Main Menu

Sunday, July 9th, 2017

 

लमजुङमा ३ करोड बढी लागतमा १ वर्षमा १० झोलुङे पुल थप

असार २५, बेँसीसहर (लमजुङ) । लमजुङमा चालु आवमा मात्रै १० झोलुङ्गे पुल थपिएका छन् । पुल थपिएसँगै जिल्लामा झोलुङ्गे पुलको सङ्ख्या १ सय ९२ पुगेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवमा झन्डै रु. ३ करोडभन्दा बढी रकम झोलुङ्गे पुल निर्माणको लागि खर्च गरिएको छ । प्राविधिक कार्यालयका इ. श्रीप्रसाद गुरुङका अनुसार चालु आवमा १० झोलुङ्गे पुल निमार्णका लागि रु. २ करोड ९६ लाख ४२ हजार ७८८ खर्च भएको छ । चालु आवमा चिली खोला भलायखर्क– ९, दोर्दी खोला चिती –३, तारबाली खोला घेर्मु –३, किरिञ्चे खोला चन्द्रेश्वर –३, राम्चे खोला नाल्मा, खन्ग्रेखोला राइनास –११, रुदी खोलापूरा पढ्नुहोस्


बेँसीसहरमा पहिराका कारण घर जोखिममा

  असार २५, बेँसीसहर (लमजुङ) । सदरमुकाम बेँसीसहरमा पहिराका कारण ३ घर जोखिममा परेका छन् । बेँसीसहर मजुवाखोलादेखि तल्लो सेरातर्फ जाने सडकमाथिको भाग भासिँदा ३ घर जोखिममा परेका हुन् । बेँसीसहर– ८ सेराका देवीलाल श्रेष्ठको पक्की ढलान घर, मैयाँ दुलाल र शोभा सुनारको घर जोखिममा परेको हो । सडक निर्माणका क्रममा ग्याबिन वा पर्खाल लगाउनुपर्ने भए पनि अहिलेसम्म नलगाउँदा त्यहाँका घर जोखिममा परेका हुन् । पहिराले घर जोखिममा परेको जानकारी पाएलगत्तै प्रजिअ, स्थानीय विकास अधिकारी र प्रहरी नायब उपरीक्षकको टोलीले स्थलगत अनुगमन गरेको थियो । जोखिममा रहेका घरलाई सुरक्षित गर्न पहिरो गएका ठाउँमा पर्खाल लगाउन निर्देशन दिइने प्रजिअ युवराज मैनालीलेपूरा पढ्नुहोस्


यान्त्रीकरणले तान्दैछ पहाडे कृषकको ध्यान

  असार २५, तेह्रथुम । कृषि क्षेत्रमा आधुनिकीकरण गरेर मनग्य आम्दानी लिन सकिने भएपछि पहाडी जिल्ला तेह्रथुमका किसानको ध्यान यान्त्रीकरणतर्फ तानिएको छ । किसानले जनशक्ति अभावको समस्या टार्न तथा थोरै लगानीमै धेरै आम्दानी गर्न खनजोतका लागि हाते ट्र्याक्टरको प्रयोग गर्न थालेका हुन् । खेती गर्न गोरु पाल्नैपर्ने बाध्यताबाट टाढा रहन किसानले ट्र्याक्टरलगायत उपकरणको प्रयोग बढाएका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । कार्यालयको कृषि यान्त्रीकरणका लागि हुने अनुदान कार्यक्रमबाट मात्रै पनि धेरै कृषकले हाते ट्र्याक्टरको प्रयोग गरिरहेका छन् । चालु आवमा मात्रै जिल्ला कृषि विकास कार्यालयले २२ वटा हाते ट्र्याक्टर वितरण गरेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले जानकारी दिएपूरा पढ्नुहोस्


रेडपाण्डाको प्रजनन समयमा आवातजावत बन्द

  असार २५, इलाम । रेडपाण्डा पाइने इलाम र भारतको सीमा क्षेत्र सिंहलीला नेशनल पार्क तथा सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वन उपभोक्ता समूहले रेडपाण्डाको प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ । पर्यटकको होहल्लाले रेडपाण्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै आवतजावतमा प्रतिबन्ध लगाएको हो । रेडपाण्डा पाइने स्थानमा जुन १५ देखि सेप्टेम्बर १५ तारिख तीन महिनासम्मका लागि पर्यटक र स्थानीयवासीलाई वन क्षेत्रमा आवतजावत गर्न प्रतिबन्ध लगाएको हो । इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेशनल पार्क क्षेत्र र चोयाटार सामुदायिक वनभित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको माईजोगमाई–२ स्थित तुम्लिङका होटल व्यवसायी तिलक गुरुङले बताए ।पूरा पढ्नुहोस्


खानेपानीको मुहानमै हानिकारक कोलिफर्म

  असार २५, नुवाकोट । नुवाकोटको विभिन्न स्थानका बासिन्दाले उपभोग गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक कोलिफर्म (दिशामा पाइने जिवाणु) भेटिएको छ । नेपाली हेल्थ अनलाइन पत्रिकाले विदुरमा शनिबार आयोजना गरेको ‘महामारी रोग र स्वास्थ्य सेवा’ विषयक अन्तरक्रियामा स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य निरीक्षक राममणि घिमिरेले जिल्लाको मुख्य ६ स्थानबाट लिएको नमूना परीक्षणमा सबै स्थानको पानीको मुहानमा कोलिफर्म भेटिएको जानकारी दिए । वर्षायाम सुरु भएसँगै पानीमा हुनसक्ने दूषित अवस्थाको अध्ययन गर्न रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेका बासिन्दाले उपभोग गर्दै आएको मुहानबाट सङ्कलन गरिएको पानीको नमूना परीक्षणमा सबै स्थानमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको स्वास्थ्य निरीक्षकपूरा पढ्नुहोस्


आजदेखि नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द

असार २५, चितवन । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ । व्यवस्थापिका–संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार अर्काे सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमन रोकिएको सूचनामा उल्लेख छ । आयोजनाले नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारीसाधनलाई दासढुङ्गाको बासखोला पुलमा र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेदेखि रोक लगाएको छ । बिहान ४ बजे बाटो खुल्ला हुनेछ । त्यसैगरी मुग्लिनतर्फबाट आउनेपूरा पढ्नुहोस्


सोलुखुम्बुका अधिकांश ग्रामीण सडक अवरुद्ध

  असार २५, सोलुखुम्बु । वर्षात्का कारण कच्ची बाटो भत्किँदा तथा हिलाम्मे हुँदा सोलुखुम्बुको ग्रामीण भेगमा सञ्चालन हुने अधिकांश सडक यातायात अवरुद्ध भएको छ । जिल्ला सदरमुकामसम्म पुग्ने कालोपत्रे सडक सञ्चालनमा रहेको भए पनि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएका हुन् । सदरमुकामबाट नेले हुँदै तीनवटा गाउँपालिकामा पुग्ने सडकमार्ग गार्मामा हिलो तथा पहिरोका कारण एक सातादेखि अवरुद्ध छ । सो बाटो खुलाउनका लागि पहल भइरहेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । तर निकै समस्याका कारण तत्काल बाटो सहज हुने सम्भावना कम रहेको सवारी चालक पवन तामाङले बताए ।पूरा पढ्नुहोस्


शिक्षण अस्पतालमा ३५ केजिको पाठेघर ट्युमरको जटिल शल्यक्रिया सफल

आकाश महर्जन/प्रतिभा सुवेदी असार २५, काठमाडौँ । शिक्षण अस्पतालले मुलुकमै पहिलोपटक पाठेघरको ३५ केजि ट्युमरको सफल शल्यक्रिया गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पूर्व विभागीय प्रमुख समेत रहेकी प्रा. डा. आश्मा राणाले गत शुक्रबार एक विज्ञप्ति जारी गरी ४६ वर्षीय दिलमाया सार्कीको ३५ केजिको ट्युमरको शल्यक्रिया सफल भएको जानकारी गराएकी थिइन् । विगत ६ वर्षदेखि पेट फुल्ने र दिशा–पिसाब गर्न गाह्रो हुने समस्याबाट पीडित सार्कीको गत असार ६ गते शल्यक्रिया गरिएको थियो । विगत १ वर्षदेखि पेट धेरै फुल्न थालेको र ६/७ महिनाअघि देखि त हिँड्दुल गर्न र खाना खान समेत नसक्ने अवस्थामा पुगेपछि उनलाई गत असार २ गतेपूरा पढ्नुहोस्


कैदीको संख्याको आधारमा कारागारमा स्वास्थ्य केन्द्र राखिने

  असार २५, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले कैदीको सङ्ख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्नेसम्बन्धी योजना बढाइएको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पुराना कारागारको जीर्णाेद्धार गर्नेसम्बन्धी योजना बनाई सुधार अघि बढाइएको जानकारी गराए । काठमाडौँको ट्राफिक जाम हटाउने सम्बन्धमा विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यकता भएकाले सोहीअनुसार छलफल गरी काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुखको संयोजकत्वमा समिति बनाई तत्काल काम गर्न पहल शुरु गरिएको जानकारी पनि मन्त्री शर्माले दिए । नयाँ गन्तव्यबारे पहल हुँदै त्यसैगरी श्रममन्त्री फरमुल्ला मन्सुरले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा २२पूरा पढ्नुहोस्


सल्यानमा बस दुर्घटना, दुईजनाको मृत्यु

  असार २५, सल्यान । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस आज बिहान त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका झिम्पे निवासी ५२ वर्षीय रातो खड्का छन् भने अर्का मृतकको सनाखत हुन सकेको छैन ।   घाइतेको जिल्ला अस्पताल खलङ्गा र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरुलाई भने नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मिटर तलपूरा पढ्नुहोस्