Main Menu

Saturday, July 1st, 2017

 

जलविद्युत् र पर्यटनका क्षेत्रमा क्यानडाबाट सिक्नुपर्छ – नेपाल

  असार १७, काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले क्यानडाले जलविद्युत्का क्षेत्रमा गरेको प्रगति तथा अन्तर्राष्ट्रिय तहमा जलस्रोत कानुनमा गरेको योगदानबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । क्यानडा स्वतन्त्र भएको १५० औँ वर्षगाठको उपलक्ष्यमा आज नेपालमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो धारणा राखेका हुन् । नेता नेपालले दुई मुलुकबीच रहेका सांस्कृतिक, आर्थिक सम्बन्धलाई अभिवृद्धि गरी जनस्तरमा फैलाउनपर्नेमा जोड दिँदै नेपालको जलविद्युत् उत्पादन तथा पर्यटनका क्षेत्रमा क्यानडाको लगानी भित्र्याउने वातावरण तयार गर्नुपर्ने बताए । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभादेवी खड्गीले महानगरभित्रको सम्पदास्थल चाडो जीर्णोद्धार गरी पर्यटकको आकर्षण केन्द्र बनाउने तयारी भइरहेको जानकारी गराइन् । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले आप्रवासीमैत्री समाज भएको क्यानडामापूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडकको पहिरो, यात्रुको कन्तबिजोग

नारायण ढुङ्गाना असार १७, रत्ननगर (चितवन) । पोखराबाट चितवनको माडीमा दिदी पुर्याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उनी त्यही रोकिइन् । सानी नानीसहितको दिदी र उनी सडक अवरुद्ध भएपछि अलपत्र परे । घरी सिटमा त घरी सडकमा गरेर उनीहरुले समय विताइरहेका छन् । बच्चाको पिडा उस्तै थियो, “निद्रा नै भएन, बिरामी परिएला जस्तो भो”–ज्योतिले भनिन्, “न फर्कौँ, न जाउँ भने भनेजस्तो भा’छ ।”  पैसाले धान्न नसक्ने अवस्था भएको छ । अझ दुई, तीन घण्टामा बाटो नखुले पुनः पोखरा फर्कने उनी बताउँछिन् । कालिखोलाको पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडक थुनिएको झन्डै ३० घण्टा हुन लाग्यो । जति जामपूरा पढ्नुहोस्


भरतपुर अस्पतालले स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्ने

असार १७, चितवन । भरतपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको प्रमाणपत्र तहमा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  अस्पतालले यसै शैक्षिक सत्रदेखि गुणस्तर वृद्धि गर्न भन्दै प्रतिष्ठान अन्तर्गतको स्टाफ नर्सको कक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  भरतपुर अस्पतालको अनुरोधलाई प्रतिष्ठानको बोर्डले सम्बन्धन दिने निर्णय गरेको हो ।  नर्सिङ सङ्कायकै स्नातकको पनि चिकित्सा विज्ञान प्रतिष्ठानकै कार्यक्रम सञ्चालन भइरहेको छ । प्रतिष्ठान अन्तर्गत चिकित्सा शास्त्रको स्नातकोत्तर (एमडिएमएस), एनेस्थेसिया एसिस्टेन्ड कार्यक्रम पनि सञ्चालन भइरहेको थियो ।  यसअघि अस्पतालले सिटिइभिटी अन्तर्गत स्टाफ नर्स कार्यक्रम सञ्चालन गरेको थियो । सिटिइभिटीलाई त्यसबारे जानकारी गराएर कार्यक्रम चलाउने अस्पतालले जनाएको छ ।  सरकारी अस्पतालमा स्वास्थ्यपूरा पढ्नुहोस्


स्याङ्जाको बायडाँडामा भ्यू टावर बन्दै

असार १७, वालिङ । चापाकोट नगरपालिका–१० बायडाँडामा दृश्यावलोकनका लागि स्तम्भ (view tower) निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत क्षेत्रीय कार्यालय पोखराको क्रमागत योजनामा स्तम्भ निर्माण भइरहेको छ । “स्थानीयले एक रोपनी १३ आना जग्गा चापाकोट नगरपालिकाको नाममा निःशुल्क जग्गा उपलब्ध गराएपछि निर्माण थालिएको हो” धनसा पर्यटकीयस्थल निर्माण समितिका सचिव गोपी भट्टराईले भने, “हालसम्म रु. ४१ लाख खर्चमा उक्त भ्यू टावरको भित्री काम सकिएको छ ।” ४ तला अग्लो रहेको उक्त स्तम्भको टुप्पामा पुग्न तीन सय ६५ सिँढी निर्माण गरिएको छ । “निर्माण कार्य अन्तिम चरणमा छ । अब रङरोगन र स्टिलको रेलिङ लगाउने काम भइरहेको छ”पूरा पढ्नुहोस्


मेरो युगको राजकुमार सिद्धार्थ

  हरिगोविन्द लुइँटेल         गाउँमा रोगीहरुलाई देख्छ टोलमा बृद्धहरुलाई देख्छ सडकमा लास र मलामीहरुलाई देख्छ र एक हैन अनेक दिन मेरो युगको राजकुमार सिद्धार्थ दुःखी हुन्छ चिन्तित हुन्छ विरक्त हुन्छ र अन्तमा ऊ टुंगोमा पुग्छ –जीवनको यो रीत ठीक छैन ऊ निधो गर्छ –अव जीवनको बाटो नयाँ खोज्नुपर्छ पुरानोले धानेन –अव नयाँ धम्मपद लेख्नुपर्छ –अव नयाँ त्रिपिटक लेख्नुपर्छ । उसले सडकमा देखेको रोगी शरीरको मात्र रोगी थिएन दृष्टिकोण र चिन्तनको समेत रोगी थियो टोलमा देखिएको बृद्ध बिचारको समेत बृद्ध थियो लास मान्छेको थिएन मानवता र पर्यावरणको थियो तर मलामीहरु आँसुले भिजेका हैन हाँसोले ढाकिएका थिए । त्यसैले सन्दर्भपूरा पढ्नुहोस्


सबैभन्दा बढी मन्त्री फेरिनेमा पर्यटन मन्त्रालय पहिलो, १ वर्षमा ५ मन्त्री !

सिबी अधिकारी असार १७, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् । अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ । मन्त्रालय तथा मातहत निकायको विकास र योजना कार्यक्रम प्रभावकारिता त्यसको नेतृत्वकर्तासँगै जोडिएको हुन्छ । चाँडो मन्त्री फेरिँदा अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको समग्र विकासमा कस्तो असर पर्ला भन्ने सहजै अनुमान गर्न सकिन्छ । पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही समग्र पर्यटन क्षेत्रको नीति बनाउने र लागू गर्ने मन्त्री, सचिवदेखि विभागीय प्रमुख फेरबदल भइरहँदा यसलेपूरा पढ्नुहोस्


अकबर-बीरबलको कथा

बीरबलकी छोरी र बाघको दूध !

(सोह्रौं शताव्दीका मुगल सम्राट अकबर र उनका सल्लाहाकार वीरबलसम्बन्धी कथाहरु विश्वप्रसिद्ध छन् । खासगरी नीति र चतुर्याईं ज्ञानका धनी वीरबलले अकरबरलाई सधैं आफ्नो बुद्धिले बिभिन्न कठिनाइबाट बचाए भने अकबरको मूर्खताले आइपर्ने अप्ठ्याराबाट पनि आफू जोगिने काम उनले गरे । यसै सन्दर्भको एउटा सानो कथा साहित्य यहाँ प्रस्तुत गरिन्छ । –सम्पादक) अकबर बादशाहको दरवारमा बीरबलको प्रवेश भएपछि अरु सभासदस्यहरुको महत्व नै घट्न थालेको थियो । अकबर बादशाहले बीरबललाई अरु सभासदस्यहरुलाई भन्दा बढी चाहन्थे र विश्वास गर्थे । साथै उनी बीरबलको सम्मान पनि गर्थे । अकबर बादशाहको दरवारमा एउटा हिन्दूले यति ठूलो स्थान पाएको कुरा अरु सभासदस्यहरुलाई मनपरेको थिएन । उनीहरु कसरीपूरा पढ्नुहोस्


तेन्जिङ नोर्गको जीवनी

तेन्जिङ नोर्गे – कसरी पुगेका थिए उनी सगरमाथाको चुचुरोमा ?

(सर्वप्रथम विश्वको सर्वोच्च शिखर सगरमाथामा न्युजिल्याण्डका सर एडमण्ड हिलारीसँग नेपाली मान्छे तेन्जिङ नोर्गे शेर्पा पनि सँगै पुगेका थिए । तेन्जिङको त्यस सफलता सम्पूर्ण नेपालीहरुको गर्वको विषय रहँदै आएको छ । जसरी मे २९, १९५३ को दिन बिभिन्न अप्ठ्याराहरु र जोखिमहरु पार गरेर मात्र सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा हिलारी र तेन्जिङ पुगे, त्यसरी नै सगरमाथाको आरोहण गर्ने अवस्थासम्म आइपुग्न उनलाई जीवनका थुपै्र अप्ठ्यारा, जोखिम र मोडहरु पार गर्नुप¥यो । तेन्जिङको जीवन सगरमाथा चढ्नु जतिकै कठिन र रोमाञ्चक देखिन्छ । यसै सन्दर्भलाई लिई ‘नवयुवा मासिक’ को पूर्णङ्क ५९ मा प्रकाशित चन्द्र खाकी र राजेश कोइरालाद्वारा संयुक्त रुपमा रचित रचनाको पहिलो भाग यहाँपूरा पढ्नुहोस्