Main Menu

Friday, July 7th, 2017

 

अस्पताल सुधार्न खोज्दा उल्टै सरुवाको धम्की

रमेश गिरी असार २३, भक्तपुर । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताएकी छन् । डा. हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवा दिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताएकी हुन् । अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे आएर २ बजेपछि क्लिनिक जाने यहाँका चिकित्सकलाई पूरै समय अस्पतालमा रहेर सेवा दिन आग्रह गर्दा डा. सरिता श्रेष्ठ र डा. जमुना किरण पौडेलले उल्टै कर्मचारीको हस्ताक्षर गराएर सरुवा गर्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएकोपूरा पढ्नुहोस्


भरतपुर मतगणना विवादको सुनुवाइ सोमबार

  असार २३, काठमाडौँ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भए पनि आज नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको हो । यो विवादमा यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । सोहीअनुसार अदालतमा च्यातिएको मतपत्रसहित अरु कागजपत्र यही असार १३ गते पुर्याइसकिएको छ । निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा एमाले उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदनपूरा पढ्नुहोस्


संविधान/कानुन

जनवादी गणतन्त्र चीनको संविधानको अग्रलेख कस्तो छ ?

(संविधान कुनै पनि मुलुकको मूल कानुन हुन्छ । त्यस मूल कानुन अनुसार नै अन्य सबै ऐन, कानुन, नियम, नीति, निर्देशनहरु बनाइएका हुन्छन् । मुलुकको अर्थतन्त्र कस्तो हुन्छ, राजनीतिक प्रणाली कस्तो हुन्छ, सामाजिक संरचना कस्तो हुन्छ, सांस्कृतिक संरचना तथा व्यवहारहरु कस्ता हुन्छन् भन्ने जस्ता सबै प्रश्नहरुको उत्तर संविधानमा अन्तरनिहीत हुन्छ । यसमाथि पनि संविधानका सबै धारा, उपधाराहरुको मूल आत्मा त्यसको अग्रलेख वा प्रस्तावनामा अन्तरनिहीत हुन्छ । वर्तमान चीन क्रान्तिपछि छोटो समयमा नै तीव्र विकास गर्ने विशिष्ट मुलुकमा पर्दछ । चीनमा सन् १९११ मा डा. सुनयात सेनको नेतृत्वमा पुँजीवादी लोकतान्त्रिक क्रान्ति सम्पन्न भयो भने सन् १९४९ मा माओ त्से तुङको नेतृत्वमा जनवादीपूरा पढ्नुहोस्


पर्यटन

निकुञ्ज चिनारी : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

गुरुप्रसाद ढकाल शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित छ । यसले डोल्पा र मुगु जिल्लामा ३ हजार ५ सय ५५ वर्ग कि. मी. क्षेत्रफल ओगटेर रहेको छ । यो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । समुद्र सतहबाट २ हजार २ सय मि. देखि ६ हजार ८ सय ८३ मि. सम्मको उचाइमा रहेको यस क्षेत्रमा माथिल्लो शितोष्ण, उप–हिमाली र हिमाली हावापानी पाइन्छ । फोक्सुन्डो, जगदुल्ला, दुधकुण्डजस्ता मुख्य तालहरु, काञ्जिरोवा, क्रिष्टल माउन्टेन, शे–शिखर, शिकाल्पो खाङ्ग, वेज चुचुरोजस्ता मुख्य हिमश्रृखलाहरु र शे–गुम्बा, चाकाङ गुम्बा, साम्लिङ गुम्बाजस्ता प्रसिद्ध गुम्बाहरुले यो निकुञ्ज सजिएको छ । देशको कुल क्षेत्रफलको २.४१ प्रतिशत क्षेत्रफल ओगटेकोपूरा पढ्नुहोस्


औलोको जोखिम न्यूनीकरण गर्न ७० हजार निःशुल्क झूल वितरण

  असार २३, कञ्चनपुर । कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको हो । “गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरेका छौं ।” कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले भने । कञ्चनपुरमा बर्षेनी औलोका बिरामीको सङ्ख्या ९०० को हाराहारीमा रहने गरेको छ । औलोसम्बन्धी कार्य सम्पादनमा कञ्चनपुर उत्कृष्ट औलो रोग रोकथामका लागि कञ्चनपुर जिल्लाजनस्वास्थ्य कार्यालय पुरस्कृत भएको छ । औलोसम्बन्धी कार्य सम्पादनमा देशभरिमै कञ्चनपुर उत्कृष्ट ठहरिएपछि स्वास्थ्यपूरा पढ्नुहोस्


हर्न निषेधको एक महिने कार्ययोजना सार्वजनिक

  असार २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । सो कार्यालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले आगामी साउन १ गतेदेखि जिल्लामा हर्न निषेध गर्ने बताए । सार्वजनिक गरिएको एक महिने कार्ययोजनामा नगर क्षेत्रका मुख्य ठाउँमा हर्न निषेध बोर्ड राख्ने, प्रेसर हर्न नियन्त्रण कार्यक्रम तथा हर्न बजाउन नपाइने सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छन् । प्रहरी निरीक्षक अधिकारीकाअनुसार, यस सम्बन्धमा चालकलाई प्रशिक्षण दिने, जेब्रा क्रसिङ सचेतना र चालक तथा पैदल यात्रीलाई पर्चा वितरण, दुर्घटनाग्रस्त क्षेत्रमा होर्डिङ बोर्डहरु राख्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने छन् । सवारीपूरा पढ्नुहोस्


राशिफल : रामभरोसे संस्कृतिको उपज

डी.आर. पोखरेल हामीकहाँ प्रचलित ज्योतिषशास्त्र र यसको तीन स्कन्ध१मध्येको जातक स्कन्धको अर्थात् राशिफलको व्यापक बजार देखिन्छ । परम्परागत ढंगका पण्डा–पूजारी, पुरोहित, ज्योतिष, धामी–झाँक्री, तीर्थयात्री र भिखारीसम्मका मानिसले राशिफलको धन्दा गरेकोमा त त्यति आश्र्चय छैन । तर आज सबैखालका संचारका साधनहरुसमेतले राशिफललाई आफ्नो अनिवार्य स्तम्भ बनाएकोमा र धर्मभिरुदेखि धर्मभेदीसम्मका तमाम खालका, विभिन्न विचार समूह, जातजाति समूहसमेतका मानिसहरु राशिफलतर्फ आकर्षित भएको देख्दा भने धेरै अचम्म मान्नुपर्ने भएको छ । ज्योतिषशास्त्रको गणित स्कन्ध धेरै विकसित मानिन्छ । यसकै कारणले आज ज्योतिषका कतिपय भविष्यवाणीहरु मिलेका पनि छन् । चन्द्रग्रहण, सूर्यग्रहणका भविष्यवाणी मिलेकाले जनसमूहमा ज्योतिषप्रति आस्था पनि छ । यही कारणले आज राशिफलको धन्दा फष्टाएकोपूरा पढ्नुहोस्


सानोसिरुवारीमा लिफ्टिङद्वारा खानेपानी योजना

  राम केसी असार २३, चौतारा । खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा १.७५ करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । आसपास खानेपानीको मूलको अभाव तथा भएका मूल पनि भूकम्पबाट सुकेपछि गाउँदेखि डेढ किमी तल रहेको मजुवा खोलाबाट लिफ्टिङद्वारा पानी तानेर खानेपानी योजना सञ्चालन गरिन लागेको हो । साबिक सेलाङ गाविस हाल जुगल गाउँपालिकामा पर्ने थालखर्क मुहानबाट सदरमुकाम चौतारामा खानेपानी योजना सञ्चालन गरिएको थियो । अढाइ दशकअघि १८ किमी टाढाबाट ल्याइएको सो योजना सानोसिरुबारीमा पनि विस्तार गरिएको थियो । तर हप्तामा आक्कल झुक्कल २-४ गाग्री मात्र पानी आउने भएकाले गाउँवासीले एक गाग्री पानीका लागि लामोपूरा पढ्नुहोस्


बैतडीमा बस दुर्घटना, ५ जना घाइते

  असार २३, बैतडी । काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ वर्षीय दीपक लुहार रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । घाइते पाँचैजनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा पठाइएको उनले बताए । उग्रतारा यातायातको बा ३पूरा पढ्नुहोस्