Main Menu

Wednesday, July 12th, 2017

 

प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित दुई पक्राउ

  असार २८, काठमाडौँ । प्रतिबन्धित भारतीय रुपैयाँ ४९ लाख ५० हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप खाँडादेवी गाउँपालिका बस्ने मानबहादुर लामा र काठमाडौँ स्वयम्भु बस्ने अमित डंगोललाई मङ्गलबार खुशीबु लिंङ्क रोडबाट केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुका साथबाट भारु १००० दरको ३ हजार १०० वटा र भारु ५०० दरको ३ हजार ७०० वटा नोट गरी जम्मा भारु ४९ लाख ५० हजारसहित पक्राउ गरेको हो । नेपाल तथा विशेष गरी भारतबाट नेपालका विभिन्न नाकाबाट अवैध तरिकाले हाल भारतले प्रतिबन्ध लगाएको भारु ५०० र भारु १००० र का नोट नेपालमा भित्र्याइ अवैधरुपमा कारोबार भइरहेकोपूरा पढ्नुहोस्


एएफसी यु-२३ छनोट प्रतियोगिताको लागि सहभागी टोलीलाई बिदाइ

  असार २८, काठमाडौँ । संयुक्त अरब इमिरेट्समा हुने एएफसी यु–२३ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाइ गरे । यही असार ३१ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् जसमा नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग भिड्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिमपूरा पढ्नुहोस्


बर्डफ्लुबाट क्षति बेहोरेका किसानलाई ७० प्रतिशत राहत थप

  असार २८, रत्ननगर (चितवन) । बर्डफ्लुबाट कुखुरा नष्ट भएका चितवनका किसानका लागि ७० प्रतिशत थप राहत रकम आएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनकाअनुसार बर्डफ्लुबाट नोक्सान बेहोरेका यहाँका १५ जना कुखुरा व्यवसायीका लागि यसरी राहत आइपुगेको हो । “राहत रकम आइपुगेको छ,” कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाईंले भने, “आवश्यक कागजात र प्रमाण सङ्कलनका क्रममा छौँ, संकलन हुने बित्तिकै उनीहरुको खातामा रकम पठाइदिन्छौँ,”  । सेढाईंकाअनुसार यस वर्ष १५ जना किसानका लागि रु. ७८ लाख ९० हजार रकम आएको छ । क्षति पुगेका किसानले विगतमा सरकारले उपलब्ध गराएको राहत रकमको ७० प्रतिशत रकम पाउने डा. सेढाईं बताउँछन् । २०७० सालमा चितवनमापूरा पढ्नुहोस्


कीर्तिपुरमा भूकम्पपीडितलाई घर नक्सापास गर्न ९० प्रतिशत कर छुट दिने

  असार २८, काठमाडौँ । कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताए । यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिने भएको छ । प्रमुख महर्जनका अनुसार सभाले नयाँ आर्थिक वर्षको रु. ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकामा पुँजीगततर्फ रु. ५६ करोड ९५ लाख र चालुतर्फ रु. १२ करोड बजेट विनियोजन गरेको छ । प्रमुख महर्जनका अनुसार सभाले खानेपानीको लागि रु. १९ करोड नगर सडकका लागि रु. ५ करोड, युवालाई स्वरोजगारपूरा पढ्नुहोस्


पुनःनिर्माण प्राधिकरणको करिब साढे १ खर्बको बजेट पारित

  असार २८, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि रु. १ खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनःनिर्माणमा हालसम्म भएका कामको समीक्षा पनि गर्यो । बैठकमा सहभागी समिति उपाध्यक्ष एवम् नेकपा (एमाले) का नेता भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाए । “अहिलेसम्म साढे २ हजार घर पनि नबनेको देखियो,” रावलले भने, “कर्मचारीका सम्बन्धमा पुरानै समस्या पुनरावृत्ति भयो । प्राधिकरणकोपूरा पढ्नुहोस्


सरकारी अनुदान पाएपछि अघि बढ्यो ३८० किलोवाटको जलविद्युत् आयोजना

  असार २८, बागलुङ । सरकारी अनुदान पाउने भएपछि बजेट अभावमा रोकिएको ताराखोला गाउँपालिका– ५ स्थित निर्माणाधीन ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको काम अघि बढेको छ । ३ सय ८० किलोवाट क्षमताको उक्त आयोजनालाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले रु. ९ करोड १२ लाख अनुदान हालै स्वीकृत गरेको छ । विसं २०६८ देखि सुरु भएको आयोजना लगानी अभावमा बीचमै रोकिएको थियो । कुल रु. १८ करोडको लागतमा बन्ने उक्त आयोजनाको लागि शुरुमै गाउँपालिकाका २ हजार २०० घरधुरीले रु. १५ हजारका दरले रु. ५ करोड ५ लाख शेयर राखेका थिए । अपुग रु. ३ करोड ८२ लाख ९७ हजारको लागि पुनः शेयरपूरा पढ्नुहोस्


वर्षा अनियमित हुँदा सिरहामा १० प्रतिशत मात्र रोपाइँ

  असार २८, लहान । असार महिना बित्न लाग्दासमेत सिरहामा हालसम्म करिब १० प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्लाको कतिपय स्थानमा अत्यधिक वर्षा त कतिपय स्थानमा वर्षा नै नभएकाले करिब ९० प्रतिशत खेतीयोग्य जग्गामा रोपाइँ हुन सकेको छैन । यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र एकनासले जिल्लाचरी वर्षा नभएका कारण अत्यन्तै कम रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामचन्द्र यादवले जानकारी दिए । “वर्षा भएका स्थानका किसान धमाधम रोपाइँ गरिरहेका छन् । नभएको स्थानमा मोटर तथा अन्य बैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन्,” उनले भने । यस्तै कृषि मजदुरको आभावमा समेत धानपूरा पढ्नुहोस्


सहमतिपछि विद्यार्थीको रिले अनशन तोडियो

  असार २८, राजविराज । शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने सहमति भएपछि विद्यार्थीले गर्दै आएको रिले अनशन आज तोडिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवा, शिक्षा अधिकारी डोलराज पाण्डे, राष्ट्रिय अनुसन्धान प्रमुख देवराज लिम्बू तथा स्थानीय सञ्चारकर्मीको उपस्थितिमा विद्यार्थीले उठाएको माग सम्बन्धमा पूरा गराउने सहमति भएपछि चार दिनदेखि जारी राखेको रिले अनशन तोडिएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी कटुवाले उनीहरुलाई जुस खुवाएर अनशन तोडाएका हुन् । सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गदै राजविराजस्थित गजेन्द्र चोकमा विगत चार दिनदेखि विद्यार्थीले रिले अनशनमा बस्दै आएका थिए । लालीगुराँस बाल क्लबको अगुवाइमा सुरु गरिएको रिले अनशनमापूरा पढ्नुहोस्


संरक्षणको अभावमा गोल्डेन गेट कुरुप बन्दै

लक्ष्मी गारु असार २८, भक्तपुर । भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट)मा रहेको कलात्मक मूर्ति कुरुप बन्दै गएको छ । मूर्तिमा भक्तजनले पूजा गर्ने क्रममा सिन्दूर अबिर लगाउँदा मूर्ति खिइएर प्वाल परेपछि मूर्ति कुरुप बनेको हो । गोल्डेन गेटको दायाँबायाँ रहेको कलात्मक मूर्तिले ढोकाको सुन्दरता झल्काउने गरेको छ । ढोकाको दायाँबायाँ रहेको भैरव र कालीको मूर्तिमा प्वाल परेसँगै गोल्डेन गेटको सुन्दरतामा समेत कमी आउन थालेको छ । ढोकाको दायाँबायाँ गणेश, कुमार, तलेजुलगायतका मूर्ति रहेका छन् । मल्लकालीन गोल्डेन गेट नेपालकै नमूनाका रुपमा रहेको छ । १ सय वर्षभन्दा बढी समय लगाएर बनाइएको गोल्डेन गेट विश्वप्रसिद्ध रहेको छ । योपूरा पढ्नुहोस्


बजार अनुगमनमा ३२ किलो कुखुराको मासु नष्ट

  असार २७, काठमाडौँ । नियमित बजार अनुगमनका क्रममा गोँगबुमा रहेको दुई मासु पसलबाट ३२ किलो खान अयोग्य मासु नष्ट गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा गोँगबुमा रहेको ओम के फ्रेस मिट हाउसबाट १७ किलो र तनहुँ एण्ड धादिङ मासु पसलबाट १५ किलो खान अयोग्य कुखुराको मासु नष्ट गरिएको हो । अनुगमनका क्रममा दुवै पसलले व्यवसाय दर्ता नगरेको, नापतौल प्रमाणीकरण नगरेको र बध गर्ने स्थान समेत अत्यन्तै फोहोर रहेको पाएपछि तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले आजै गोँगबुमा रहेको सात पसलको पनि अनुगमन गरेको छ । अन्य पसलपूरा पढ्नुहोस्