Main Menu

Friday, July 28th, 2017

 

स्वास्थ्यमन्त्री रोडम्याप बनाउँदै

साउन १३, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले पदीय शपथ लिई पदभार ग्रहण गरेको तीन दिनमै मुलुकको समग्र स्वास्थ्य सेवाका लागि रोडम्यापको गृहकार्य थालनी गरेका छन् । हिजो विहीवार वीरअस्पतालको १२८ औं वार्षिक समारोहमा विशेष अतिथिको आसनबाट सम्वोधन गर्ने क्रममा ‘सात दिनभित्र स्वास्थ्य मन्त्रालयको रोडम्याप प्रस्तुत गर्ने’ वाचा गरेका मन्त्री पोखरेलले त्यसको लागि हिजो र आज गरी मन्त्रालय अन्तर्गतका बिभिन्न निकायहरुबीच अन्तर्क्रियाहरु संचालन गरेका छन् । उनले आजको सार्वजनिक बिदामा पनि क्रियाशील भई मन्त्रालयको रोडम्याप निर्माणका लागि स्वास्थ्य सेवा विभाग मातहतका सबै महाशाखाहरु, केन्द्रहरु र स्वास्थ्य मन्त्रालय अन्तर्गतका बिभिन्न केन्द्रीय निकायहरुबीच अन्तर्क्रिया गरे । अन्तर्क्रियामा सबै निकायका प्रमुखहरुले वर्तमानमा गर्दैपूरा पढ्नुहोस्


अस्थायी शिक्षकले पुनःआमरण अनशन बस्ने

साउन १३,  काठमाडौँ । शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन थाल्ने भएका छन् । गत असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँं संशोधन गरिनुपर्ने, ऐन संशोधन भएको ४५ दिनसम्म शिक्षकको विज्ञापन नखोल्ने सुनिश्चितताका लागि यही साउन १८ गतेबाट भद्रकालीमा अनशन बस्ने निर्णय गरिएको बताए । सहमतिअनुसार कानुन संशोधनपछि मात्र शिक्षकको परीक्षा हुनुपर्ने समितिको माग छ । महासंघले भने शिक्षक सेवा आयोगले यसअघि तय गरेको आगामी भदौ ३ गतेकोपूरा पढ्नुहोस्


ओबामाकेयरको खारेज गर्ने ट्रम्पका योजना संसदमा अस्वीकृत

साउन १३,  वासिङ्टन, (संयुक्त राज्य अमेरिका) । अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ । यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ । शुक्रबार अबेर असाधारण तनावबीच भएको मतदानमा रिपब्लिकन पार्टीका सिनेटर (सांसद) जोन म्याककेनले नै आफ्नै दलको प्रस्ताव विरुद्ध मतदान गनुभएको र उहाँको मत नै निर्णायक बनेको हो । परीक्षणबाट हालै मस्तिष्क क्यान्सर भएको पत्ता लागेका म्याककेनले रिपब्लिकनको अडान विरुद्ध मतदान गरेका थिए । “योपूरा पढ्नुहोस्


‘फुटसल-हब’ बन्दै राजधानी

कुमार चौलागाई/नवीन पौडेल साउन १३, काठमाडौँ । फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । “खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको छ,” कुमारी फुटसल ठमेलका सञ्चालक राजनलाल महर्जन भन्छन् । शुरुमा काठमाडौंमा केन्द्रित यो खेल अहिले विराटनगर, हेटौँडा, बनेपा, पोखरा, धरान, चितवनजस्ता प्रमुख शहरमा विस्तार भएको छ । एक अध्ययन अनुसार मुलुकभर १०० को हाराहारीमा व्यावसायिक फुटसल सञ्चालनमा छन् । यसलाई कतिपयले ‘फिटनेस सेन्टर’ का रुपमा प्रयोग गर्ने गरेका छन् ।पूरा पढ्नुहोस्


बिना जमिन छतमा पनि तरकारी खेती

साउन १३,पाल्पा । जमिन छैन, तर उनले ७० किलो तरकारी उत्पादन गरी बेचे । श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो । तरकारी खेती गर्नका लागि प्रशस्त जमिन चाहिन्छ भन्ने मान्यतालाई उनले गलत साबित गरे । पाल्पा पोखराथोकका ५७ वर्षीय कवि नेपालले प्लास्टिकका ड्रममा तरकारी खेती गरी सफलता पाएपछि श्रम र पसिना पोखेको अवस्थामा प्रशस्त जमिनको अभावमा पनि तरकारी खेती गरी आम्दानी गर्न सकिने बताए । एउटा सिङ्गो ड्रमलाई काटेर उनले दुईओटा भाँडा बनाएका छन् । माटोलेपूरा पढ्नुहोस्