Main Menu

Monday, July 17th, 2017

 

नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा शपथ तथा पदभार ग्रहण

साउन २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । गत जेठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका पराजुली प्रधानन्यायाधीशमा नियुक्त भएपछि उनले आगामी २०७५ वैशाख १५ गतेसम्म कार्यभार सम्हाल्नेछन् । विसं २०१०पूरा पढ्नुहोस्


समाजवाद

मार्क्सवादका तीन स्रोत र तीन संघटक अंग

(कार्लमार्क्सको दर्शन र समाज विज्ञान आउनुभन्दा अगाडि पनि समाजवादका कुराहरु आइसकेका हुन् । तर, समाजवादसम्बन्धी अगाडिका कल्पनाहरु स्वैर प्रकारका थिए, भावना र इच्छामा मात्र आधारित थिए । मार्क्सवादले समाजवादलाई भौतिक विज्ञानमा आधारित दर्शनद्वारा परिकल्पित गर्यो । त्यसैले मार्क्सवादले परिकल्पना गरेको समाजवादलाई वैज्ञानिक समाजवाद भनियो, जुन बाटो भई मानव समाजले साम्यवादको यात्रा तय गर्दछ । वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूल आधार बनाई संसारमा पहिलो पटक १९१७ अक्टोवरमा महान् लेनिन र बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा सोभियत समाजवादी क्रान्ति सम्पन्न भयो । सोभियत एवं विश्व समाजवादी क्रान्तिलाई सैद्धान्तिक आधार तयार गरेको सिद्धान्त ‘मार्क्सवाद’ निर्माणका मूल पक्षहरु के हुन् ? यसबारे यो भूमण्डलमा प्रथम वैज्ञानिकपूरा पढ्नुहोस्


आफ्नै कलेजो दिँदै बाबुलाई बचाइन् छोरीले

रमेश गिरी साउन २, भक्तपुर । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले शाब्दिक रुपमै चरितार्थ पारेकी छन् । हिजो मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली छोरी सरिताले बाबुआमा पनि कलेजाका टुक्रा हुन् भन्ने भनाइलाई चरितार्थ पारेकी हुन् । “मैले जीवनको आशा मारिसकेको थिएँ, अब बाँच्दिन भन्ने लागेको थियो,” कलेजो प्रत्यारोपणपछि हीराकाजीले भने, “तर छोरीले आफ्नै कलेजो काटेर दिन तयार भइन् । त्यसैले मैले नयाँ जीवन पाएँ, अहिले निकै खुसीपूरा पढ्नुहोस्


ती दिन

कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठको संस्मरण – २

(नेपाली लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलनको इतिहासमा उल्लेख गर्न छुटाउनै नहुने एक नेता बितेका शम्भुराम श्रेष्ठ हुन् । वि.सं.२०६२ सालमा बितेका नेता श्रेष्ठको आन्दोलनमयी जीवनका संस्मरणहरु वर्तमान र भविष्यका परिवर्तनकारी पुस्ताका लागि महत्वपूर्ण छन् । उनको संस्मरणका श्रृङ्खलाहरुमध्ये यो तेस्रो हो । अघिल्लो श्रृङ्खलाको लागि यहाँ क्लिक गर्नुहोला ।–सम्पादक) शम्भुराम श्रेष्ठ गणेशमान सिंह जेलबाट भागेर आउनुभयो वि.सं. २००० तिरको कुरा हो । त्यसको तिथिमिति यकिन भएन । एक दिन राति ३ पनि बजेको थिएन । सूर्यबहादुर भारद्वाजले मेरो घरको ढोकाको खापामा हातको पञ्जाले ढ्याकढ्याक गर्दै ‘शंभुराम, शंभुराम’ भनी मलाई बोलाइरहे । उनले त्यसरी बोलाएको सुनेर म ब्यूँझिए अनि झ्याल खोलेर हेरेंपूरा पढ्नुहोस्


कलम समाउने हातहरुमा धुलो

कलम समाउने हातहरुमा धुलो : पर्सा जिल्लाको गादीमा धुलोसित खेल्दै बालकहरु । सन् २०११ को जनगणनाअनुसार यस गा.वि.स. (अहिले पटेर्वा–सुगौली गाउँपालिकाअन्तर्गत) को साक्षरता ५३.२२ प्रतिशत मात्र छ । तस्बिर ः रसना महर्जन/मूल्याङ्कन अनलाईन


तेन्जिङ नोर्गे – कसरी पुगेका थिए उनी सगरमाथाको चुचुरोमा ? – भाग ३

(सर्वप्रथम विश्वको सर्वोच्च शिखर सगरमाथामा न्युजिल्याण्डका सर एडमण्ड हिलारीसँग नेपाली मान्छे तेन्जिङ नोर्गे शेर्पा पनि सँगै पुगेका थिए । तेन्जिङको त्यस सफलता सम्पूर्ण नेपालीहरुको गर्वको विषय रहँदै आएको छ । जसरी मे २९, १९५३ को दिन बिभिन्न अप्ठ्याराहरु र जोखिमहरु पार गरेर मात्र सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा हिलारी र तेन्जिङ पुगे, त्यसरी नै सगरमाथाको आरोहण गर्ने अवस्थासम्म आइपुग्न उनलाई जीवनका थुपै्र अप्ठ्यारा, जोखिम र मोडहरु पार गर्नुप¥यो । तेन्जिङको जीवन सगरमाथा चढ्नु जतिकै कठिन र रोमाञ्चक देखिन्छ । यसै सन्दर्भलाई लिई ‘नवयुवा मासिक’ को पूर्णङ्क ५९ मा प्रकाशित चन्द्र खाकी र राजेश कोइरालाद्वारा संयुक्त रुपमा रचित रचनाको अन्तिम भाग यहाँ प्रस्तुत गरिन्छ ।पूरा पढ्नुहोस्


विदेशमा गएर ११ वर्षमा कमाएको पैसा सबै चियाखेतीमा, त्यो पनि मोरङमा

गोपालप्रसाद पोखरेल साउन २, पथरी (मोरङ) । चियाको व्यावसायिकखेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गरेको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गरेको चियाखेती हाल ३०० रोपनीमा विस्तार गरिसकेका छन् । गाउँमा व्यावसायिक कामको कुनै सम्भावना नभएका बेला चियाखेतीमा लाखौँ रुपैयाँ खर्चेका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउँछन् । वैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उनले चियाखेतीमा लगाएका छन् । नारायणले ६ लाख बिरुवाको चिया नर्सरी राखेकापूरा पढ्नुहोस्


एएफसी च्याम्पिपयनसिप–नेपाल र उज्वेकिस्तान आज भिड्ने

  साउन २, काठमाडौँ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु हुने खेलमा नेपालले विजयी लक्ष्यका साथ उज्वेकिस्तानको सामना गर्नेछ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । तर शनिबार भएको पहिल्लो खेलमा युइर्एसँगको ५–० गोलको फराकिलो अन्तरको हारले छनोट हुने सम्भावना न्यून बनेको छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हासिल गर्न आवश्यकपूरा पढ्नुहोस्


आफू र आफ्नो परिवेशलाई बुझ्ने यात्रा शुरु गरौं – भाग २

(गिरीराजमणि पोखरेल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का एक वरिष्ठ नेता हुन् । केन्द्रीय समितिका कार्यालय सदस्यसमेत रहेका उनी नेपाल सरकारको पटकपटक मन्त्री पनि बनिसके । सरकारमा रहेर स्वच्छ, कुशल, मेहनती र साहसी मन्त्रीका रुपमा छवि बनाएका उनी पार्टी भित्र पनि विचारशील नेताका रुपमा स्थापित छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्व अध्यक्ष पनि रहेका नेता पोखरेल आफ्नो समयका चर्चित विद्यार्थी एवं युवा नेता हुन् । सुरुको नेपाल कम्युनिस्ट पार्टी (चौम)बाट राजनीति सुरु गरेका उनी विभाजन पछिको नेकपा (चौम), नेकपा (एकता केन्द्र), नेकपा (एकता केन्द्र मसाल) र एकीकृत नेकपा (माओवादी) हुँदै हाल नेकपा (माओवादी केन्द्र) मा क्रियाशील छन् ।पूरा पढ्नुहोस्