Main Menu

मुग्लिन–नारायणघाट सडक अवरुद्ध हुँदा चितवनमा पर्यटन घटे

muglin-road-affect-chitwan-tourismसाउन ३, काठमाडौँ । मुग्लिन–नारायणघाट राजपथ स्तरोन्नतिको कारण नियमित रुपमा यातायात अवरुद्ध हुँदा चितवन सौराहा क्षेत्रका होटल, रिसोर्ट लजलगायतमा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेेेको भन्दै यसलाई न्यूनीकरण गर्ने उपायका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा छलफल भएको छ । 

बैठकमा सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले मुग्लिन–नारायणघाट राजपथ आउँदो अप्रिल २०१८ सम्म पूर्णरुपमा सञ्चालनमा आउने तथा यातायातको चाप घटाउन खाली फर्कने मालवाहक ट्रकहरुलाई अन्य वैकल्पिक बाटो मात्र प्रयोग गर्ने व्यवस्था लागू गर्न लागिएको गराए । 

बैठकमा बुद्ध एयरका प्रतिनिधिले काठमाडौं–भरतपुरबीच दैनिक ८/९ वटा र यति एयरलाइन्सले ५/६ वटा उडान गरिरहेको र आवश्यक भएमा उडान थप गर्न सकिने जानकारीका साथै बुद्ध एयरले सेप्टेम्बर १५ देखि भरतपुर–पोखराबीचको उडान थाल्ने जानकारी गराइयो । 

काठमाडौं–चितवन–पोखरा–लुम्बिनीबीचको स्तरीय राजमार्ग पर्यटन उद्योगको विकास र विस्तारका लागि आवश्यक रहेको पक्षलाई दृष्टिगत गरी पर्यटन मन्त्रालयबाट सम्बन्धित निकायहरुसँगको समन्वयमा कार्ययोजना बनाउनुपर्ने पनि बैठकमा छलफल भएको थियो । 

मुग्लिन–नारायणघाट राजमार्गको स्तरोन्नति सम्पन्न नभएसम्म वैकल्पिक राजमार्गरुहको उपयोग बढाउनु पर्ने आवश्यकतालाई मनन गरी फर्पिङ–हेटौंडा र हेटौंडा–दक्षिणकाली राजमार्गलाई एकतर्फी रुपमा सञ्चालन गर्नेलगायत कान्ति लोकमार्ग, त्रिभुवन राजपथ तथा मलेखु भण्डारा भएर जाने बाटोको उपयोग बढाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ । 

होटल संघ नेपाल(हान)को पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजना भएको सो बैठकमा मन्त्रालयका उच्च अधिकारी, सडक विभाग, नागरिक उड्डयन प्राधिकरण, बुद्ध एयर, यति एयरलाइन्सलगायत निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

 

(Visited 146 times, 1 visits today)

टिप्पणी

comments