Main Menu

प्युठानका नवनिर्वाचित जनप्रतिनिधिहरू सम्मानित

  • रमेश गिरी

pyuthan-representatives-honoredअसार २४, प्युठान । भर्खरै सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ ।

प्युठान नगरपालिका वडा नं. ४ जुम्री अवस्थित होटल आयुष्मामा आयोजित उक्त स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम नेपाल पत्रकार महासंघले गरेको थियो ।

कार्यक्रममा नवनिर्वाचित निम्न जनप्रतिनिधिहरु सम्मानित भएका थिए :

  • प्युठान नगरपालिकाका प्रमुख अर्जुन कु. कक्षपति, उपप्रमुख शान्ता अाचार्य
  • स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्र राेकाय, उपप्रमुख गाेमा रेग्मी
  • नाैवहिनी गाउँपालिकाका अध्यक्ष शिव रीजाल, उपाध्यक्ष धन ब बुढा
  • झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, उपाध्यक्ष पवित्रा जिसी
  • गाैमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कु. गिरी, उपाध्यक्ष तुलसा सुनार
  • एेरावती गाउँपालिककाका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष बुद्ध ब. बस्नेत 
  • सरूमारानी गाउँपालिकाका अध्यक्ष झक ब. विश्वकर्मा, उपाध्यक्ष मिना साेमै
  • मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना, उपाध्यक्ष सरिता जिसी
  • माण्डवी गाउँपालिका का अध्यक्ष श्रीधर राेका, उपाध्यक्ष मुगा पुन

उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र जिल्लाका सम्पूर्ण पत्रकारहरूकाे उपस्थिति थियाे ।

२ नगरपालिका र ७ गाउँपालिका भएको प्युठान जिल्लामा मेयर/प्रमुखमा ३ एमाले, ३ काँग्रेस र १ माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने उपमेयर/उपप्रमुखमा ३ माओवादी केन्द्र, ३ एमाले र १ काँग्रेसले जितेको छ ।

(Visited 126 times, 1 visits today)

टिप्पणी

comments