Main Menu

विश्वग्राम

जर्मनीमा अमेरिकी प्रथम महिला मेलानी प्रदर्शनकारीको घेराबान्दीमा

german-american-first-lady-demonstrationअसार २४,  हम्बर्ग (जर्मनी) । जर्मनीको हम्बर्गमा जी २० विरुद्ध प्रदर्शन गर्नेहरुले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आवासगृहमै घेराबन्दीमा पारेका छन् ।

राजनीतिक नेताहरुका श्रीमतीहरुका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरु सहभागी भएको ट्रम्पका प्रवक्ताले जानकारी दिए ।

“हम्वर्गको प्रहरीले उनी बसेको आवास गृहबाट उनीहरुलाई सजिलैसँग हटाउन सकेन,” उनका प्रवक्ता स्टेफन ग्रिशामले भने ।

जलवायु केन्द्रमा जानुको सट्टा प्रथम महिलाहरु जलवायु वैज्ञानिकहरुको प्रस्तुतिका लागि हम्वर्ग होटल जाँदै थिए ।

जर्मनीको समाचार संस्था डिपिएले ४७ बर्षीया श्रीमती ट्रम्प शुक्रबार अन्य भ्रमणहरुमा निस्कन नपाएको जनाए ।

 

प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १ सय ५९ जना अधिकृतहरु र प्रदर्शनकारीहरु घाइते भएका छन् ।

प्रदर्शनकारीहरुको प्रदर्शन शुक्रवार विहानैदेखि सुरु भएको थियो । कारहरुमा आगजनी गर्ने, झ्यालहरु तोडफोड गर्ने, प्रहरीको हेलिकोप्टरमा आगो फाल्ने र क्यानडाका सहभागीको कारमा धम्की दिने लगायतका कार्य प्रदर्शनकारीहरुले गरेका थिए ।

 

प्रदर्शनकारी र प्रहरीले कुकुर र विरालोलेझैं लुकामारी गर्दै अवरोध तथा सुरक्षा प्रदान गर्ने काम गरिरहेका थिए र नेताहरुलाई सम्मेलन स्थलमा पुग्न रोकिरहेका थिए ।

 

शुक्रवार मात्रै सुरु भएको दुईदिने सम्मेलनका लागि झण्डै २० हजार प्रहरी अधिकृतहरु खटाइएको थियो । उनीहरुसँग हेलिकोप्टर, पानीको फोहोरा हान्ने ट्रक र निगरानी गर्ने ड्रोनहरु पनि रहेका थिए ।

 

हिजो शुक्रवार मात्रै जर्मन राजधानी बर्लिनमा आतङकवाद, व्यापार, जलवायु परिवर्तन विषयमा छलफल गर्न विश्वका उच्च आर्थिक स्तर भएका प्रमुख वीस राष्ट्र सम्मिलित जी–२० को सम्मेलन सुरु भएको हो । त्यही क्रममा जी-२० सदस्य राष्ट्रका प्रथम महिलाहरु बर्लिनमा जम्मा भएका हुन् ।

 

हिजोबाट सुरु भएको जी–२० को सम्मेलनमा  आयोजक राष्ट्र जर्मनीका चान्सलर एङगेला मर्केलले यही जुलाई ७ र ८ गते हुने सम्मेलनको पहिलो एजेन्डा आतङ्कवाद विरुद्धको लडाईंलाई बनाउदै सम्मेलनको शुरुवात हुने भएको मर्केलका प्रवक्ता स्टेफेन सेवर्टले कार्यक्रम तालिकामा जनाइएको बताएका छन् । सम्मेलनमा मर्केलले जर्मनीको ह्यामवर्ग शहरको मेस्सहोलेन कम्प्लेक्समा जी–२० सदस्य राष्ट्रका राष्ट्रप्रमुखलाई शुक्रवार नै स्वागतार्थ औपचारिक सम्वोधन गरिन् ।

 

सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्व नेता ह्यामवर्ग आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीको ह्यामवर्गमा जी–२० सम्मेलनको शिलशिलामा शुक्रवार भेट भएको छ ।

 

मर्केलको स्वागत सम्बोधनपछि शुक्रबार करिब साढे दुई घण्टा पहिलो कार्यसूचीमथि विश्व नेताहरूबीच आतङ्कवाद विरुद्धको सङ्घर्षका लागि निकट वातावरणमा रहेर छलफल भएको  छ । छलफलका अन्य प्रमुख बिषय विश्वव्यापी प्रगति र व्यापार, दीगो विकास, जलवायु परिवर्तन र ऊर्जा रहेको पनि मर्केलका प्रवक्ता स्टेफेनले बताए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपतिबीच शुक्रबार जर्मनीको ह्यामवर्गमा जि–२० भेट भएको छ ।

भेटको शुरुमा कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भने, “हामीले आगामी दिनमा रसिया, अमेरिका र सम्बन्धित सबैलाई धेरै सकारात्मक कुराको थालनी गरेर देखाउनु छ ।  मलाई तपाईसँग भेट्दा सम्मानित भएको अनुभूति भएको छ ।”

त्यसैगरी पुटिनले पनि ट्रम्पलाई भने, “राष्ट्रपति ज्यू !तपाईंसँग प्रत्यक्ष भेट्न पाउदा म साह्रै खुशी छु । तपाईंले भन्नुभएजस्तो हाम्रो भेटघाटले ठोस नतिजा ल्याउनुपर्छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले जी-२० को सम्मेलनको सुरुको दिनमा नै बर्लिनमा आफू जलवायु परिवर्तनका बिषयमा एक्लिए पनि विश्व समुदायलाई भने निकटमा आउन सहयोग गरेको  भन्ने अभिव्यक्ति दिएको कुरा जर्मन पर्यावरण मन्त्री बारबारा हेनरिक्सले बताएका छन् ।

समाचार स्रोत : सिन्ह्वा/एएफपि/रासस

(Visited 112 times, 1 visits today)

टिप्पणी

comments