Main Menu

Friday, July 14th, 2017

 

‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने

  असार ३०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दलबीच सहमति भए मात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले व्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको व्यवस्था पुनरावलोकनको माग आएकाले सो विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिए । प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । “तपार्इंहरु विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरुको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिनुहोस्,” प्रधानमन्त्री देउवाले भने । प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले गरेको योगदान महत्वपूर्ण रहेको पनि बताएपूरा पढ्नुहोस्


परनिर्भरता बढ्दो, आयात झण्डै दोब्बरले बढ्यो

  असार ३०, पथरी (मोरङ) । निर्यातजन्य वस्तुको उत्पादन कम हुँदा पूर्वाञ्चलमा परनिर्भरता बढेको छ । पछिल्ला तीन वर्षमा निर्यात घट्दो क्रममा छ भने आयात झण्डै दोब्बरले बढेको छ । नेपालमा उपलब्ध नहुने औद्योगिक कच्चा पदार्थको तुलनामा खाद्यान्न र लत्ताकपडा आयात बढी भएको छ । विराटनगरस्थित व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यालय प्रमुख कृष्ण रेग्मीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा रु. ६८ अर्ब ८३ करोड ६८ लाख १ हजार ८१३ बराबरका २ हजार ९८८ प्रकारका वस्तु आयात भएका छन् । सोही अवधिमा रु. १२ अर्ब ८० करोड ४५ लाख ६ हजार ६९५ बराबरको सामान निर्यात भएको छ । आयातकोपूरा पढ्नुहोस्


सौर्य ऊर्जाको ठेक्का तत्काल रोक्न संसदीय समितिको निर्देशन

रमेश लम्साल   असार ३०, काठमाडौँ । संसदीय समितिले सौर्य विद्युत् उत्पादनसम्बन्धी कार्य तत्काल स्थगन गरी ३ दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।   व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकले प्राधिकरणले स्थापना गर्न लागेको २५ मेगावाट क्षमताको सौर्य ऊर्जाका सम्बन्धमा भएका काम कारबाही गलत देखिएको भन्दै सम्पूर्ण कागजातको अध्ययन समेत गर्ने निर्णय गरेको छ । विश्व बैंकको ऋण सहयोगमा नुवाकोटमा स्थापना हुनलागेको सो सौर्य प्रणाली जडान कार्यका लागि कम बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी मूल्य राख्नेलाई दिएको भन्दै अधिवक्ता रमेश मैनालीले दर्ता गरेको उजुरीका आधारमा समितिले आज सो निर्देशन दिएको होपूरा पढ्नुहोस्


अन्तरजातीय विवाह गर्ने ७ जोडी सम्मानित

  असार ३०, खोटाङ । अन्तरजातीय विवाह गर्ने खोटाङका ७ जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो । दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार विश्वकर्मा र ईश्वरी सुवेदी, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र विश्वकर्मा र सुशिला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाईपूरा पढ्नुहोस्


इटहरीमा भीषण आगलागी, करिब साढे ६ करोडको नोक्सानी

fire-samakhusi

  असार ३०, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु. ६ करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ । कार्कीले सञ्चालन गरेको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब रु. ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारीपूरा पढ्नुहोस्


वृद्धभत्ता गाउँघरमै पाउने व्यवस्था मिलाउन माग

  असार ३०, गुलरिया (बर्दिया) । वृद्धभत्ता लिन सदरमुकाम गुलरिया आएका ज्येष्ठ नागरिकले वृद्धभत्ता गाउँघरमै पाउने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गरेका छन् । वृद्धभत्ता बुझ्न आउँदा–जाँदा र भत्ता बुझ्न लाइनमा बस्दा आफूहरुलाई निकै सास्ती बेहोर्नुपरेको उनीहरुले बताएका छन् । स्थानीय निकायको निर्वाचनमा स्थानीय जनप्रतिनिधिले वृद्धभत्ता घरघरमा पुर्याउने आश्वासन दिएपनि त्यसो हुन नसकेको उनीहरुले गुनासो व्यक्त गरेका छन् । सरकारले स्थानीय निकायलाई विकेन्द्रित गराउँदा पनि वृद्धभत्ता लिन गुलरियामा आई बैंकमा लाइनमा बस्नु सास्ती भएको उनीहरुले बताए । ६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियामा बाह्रबर्दिया नगरपालिकामा घरघरमा वृद्धभत्ता वितरण हुन थालेपनि गुलरियामा भने त्यस्तो हुन सकेको छैन । भत्ता लिन बैंककोपूरा पढ्नुहोस्


नेपालमै पहिलो ‘नलेज बैंक’ दमकमा

  असार ३०, दमक । झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले सम्भवतः नेपालमा नै पहिलोपटक ‘नलेज बैंक’को अवधारणा ल्याएको छ । दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले त्यस्तो ‘नलेज बैंक’ (ज्ञान भण्डार) को अवधारणा ल्याएको हो । नगरप्रमुख रोमनाथ ओलीले सबै क्षेत्रको नगरसम्बन्धी दृष्टिकोण तथा विचारलाई सङ्ग्रहित गर्नका लागि ‘नलेज बैंक’ स्थापना गर्ने तयारी गरिएको जानकारी दिए । “हामीले नगरलाई समृद्ध गराउन देश–विदेशका अनुभवलाई साटासाट गर्न तथा यहाँको प्राज्ञिक अनुभवलाई उपयोग गर्न नलेज बैंकको अवधारणा ल्याउन पहल गरेका हौँ ।” नगरप्रमुख ओलीले भने । यस्तो अवधारणापूरा पढ्नुहोस्