पुनः शुरु

  साउन ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पुनः शुरु भएको छ । नयाँ बानेश्वरमा बुधबार शुरु भएको सो बैठक स्थान परिवर्तन गरी आज टङ्गालमा बसेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बिहान ८ बजे शुरु गरिएको सो बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा आज पनि अनुपस्थित छन् । परिमार्जित संविधान संशोधनको पक्षमा नेताले सुझाव दिएको उक्त बैठकमा पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा पनि टुङ्गो लगाइने सम्भावना छ । बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गरेको सांगठनिकपूरा पढ्नुहोस्


विष्णुमती सफाइको जिम्मेवारी निर्वाचित जनप्रतिनिधिलाई पनि

  साउन ५, काठमाडौँ । विष्णुमती सफाइ अभियानको १५० हप्तादेखि सफाइलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवारी दिइने भएको छ । वडाको नदी क्षेत्रमा वडालाई जिम्मेवारी दिई सफाइ अभियान अघि बढाउन लागिएको हो । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विसं २०७१ जेठ ५ गतेदेखि विष्णुमती सफाइ अभियान सुरु भएको थियो । साउन ७ गते शनिबार सफाइले १५० हप्ता पूरा गर्दैछ । त्यसै दिनदेखि नदीको वडा क्षेत्रमा जुन नगरपालिकाको वडा पर्छ, त्यही नगरपालिकालाई जिम्मा दिई सफाइ अभियान अघि बढाउन लागिएको सफाइ अभियानका प्रवक्ता उमेश बोहराले बताए । स्वयंसेवा र वातावरण संरक्षणका लागि सरकार एवं नागरिकको संयुक्त प्रयासमा सञ्चालित विष्णुमती सफाइ अभियानबाटपूरा पढ्नुहोस्


एक्लैले वन हुर्काएका कुसुमलाई राष्ट्रिय पुरस्कार

गोविन्द लामिछाने साउन ५, इलाम । निजीरूपमा वन जंगल हुर्काउने र त्यसबाट मनग्ये आम्दानी र मान सम्मान पाउन सकिन्छ भन्ने उदाहरण बनेकी छन् इलामको माईजोगमाई गाउँपालिका–१ की कुसुम दाहाल । २ वर्ष अघि इलाममा सुरू भएको निजी वन दर्ता र वन रेखदेखमा सक्रिय उनले हालै रु. ७५ हजारको निजी वन राष्ट्रिय पुरस्कार हात पार्न सफल भएकी छन् । वन मन्त्रालयले वर्षेनी प्रदान गर्दै आएको सो पुरस्कारबाट दाहाल पुरस्कृत भएकी हुन् । प्याङको करिब ४७ रोपनी जग्गामा रहेको उनको निजी वनले पटक–पटक जिल्लामा पनि प्रशंसा पाएको छ । निजी वन औपचारिक रूपमा दर्ता नभई नै उक्त वन क्षेत्रमा रहेको उत्तिस, मलातोपूरा पढ्नुहोस्