Main Menu

डेंगु संक्रमण बढेपछि सचेतना अपनाउन जनस्वास्थ्यको आग्रह

healthpost-request-conduct-awarenessसाउन ३, रत्ननगर, चितवन  । रत्ननगर र खैरहनी नगरपालिकाको बजार क्षेत्रका ६९३ घरका बासिन्दामा डेंगु पोजेटिभ पाइएको छ । हालै जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न चलाएको घरदैलो अभियानका क्रममा यस्ता संक्रमित भेटिएका छन् ।

कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले असार १८ देखि २० गतेसम्म सञ्चालन गरिएको उक्त अभियानबारे आज जानकारी दिँदै यहाँका ८ हजार ७९७ घरमा गरिएको अनुगमनमा ६९३ घरमा डेंगु पोजेटिभ पाइएको बताए ।

रत्ननगरमा ८ हजार ३३० घरमध्ये ५३५ र खैरहनीको १ हजार ४६७ घरमध्ये १५८ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा फेला परेको प्रतिवेदनमा जनाइएको छ ।

विभिन्न घरमा डेंगु सार्ने एडिस एजेप्टाइ नामको लामखुट्टेका लार्भा र प्युपा पाइएको भन्दै केसीले अन्य घरमा समेत यसले रोग सार्न सक्ने भएकाले सचेतना अपनाउन आग्रह गरे ।

सो क्षेत्रमा भेटिएका लार्भा स्वयंसेविकाले नष्ट गरेको र फेरि विभिन्न भाँडाकुडाँमा एक हप्तासम्म पानी जमेमा लार्भा हुर्कने र डेंगु रोग लाग्न सक्ने भएकाले यसतर्फ ध्यान दिन कार्यालयले सुझाव दिएको छ ।

रत्ननगरकी स्वयंसेविका ज्ञानु वाग्लेले, नगरपालिकाभित्रै पनि लामखुट्टेका लार्भा र प्युपा फेला परेको जानकारी दिनुभएकाे छ र अघिल्लो वर्ष रत्ननगर नगरपालिकामा डेंगुको प्रकोप फैलिएकाले यहाँ डेंगु रोक्न पूर्वतयारी स्वरुप अभियान चलाइएको बताइन् ।

डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न नदिन चिकित्सकले आग्रह गरेका छन् ।

रोग नियन्त्रणको प्रभावकारी माध्यम नै खोजेर नष्ट गर्ने भएकाले उक्त कार्यक्रमलाई प्राथमिकता दिइएको हो । आव २०७२÷७३ मा ८५ जनामा रोग देखिँदा १ जनाको मृत्यु भएको थियो ।

चालु आवमा ६८७ जनामा रोग देखिँदा १ जनाको ज्यान गएको तथ्याँक छ । यसको खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्ने डा. भोजराज अधिकारीले बताए ।

(Visited 135 times, 1 visits today)

टिप्पणी

comments