Main Menu

बेल्जियमका विद्यार्थीले बनाउँदैछन् डडेल्धुरामा भवन

साउन ३, डडेल्धुरा । कुष्ठरोग र क्षयरोगको उपचारका लागि डडेल्धुरामा बेल्जियमका कक्षा १० मा अध्ययनरत १२ विद्यार्थी आजभोलि स्वास्थ्यसम्बन्धी भवन निर्माणमा व्यस्त रहेका छन् । दामियन फाउण्डेशन बेल्जियम नेपालको आर्थिक सहयोगमा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ८ कोठे भवन बन्दैछ ।

सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निर्माण भइरहेको उक्त भवनको निर्माणका लागि विद्यार्थीले काम गर्ने गरेका छन् । सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लाका बिरामीको उपचार केन्द्रका रुपमा भवन निर्माण भइरहेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले बताए ।

भवन निर्माण अवधिभर विद्यार्थीले निःशुल्क काम गर्ने फाउण्डेशन नेपालका निर्देशक डा. सुरेश कोइरालाले बताए । भवन निर्माणका लागि अस्पताल र फाउण्डेशनका बीचमा द्विपक्षीय हस्ताक्षर भएको थियो ।

(Visited 104 times, 1 visits today)

टिप्पणी

comments