Main Menu

सल्यानमा बस दुर्घटना, दुईजनाको मृत्यु

 

असार २५, सल्यान । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस आज बिहान त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका झिम्पे निवासी ५२ वर्षीय रातो खड्का छन् भने अर्का मृतकको सनाखत हुन सकेको छैन ।  

घाइतेको जिल्ला अस्पताल खलङ्गा र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरुलाई भने नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मिटर तल झरेको बताइएको छ ।

(Visited 70 times, 1 visits today)

टिप्पणी

comments