Main Menu

Saturday, July 8th, 2017

 

प्युठानका नवनिर्वाचित जनप्रतिनिधिहरू सम्मानित

रमेश गिरी असार २४, प्युठान । भर्खरै सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । प्युठान नगरपालिका वडा नं. ४ जुम्री अवस्थित होटल आयुष्मामा आयोजित उक्त स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम नेपाल पत्रकार महासंघले गरेको थियो । कार्यक्रममा नवनिर्वाचित निम्न जनप्रतिनिधिहरु सम्मानित भएका थिए : प्युठान नगरपालिकाका प्रमुख अर्जुन कु. कक्षपति, उपप्रमुख शान्ता अाचार्य स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्र राेकाय, उपप्रमुख गाेमा रेग्मी नाैवहिनी गाउँपालिकाका अध्यक्ष शिव रीजाल, उपाध्यक्ष धन ब बुढा झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, उपाध्यक्ष पवित्रा जिसी गाैमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कु. गिरी, उपाध्यक्ष तुलसा सुनार एेरावती गाउँपालिककाका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष बुद्ध ब. बस्नेत पूरा पढ्नुहोस्


सेयर बजारमा २ अर्ब बढीको कारोबार

  असार २४, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु. २ अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६० कम्पनीको कारोबार भएको थियो । गत साता रु. १ अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२९ अङ्कले बढेर अन्तिम दिन १ हजार ५८२.११ अङ्कमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभपूरा पढ्नुहोस्


सडक निर्माणलाई तीव्रता दिन सेनाको नयाँ वेस क्याम्प

  असार २४, दुनै(डोल्पा) । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोटखण्डको सडक निर्माण कार्यलाई तीव्रता दिन त्रिपुरा सुन्दरी नगरपालिकास्थित धाउनेमा नेपाली सेनाले नयाँ वेस क्याम्प खडा गरेको छ । दुनैसम्म एक वर्षभित्रै सडक सञ्जालले जोड्नका लागि जाजरकोट–डोल्पा सडकखण्डको १०० किमी धाउनेमा यही ११ असार गतेदेखि नयाँ वेस थप्दै २० वटा कम्प्रेसर मेसिनसहित निर्माणकार्यलाई युद्धस्तरमा अगाडि बडाइएको सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले बताए । कुल ११८ किमी सडकमध्ये १०९ किमी निर्माण भइसकेको र भिर, पहरायुक्त ९ किमी मात्रै बाँकी रहेको पहाडीले जानकारी दिए । बाँकी सबै सडकखण्डमा निर्माण कार्यलाई तीव्रता दिइएको उनको भनाइ छ । अहिले खदाङ–त्रिपुराकोट खण्डको धाउने, चुँगाड, चिप्ले, श्रीविन्डेलगायतको स्थानबाटपूरा पढ्नुहोस्


४ स्थानीय तहमा मत परिणाम आउन बाँकी, ३३० को घोषणा

thirty-one-parties-jhapa-2nd-phase

  असार २४, काठमाडौँ । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ । देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १४८, नेपाली काँग्रेस १२१, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख/अध्यक्ष पदमा विजयी भएकापूरा पढ्नुहोस्


संशोधन प्रस्तावमा सहमति जुटाउन प्रम देउवाद्वारा छलफल सुरु

  असार २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल सुरु गरेका छन् । सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय जनता पार्टी (राजपा) का बीच सदनमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाउन शुक्रबार अन्य दलसँग छलफल सुरु गर्ने सहमति भएको थियो । यस क्रममा प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेता पशुपति शम्शेर जबरासँग छलफल गरेका छन् । ती शीर्ष नेताका बीचमा यही असोज २ गतेपूरा पढ्नुहोस्


तेन्जिङ नोर्गे – कसरी पुगेका थिए उनी सगरमाथाको चुचुरोमा ? – भाग २

(सर्वप्रथम विश्वको सर्वोच्च शिखर सगरमाथामा न्युजिल्याण्डका सर एडमण्ड हिलारीसँग नेपाली मान्छे तेन्जिङ नोर्गे शेर्पा पनि सँगै पुगेका थिए । तेन्जिङको त्यस सफलता सम्पूर्ण नेपालीहरुको गर्वको विषय रहँदै आएको छ । जसरी मे २९, १९५३ को दिन बिभिन्न अप्ठ्याराहरु र जोखिमहरु पार गरेर मात्र सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा हिलारी र तेन्जिङ पुगे, त्यसरी नै सगरमाथाको आरोहण गर्ने अवस्थासम्म आइपुग्न उनलाई जीवनका थुपै्र अप्ठ्यारा, जोखिम र मोडहरु पार गर्नुप¥यो । तेन्जिङको जीवन सगरमाथा चढ्नु जतिकै कठिन र रोमाञ्चक देखिन्छ । यसै सन्दर्भलाई लिई ‘नवयुवा मासिक’ को पूर्णङ्क ५९ मा प्रकाशित चन्द्र खाकी र राजेश कोइरालाद्वारा संयुक्त रुपमा रचित रचनाको दोस्रो भाग यहाँ प्रस्तुत गरिन्छ ।पूरा पढ्नुहोस्


कविता

बन्दी छोराको पत्र

कृष्ण सेन ‘इच्छुक’ आमा ! यो अँधेरो कालकोठरीभित्र तपाईंको मायालु न्यानो काखदेखि म धेरै टाढा छु देशका धेरै धेरै सन्ततिहरुका साथमा बन्दी जीवनका अति यातना र कष्टपूर्ण घडीहरु खप्दै म मेरा प्रिय संगी र, आत्मीय स्वजनहरुदेखि पनि धेरै टाढा छु । मेरो शिरमा स्नेहपूर्ण कोमल हातहरु सुम्सुम्याउँदै आमा ! तपाईंले गहिरो ममताका शीतल स्पर्शहरु छर्न सक्नुहुन्न तपाईंको समुद्रजस्तै विशाल मातृत्वको प्रशान्त सागरमा अथाह डुबेर म पनि पूर्णिमाको चन्द्रझैं अगाध रमाइरहन सक्तिँन । तर तैपनि आमा ! म जति टाढा रहूँ तपाईंदेखि तपाईंको प्रेमाकुल मुटुको अंगालोदेखि अनि मेरो असंख्य प्रियजनहरुदेखि मेरो मन सधैं तपाईंकै प्यारो काखमा हुन्छ मेरो मन सधैं–सधैं मित्रहरुकैपूरा पढ्नुहोस्


विश्वग्राम

जर्मनीमा अमेरिकी प्रथम महिला मेलानी प्रदर्शनकारीको घेराबान्दीमा

असार २४,  हम्बर्ग (जर्मनी) । जर्मनीको हम्बर्गमा जी २० विरुद्ध प्रदर्शन गर्नेहरुले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आवासगृहमै घेराबन्दीमा पारेका छन् । राजनीतिक नेताहरुका श्रीमतीहरुका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरु सहभागी भएको ट्रम्पका प्रवक्ताले जानकारी दिए । “हम्वर्गको प्रहरीले उनी बसेको आवास गृहबाट उनीहरुलाई सजिलैसँग हटाउन सकेन,” उनका प्रवक्ता स्टेफन ग्रिशामले भने । जलवायु केन्द्रमा जानुको सट्टा प्रथम महिलाहरु जलवायु वैज्ञानिकहरुको प्रस्तुतिका लागि हम्वर्ग होटल जाँदै थिए । जर्मनीको समाचार संस्था डिपिएले ४७ बर्षीया श्रीमती ट्रम्प शुक्रबार अन्य भ्रमणहरुमा निस्कन नपाएको जनाए ।   प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेकोपूरा पढ्नुहोस्


नदीले सडकै बगाएपछि आवागमन अवरुद्ध

  असार २४, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । नदीले करिब २० मिटर सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुई दिनदेखि सिधा यातायात अवरुद्ध बनेको अन्नपूर्ण गाउँपालिका–२ का वडा सदस्य बुद्धि पुनले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध बनेपछि म्याग्दीको उत्तरी भेगका साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तीर्थयात्री तथा सर्वसाधारण यात्रु समस्यामा परेका छन् । सिधा यातायात अवरुद्ध बनेपछि यात्रुले सवारीसाधन परिवर्तन गरी यात्रा गर्नुपर्ने झन्झट भएको छपूरा पढ्नुहोस्


‘दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल’ – डा. यादव [अन्तरवार्ता]

  असार २४, काठमाडौँ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन् । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनले जोड दिएका छन् । स्थानीय तह निर्वाचन, मतदातामा देखिएको उत्साह, मतगणनामा भएको ढिलाइ, निर्वाचन आचारसंहिता पालनालगायत समसामयिक विषयमा प्रमुख आयुक्त डा. यादवसँग राससका समाचारदाता नारायणप्रसाद न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ – प्रश्न – स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सकिएको छ, समग्रमा निर्वाचन आयोगका मूल्याङ्कन र समीक्षा कस्तो रह्योपूरा पढ्नुहोस्