Main Menu

सेयर बजारमा २ अर्ब बढीको कारोबार

 

share-market-2-arab-businessअसार २४, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु. २ अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६० कम्पनीको कारोबार भएको थियो । गत साता रु. १ अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२९ अङ्कले बढेर अन्तिम दिन १ हजार ५८२.११ अङ्कमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.१७ अङ्कले बढेर ३३६.१ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु. २१ करोड १५ लाख २० हजारको कारोबार भएको स्टकले जनाएको छ । कारोबार भएको सेयर सङ्ख्याको आधारमा एनआइबिएल समृद्धि फन्ड एक अग्रस्थानमा रहेको छ । सो फन्डको ११ लाख २० हजार कित्ता सेयर कारोबार भएको थियो ।

(Visited 78 times, 1 visits today)

टिप्पणी

comments