Main Menu

लमजुङमा ३ करोड बढी लागतमा १ वर्षमा १० झोलुङे पुल थप

10-new-suspension-bridge-lamjungअसार २५, बेँसीसहर (लमजुङ) । लमजुङमा चालु आवमा मात्रै १० झोलुङ्गे पुल थपिएका छन् । पुल थपिएसँगै जिल्लामा झोलुङ्गे पुलको सङ्ख्या १ सय ९२ पुगेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालु आवमा झन्डै रु. ३ करोडभन्दा बढी रकम झोलुङ्गे पुल निर्माणको लागि खर्च गरिएको छ ।

प्राविधिक कार्यालयका इ. श्रीप्रसाद गुरुङका अनुसार चालु आवमा १० झोलुङ्गे पुल निमार्णका लागि रु. २ करोड ९६ लाख ४२ हजार ७८८ खर्च भएको छ ।

चालु आवमा चिली खोला भलायखर्क– ९, दोर्दी खोला चिती –३, तारबाली खोला घेर्मु –३, किरिञ्चे खोला चन्द्रेश्वर –३, राम्चे खोला नाल्मा, खन्ग्रेखोला राइनास –११, रुदी खोला मिजुरे लमजुङ-कास्की, पैयुँ खोला घनपोखरा– ७ र चेपे खोला इलमपोखरी–५ लगायत स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।

(Visited 151 times, 1 visits today)

टिप्पणी

comments