Main Menu

Sunday, July 16th, 2017

 

३ वर्ष लगाएर ३३ लाख खर्च गरेर निर्माण गरिएको पर्खाल १ महिनामै भत्कियो

साउन १, भक्तपुर । निर्माण भएको एक महिना नबित्दै सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित बसपार्क जाने सडकको कुँवर गाउँको पर्खाल भत्किएको छ । क्रमागत योजनाअनुसार ३ वर्ष लगाएर करिब रु. ३३ लाख खर्च गरेर निर्माण गरिएको सो पर्खाल गत सोमबार भत्किएको हो । सो पर्खाल भत्किएर बाटोसमेत बगाएपछि गुण्डु बसपार्क जाने सवारी आगमनमा समेत बाधा पुगेको छ ।  सो सडकमा गत वैशाखको अन्तिम साता मात्र कालोपत्र गरिएको थियो । पहिलो चरणको स्थानीय निर्वाचनको २ दिनअघि पूर्वउद्योगमन्त्री महेश बस्नेत र हालका निर्वाचित वडाध्यक्ष एवम् तत्कालीन वडाध्यक्षका उम्मेदवार रवीन्द्र सापकोटाको रोहबरमा कालोपत्र गरिएको थियो ।  सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रवीन्द्रपूरा पढ्नुहोस्


भक्तपुरमा चालीस प्रतिशत खेत अझै बाँझै

साउन १, भक्तपुर । मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ ।  अघिल्ला वर्षमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यस वर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा ४० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ, खुसुङखोला किनारको फाँटमा सिँचाइको सहज सुविधा भएपनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताँथली, सुडाल, नंखेललगायत गाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ ।  मनसुन कमजोर भई आवश्यक मात्रामा वर्षा नभएपछि कृषक सुक्खा जमिनमा भएपूरा पढ्नुहोस्


राप्रपाभित्रको आन्तरिक विवाद समझदारीतर्फ

  साउन १, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने भएको छ । देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दवावका कारण दुवै पक्ष लचिलो भएका हुन् । संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा दुवै पक्षको फरक विचार भएकाले अहिलेको समस्या उत्पन्न भएको हो । अब दुवै पक्षले आ-आफ्नो अडान त्यागेर लचिलो हुन तयार भएपछि विवाद समझदारीतर्फ मोडिएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले देशभरका कार्यकर्ताको परिश्रमले निर्माण भएको पार्टीको एकता कुनै पनि हालतमा टुट्न दिन नहुने बताउँदै पार्टीका दोस्रो तहका नेताले दुवै पक्षको त्रुटिलाई मूल्याङ्कन गरीपूरा पढ्नुहोस्


दरबन्दी कम हुँदा शिक्षण अस्पतालको सञ्चालनमा समस्या

साउन १, काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरुआतमा ३०१ शय्याका लागि कायम भएको दरबन्दी अहिले करिब ७०० शय्या पुग्दा पनि स्थायी दरबन्दी थप हुन नसक्दा दीर्घकालीन सञ्चालनमा समस्या परेको छ ।  वि.सं. २०४० मा जापान सरकारको सहयोगमा सञ्चालनमा आएको शिक्षण अस्पताललाई आगामी मङ्सिरसम्ममा करिब रु. ७० करोड बराबरको अत्याधुनिक चिकित्सकीय र शल्य उपकरण पनि जापान सरकारले उपलब्ध गराउने भएको अस्पतालले जनाएको छ । २०७२ बैशाख १२ को भूकम्पको पहिलो धक्का आएको २ घण्टामै शल्यक्रिया सुरु गरेको यस अस्पतालले करिब २ हजार ५०० घाइते भर्ना र उपचार तथा ६०० भन्दा बढी घाइतेको शल्यक्रिया गरेको थियो । भूकम्पका समयमा अस्पतालले दिएकोपूरा पढ्नुहोस्


अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने पक्षमा छैनौंँ – ठाकुर

  साउन १, पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन् । वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रित दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गरे । वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने विचार नेता ठाकुरले व्यक्त गरे । नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको दोहोर्याउँदै निर्वाचनमा सहभागी हुने वातावरण निर्माणपूरा पढ्नुहोस्


यस वर्ष ३० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा थपिने

  साउन १, चौतारा । विसं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका ३ जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति पुर्याइ बन्द भएको ४.२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२.२ मेगावाटको चाकु ‘ए’ र ३.२ मेगावाटको गेलुङ खोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको हो । विसं २०७२ वैशाखमा सम्पन्न गरिने लक्ष्य रहेको भोटेकोशी करिडोरअन्तर्गत शिवश्री हाइड्रो पावरद्वारा निर्माण भइरहेको २२.२ मेगावाटको चाकु ‘ए’ आयोजना आगामी माघ महिनामा सम्पन्न गरिने कार्यकारी निर्देशक उमेशपूरा पढ्नुहोस्


प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मत

साउन १, काठमाडौँ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । न्यायपालिका सुधार सम्बन्धमा प्रस्तुत गरेको अवधारणा, कार्ययोजना र सोच सुनेपछि बैठकले उनको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य रहेको ठहर गर्दै कामु प्रधानन्यायाधीश पराजुलीको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्को यही असार १५ गतेको बैठकले उनको नाम संसदीय सुनुवाइका लागि व्यवस्थापिका– संसद्मा पठाएको थियो । उनको नाममा कुनै उजुरी परेका थिएनन् । प्रस्तावित प्रधानन्यायाधीशमा सर्वसम्मतिले नाम अनुमोदन भएको व्यहोराको पत्र समितिले आजै संवैधानिक परिषद्लाई पठाएको संसद् सचिवालयले जनाएको छ । पत्र प्राप्त भएपछि परिषद्ले सोपूरा पढ्नुहोस्


कृषि/चिकित्सा विज्ञान

आयुर्वेद र नेपालमा हर्बल उद्योग स्थापनाको सम्भाव्यता

  डा. अतुल उपाध्याय पृष्ठभूमि इतिहासलाई पल्टाउँदा हर्बल औषधिको परापूर्वकालदेखि अधिक मात्रामा प्रयोग भएको पाइन्छ, जसको ज्वलन्त उदाहरण हामीसामु रहेका परम्परागत हर्बल औषधिहरु हुन् । धेरैजसो विकासोन्मूख राष्ट्रहरुमा जनसंख्याको करिब ८० प्रतिशत मानिस आफ्नो स्वास्थ्य रक्षाको पूर्ति यिनै परम्परागत उपचार पद्दति र औषधीय गुण भएका बोटबिरुवाहरुबाट गर्ने गरेका छन् । आधुनिक चिकित्सा र परम्परागत उपचार पद्दति एकै सिक्काको दुई पाटाजस्तो रहेता पनि विविध ऐतिहासिक र साँस्कृतिक महत्वका कारण हर्बल औषधिहरुले अझै पनि चर्चा पाइरहेकै अवस्था छ । आयुर्वेदको प्रमुख फाइदा भन्नु नै बिरामी केन्द्रित उपचार प्रणाली हो, जसमा उनीहरुको शारीरिक एवं सर्वाङ्ग उपचार गरिन्छ भने आधुनिक चिकित्सा प्रणाली रोग केन्द्रितपूरा पढ्नुहोस्


वरिष्ठ तथा युवा कलाकारहरूका कलाकृति संयुक्त रुपमा प्रदर्शित

दिपमाला महर्जन श्रावण १, काठमाडौँ । बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ‘आर्टः क्रयसन एण्ड एक्जिभिसन फर डेभेलपमेन्ट’ (Art: creation and exhibition for development) नामक कला प्रदर्शनी सम्पन्न भएको छ। गत असार २५ देखि २९ सम्म आयोजित यस प्रदर्शनीमा देशका बरिष्ठतम कलाकारहरुदेखि भर्खरै बि.एफ.ए. (Bachelor in fine art) सकेका युवा कलाकारहरुका कलाकृतिहरु प्रदर्शित गरिएका थिए। कलाकारहरु उत्तम नेपाली, शशि विक्रम शाह, शशिकला तिवारी, रतन कुमार राई, रागीनी उपाध्याय, मदन चित्रकार, कृष्ण मानन्धर, किरण मानन्धर, हरि प्रसाद शर्मा, विपिन कुमार घिमिरे, र वत्स गोपाल वैद्य गरी ११ जना वरिष्ठ कलाकारहरुका सुन्दर र परिपक्व कलाकृतिहरुले दुईवटा प्रदर्शनी कोठाका भित्ताहरु सजिएका थिए भने एउटापूरा पढ्नुहोस्


शुल्क वृद्धिको विरोधमा धरान इन्जिनियरिङमा विद्यार्थी आमरण अनशनमा

  साउन १, इटहरी । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका हुन । ४ दिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लिएका विद्यार्थीले अरु विद्यार्थीको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर ती २ संगठनले प्रशासन अघिल्तिर आमरण अनशनमा बस्नुपरेको बताएका छन् । नेवि सङ्घका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरणपूरा पढ्नुहोस्