Main Menu

बेँसीसहरमा पहिराका कारण घर जोखिममा

 

landslide-dangers-3-housesअसार २५, बेँसीसहर (लमजुङ) । सदरमुकाम बेँसीसहरमा पहिराका कारण ३ घर जोखिममा परेका छन् ।

बेँसीसहर मजुवाखोलादेखि तल्लो सेरातर्फ जाने सडकमाथिको भाग भासिँदा ३ घर जोखिममा परेका हुन् ।

बेँसीसहर– ८ सेराका देवीलाल श्रेष्ठको पक्की ढलान घर, मैयाँ दुलाल र शोभा सुनारको घर जोखिममा परेको हो । सडक निर्माणका क्रममा ग्याबिन वा पर्खाल लगाउनुपर्ने भए पनि अहिलेसम्म नलगाउँदा त्यहाँका घर जोखिममा परेका हुन् ।

पहिराले घर जोखिममा परेको जानकारी पाएलगत्तै प्रजिअ, स्थानीय विकास अधिकारी र प्रहरी नायब उपरीक्षकको टोलीले स्थलगत अनुगमन गरेको थियो । जोखिममा रहेका घरलाई सुरक्षित गर्न पहिरो गएका ठाउँमा पर्खाल लगाउन निर्देशन दिइने प्रजिअ युवराज मैनालीले बताए ।

(Visited 155 times, 1 visits today)

टिप्पणी

comments