Main Menu

Tuesday, July 18th, 2017

 

मुग्लिन–नारायणघाट सडक अवरुद्ध हुँदा चितवनमा पर्यटन घटे

साउन ३, काठमाडौँ । मुग्लिन–नारायणघाट राजपथ स्तरोन्नतिको कारण नियमित रुपमा यातायात अवरुद्ध हुँदा चितवन सौराहा क्षेत्रका होटल, रिसोर्ट लजलगायतमा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेेेको भन्दै यसलाई न्यूनीकरण गर्ने उपायका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा छलफल भएको छ ।  बैठकमा सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले मुग्लिन–नारायणघाट राजपथ आउँदो अप्रिल २०१८ सम्म पूर्णरुपमा सञ्चालनमा आउने तथा यातायातको चाप घटाउन खाली फर्कने मालवाहक ट्रकहरुलाई अन्य वैकल्पिक बाटो मात्र प्रयोग गर्ने व्यवस्था लागू गर्न लागिएको गराए ।  बैठकमा बुद्ध एयरका प्रतिनिधिले काठमाडौं–भरतपुरबीच दैनिक ८/९ वटा र यति एयरलाइन्सले ५/६ वटा उडान गरिरहेको र आवश्यक भएमापूरा पढ्नुहोस्


‘उपत्यकामा ‘स्काई रेल’ सञ्चालन गर्न सकिन्छ’

साउन ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् ।  कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाउनु भएको हो ।  प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराए ।  कम्पनीका अध्यक्ष पाण्डेले तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने बताए ।  त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि ‘स्काई रेल’ सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।  कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीकोपूरा पढ्नुहोस्


दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ताको प्रस्ताव

साउन ३, सोल । दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ । रेड क्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको दुई दिनपछि दक्षिणले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेको हो । सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेड क्रसले सो समय माग गरेको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगकोपूरा पढ्नुहोस्


“जलवायु परिवर्तनका कारण समुद्री सतह अझ बढ्नसक्छ”

साउन ३, क्यानबेरा । जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन् ।आगामी १०० बर्षमा समुद्री सतहमा बृद्धि हुने र यो सबै मानिसका कारण पृथ्वीमा आएको तापमानका कारण हुने अनुमान उनीहरुको छ । जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विभिन्न देशका बैज्ञानिकहरुको अष्ट्रेलियामा जारी रहेको यससम्बन्धी सम्मेलनमा उनीहरुको सो धारणा आएको हो । उनीहरुले मानवीय स्वभाव, कार्यशैली र व्यावहारका कारण विश्वमा जलवायु परिवर्तनको मात्रामा बृद्धि हुँदै गएको र आगामी कम्तीमा पनि १०० बर्षमा यो मात्रा खतरनाक रुपमा बढ्नसक्ने बताएका छन् । अन्तरसरकारी वैज्ञानिक सम्मेलनमा सहभागी एकजना वैज्ञानिक डा. भ्यालेरी मासुन देलमेटोले बढ्दो मानवीयपूरा पढ्नुहोस्


घुम्ती स्वास्थ्य शिविरबाट महिलाहरू खुल्न थाले

साउन ३, रामपुर (पाल्पा) । डर र लाजका कारण वर्षौदेखि विभिन्न रोगले भित्रभित्रै ग्रसित महिलाका समस्या घुम्ती स्वास्थ्य शिविरबाट बाहिर आउन थालेका छन् । स्वास्थ्य संस्था तथा क्लिनिकमा रोगबारे बताउन लाज र डर मान्ने यहाँका महिला हिजोआज गाउँघरमा सञ्चालन हुने घुम्ती स्वास्थ्य शिविरमार्फत आफ्ना समस्या बताउन सक्ने भएका छन् । महिलामा चेतनाको स्तर वृद्धि भएका कारण पनि खुलेर आफ्ना समस्या लिएर स्वास्थ्य संस्था, शिविरमा जान थालेपछि महिलासम्बन्धी विभिन्न समस्या बाहिर आउन थालेको हो । केही समय अघिसम्म महिलाहरु भित्रभित्रै रोगसँगै लडी लाज र डरका कारण पीडालाई लुकाउने गर्दथे । आफ्ना समस्या लुकाई सधैं आँशु बगाउन बाध्य महिला हिजोआज भने गाउँमापूरा पढ्नुहोस्


डेंगु संक्रमण बढेपछि सचेतना अपनाउन जनस्वास्थ्यको आग्रह

साउन ३, रत्ननगर, चितवन  । रत्ननगर र खैरहनी नगरपालिकाको बजार क्षेत्रका ६९३ घरका बासिन्दामा डेंगु पोजेटिभ पाइएको छ । हालै जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न चलाएको घरदैलो अभियानका क्रममा यस्ता संक्रमित भेटिएका छन् । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले असार १८ देखि २० गतेसम्म सञ्चालन गरिएको उक्त अभियानबारे आज जानकारी दिँदै यहाँका ८ हजार ७९७ घरमा गरिएको अनुगमनमा ६९३ घरमा डेंगु पोजेटिभ पाइएको बताए । रत्ननगरमा ८ हजार ३३० घरमध्ये ५३५ र खैरहनीको १ हजार ४६७ घरमध्ये १५८ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा फेला परेको प्रतिवेदनमा जनाइएको छ । विभिन्न घरमा डेंगु सार्ने एडिसपूरा पढ्नुहोस्


बेल्जियमका विद्यार्थीले बनाउँदैछन् डडेल्धुरामा भवन

साउन ३, डडेल्धुरा । कुष्ठरोग र क्षयरोगको उपचारका लागि डडेल्धुरामा बेल्जियमका कक्षा १० मा अध्ययनरत १२ विद्यार्थी आजभोलि स्वास्थ्यसम्बन्धी भवन निर्माणमा व्यस्त रहेका छन् । दामियन फाउण्डेशन बेल्जियम नेपालको आर्थिक सहयोगमा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ८ कोठे भवन बन्दैछ । सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निर्माण भइरहेको उक्त भवनको निर्माणका लागि विद्यार्थीले काम गर्ने गरेका छन् । सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लाका बिरामीको उपचार केन्द्रका रुपमा भवन निर्माण भइरहेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले बताए । भवन निर्माण अवधिभर विद्यार्थीले निःशुल्क काम गर्ने फाउण्डेशन नेपालका निर्देशक डा. सुरेश कोइरालाले बताए । भवन निर्माणका लागि अस्पताल र फाउण्डेशनका बीचमा द्विपक्षीय हस्ताक्षरपूरा पढ्नुहोस्


स्थानीय तह कार्यालय सञ्चालनका लागि भौतिक संरचनै छैन

  साउन ३, डडेल्धुरा । भौतिक संरचना नहुँदा स्थानीय तहमा कामकाज गर्नका लागि समस्या भएको छ । स्थानीय तहको निर्वाचनपछि यही साउन १ गतेदेखि स्थानीय तहमै जिल्लास्तरका सरकारी कार्यालयले कामकाज सुरु गर्न थाले पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना छैन । “गाउँपालिकाबाटै सरकारी सेवा दिन खोजिए पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना नहुँदा काम सुरु हुनसकेको छैन,” भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले भने । कार्यालय सञ्चालनका लागि न त सरकारी घर छ, न निजी घर । कार्यालय सञ्चालन त परै जाओस् कर्मचारीको आवासका लागि समेत घर भाडामा नमिलेको भट्टले बताए । गाउँपालिकाको सानो घरमै जिल्लाबाट गएका सरकारी कार्यालयका कर्मचारी बस्नेपूरा पढ्नुहोस्


रक्सौल नाका सहज नहुँदा यात्रीलाई सास्ती

साउन ३ ,वीरगञ्ज  । नेपाल–भारत सीमा क्षेत्रको रक्सौल नाका सहज नहुँदा आवतजावत गर्ने दुवै देशका नागरिकले सास्ती भोग्दै आएका छन् । रक्सौल रेल्वे साइडिङ र एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को व्यवस्थापन नहुनु तथा रक्सौल–वीरगञ्ज नाका व्यवस्थित नभएकाले आवतजावत गर्ने दुवै देशका नागरिक घण्टौँसम्म जाममा फस्ने हुनाले दुर्घटनाको शिकार हुने गरेको गुनासो आउन थालेका छन् । भारत सरकारको कमीकमजोरीका कारण तथा ट्राफिक व्यवस्थापन नभएकाले घण्टौँसम्म रक्सौल नाका जाम हुने गरेको बताउँदै सीमावर्ती भारत–रक्सौलस्थित टेक्सटाइल चेम्बर अफ कमर्शका अध्यक्ष अरुण कुमार गुप्ताले – भारत सरकारसँग उक्त क्षेत्रमा हुने जाम हटाउन हामीले बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताएका छन् । सो क्षेत्रमा ट्राफिकपूरा पढ्नुहोस्


स्थानीय तह संचालन नियम अनुसार काम नभएको गुनासो

साउन ३, काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले संविधान अनुसार सरकारबाट बनेका र जारी भएका नियमहरु अनुसार काम नभएको गुनासो गरेका छन् । ‘स्थानीय तह कर्मचारी संयुक्त ट्रेड युनियन केन्द्रीय समन्वय समिति’ ले आज एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त गुनासो गरेको हो । उक्त विज्ञप्तिमा भनिएको छ ; “स्थानीय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धमा नेपालको संविधानको धारा ३०२ बमोजिम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत नेपाल सरकारको तर्फबाट जारी गरिएका स्थानीय तह संचालन तथा व्यवस्थापनसम्बन्धी आदेश, २०७४ को मर्म र भावना अनुरुप जारी गरिएको स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश, २०७४ को बुदा नं. १४ मापूरा पढ्नुहोस्