Main Menu

Monday, July 24th, 2017

 

महिला स्वयंसेविकालाई सांसद कोषबाट साइकल वितरण

साउन ९, कञ्चनपुर । कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको रु. ३ लाख ५० हजार रकम खर्च गरी साइकल वितरण गरेका हुन् । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गतका ३९ र रौतेली बिचवा स्वास्थ्य चौकीअन्तर्गतका १० गरी ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य जनक धामीले बताए । “गत आर्थिक वर्षको परिषद्मा वडा भेलामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने माग आए पनि बेलडाँडी गाउँपालिकाको बजेटले नभ्याएपछि उक्त मागलाई सांसद विकास कोषमा पठाएबमोजिम साइकल वितरणपूरा पढ्नुहोस्


स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल अग्रस्थानमा

साउन ९, काठमाडौँ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पुर्याएकाले नेपालले प्रजनन स्वास्थ्य क्षेत्रमा एकपछि अर्काे उपलब्धि हासिल गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव प्रा. डा. किरण रेग्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या ६० प्रतिशत पुगेको छ । उनका अनुसार यो प्रतिशत दक्षिण एशियामा अग्रस्थानको हो । मन्त्रालयले प्रजनन स्वास्थ्य सेवासित सम्बन्धित सबै सेवालाई निःशुल्क गरेको छ । यसै सेवासित सम्बन्धित आङ खस्ने, पाठेघरलगायतका सेवा पनि निःशुल्क नै हुने गरेको छ । हाल मातृ मृत्युदर प्रतिपूरा पढ्नुहोस्


मलेसियाविरुद्ध नेपाल पाँच विकेटले विजयी

  साउन ९, काठमाडौँ । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए । उनले ३७ बलमा ६ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन बनाए । बलिङतर्फ मलेसियाका विरनदीप सिंहले ३ तथा हफिजुद्धिनले २ विकेट लिए । यसअघि ब्याटिङ गर्दैपूरा पढ्नुहोस्


रोटी गोलो नहुँदा श्रीमतीको हत्या

साउन ९, दिल्ली । भारतको दिल्ली अवस्थित जहङ्गिपुरमा श्रीमतीले पकाएको रोटी गोलो नभएको भन्दै श्रीमानले उनको हत्या गरेका छन् । २२ वर्षीय सिमरन नाम गरेकी उक्त महिला ४ महिना गर्भवती थिइन् । घटना शनिबार नै घटेको भए पनि आइतबार बिहान मात्र प्रहरीले खबर पाएका थिए । सिमरनको भाइले बिहान ४ बजे आफ्नो दिदी कोठामा मुर्छा परेको खबर प्रहरीलाई दिएपछि घटना प्रकाशमा आएको हो । सिमरनको ४ वर्षीय छोरीलाई भने अर्को कोठामा बन्द गरिएको थियो । सिमरनलाई अस्पता लगिए पनि अस्पता पुग्दा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । उनका श्रीमान भने फरार छन् । ‘आमाले राम्रो पकाउनुहुन्छ, तर बाबालाई रोटीकोपूरा पढ्नुहोस्


नेपालमा अब चीनबाट पनि इन्टरनेट ब्याण्डविथ आउने, भारतसितको निर्भरता हट्ने

सुशील दर्नाल साउन ९, काठमाडौँ । मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा ल्याउने र भारतसँग मात्रै निर्भर रहेको इन्टरनेट सेवालाई बहुपक्षीय मार्गमा लैजान लागेको हो । नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार ‘नेपाल चीन इन्टरनेट कनेक्टिभिटी’ भदौको पहिलो सातादेखि सञ्चालनमा आउन लागेको हो । नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि २०७३ पुसमा चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएको थियो । इन्टरनेट जोड्नका लागि नेपाल र चीनको सिमाना रसुवाको रसुवागढीसम्म नेपालले अप्टिकल फाइबर विस्तार गरिसकेको छपूरा पढ्नुहोस्


सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा

  साउन ९, सोलुखुम्बु । सोलुखुम्बुको १ नगरपालिका र ७ गाउँपालिकामा पहिलो किस्ताको बजेट निकासा भएको छ । निर्वाचित जनप्रतिनिधिले कामसमेत शुरु गरिसकेको स्थानीय तहमा समानीकरण तथा चालुतर्फको बजेट निकासा गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुका सूचना अधिकारी युवराज थापाले जानकारी दिए । सूचना अधिकारी थापाका अनुसार सोलुदूधकुण्ड नगरपालिकामा पहिलो किस्ता बापतको रकम रु. ११ करोड ५५ लाख ७० हजार र खुम्बुपासाङल्हमु गाउँपालिकामा रु. ५ करोड ६६ लाख २० हजार निकासा भएको छ । यस्तै, दूधकोशी गाउँपालिकामा रु. ७ करोड ५ लाख ४० हजार, दूधकौशिका गाउँपालिकामा रु. ९ करोड ४० लाख १० हजार, नेचासल्यान गाउँपालिकामा रु. ८ करोड १८पूरा पढ्नुहोस्


‘मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै’

  साउन ९, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो,” उनले भने, “बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ ।” प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सकेको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली काँग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहेको डा. महतले बताए । नेता डा.महतले हाल सञ्चारमा आएजस्तो कुनैपूरा पढ्नुहोस्