Main Menu

Saturday, July 15th, 2017

 

राजपा निर्वाचनमा सहभागी हुन तयार छ : राजपा संयोजक ठाकुर

असार ३१, पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताएका छन् । उनले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गरे । राजपा, पर्साले आज पर्साको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा व्यक्त गरे । उनले संविधान संशोधनका लागिपूरा पढ्नुहोस्


साहित्य/ कविता

तुच्छ जीवनको महान् गाथा

यो धर्तीको म जुठे नामको तुच्छ गरीब नाईँ ! म बन्न सक्तिन महान् ! रामप्रसाद शर्मा आम्मै आम्मै ! उनको बाजेको थियो सात गाउँमा लेखोपाखो बिर्ता दुई बीस हिउँद–वर्षा मेरा बाउले उनकै घरमा काटेथे हलीको जुनी तर कत्ति त्यागी मान्छे ! छाडिदिए त्यस्तो लेखोपाखो अरुका लागि अमर हुने नै भयो उनको कथा म त रामप्रसाद शर्मा होइन म बन्न सक्तिन महान् । हिक्मतसिंह ठकुरी लौन ! लौन ! उनको बाउको तीस गाउँमा कस्तो थियो रवाफ मेरो घरमा मूत गन्हाउने थाङ्नो थिएन उनी घोडा छाडेर पात्तिंदै गर्थे रैतीका काँधमा ढलीमली तर अचम्मकै भलाद्मी ! त्यागिदिए त्यत्रो हालहुकुम अरुका लागि चल्ने नैपूरा पढ्नुहोस्


माघ ७ गतेभित्र बाँकी सबै चुनाव सम्पन्न गर्नुपर्छ– नारायणकाजी

असार ३१, कीर्तिपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आगामी २०७४ माघ ७ गतेभित्र बाँकी सबै चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीका सदस्य बितेका नवीन महर्जनको सम्झनामा आज कीर्तिपुरमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमलाई सम्वोधन गर्दै नेता प्रकाशले उक्त बिचार व्यक्त गरेका हुन् । उनले भने, “ अहिले यदाकदा हल्ला सुन्न थालिएको छ, व्यवस्थापिकाको अवधि थप्ने, अर्को एक वर्ष बढाउने भनेर कताकता संचार माध्यमहरुमा चर्चा चल्न थालेको देखिन्छ, पार्टीको तर्फबाट म भन्न चाहन्छु, यो कुनै पनि कोणबाट उपयुक्त हुँदैन । र, हामी ०७४ साल मंसिर भित्रै बाँकी रहेका सबै चुनावपूरा पढ्नुहोस्


मध्यपुरथिमिमा जीवित संग्रहालय स्थापना गरिने

असार ३१, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले यहाँको कलासंस्कृतिलाई एकीकृत गरी नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गर्नेलगायत नीति तथा कार्यक्रम अघि सारेको छ । आफ्नो प्रथम नगर परिषद् शुक्रबारदेखि शुरु गर्दै मध्यपुरथिमि नगरपालिकाले यस्तो कार्यक्रमको अवधारणा ल्याएको हो । अाव २०७४/७५ का लागि नीति, बजेट तथा कार्यक्रम हिजो सार्वजनिक गर्ने क्रममा मध्यपुरथिमि नगरपालिकाले रु ७३ करोड ९८ लाख ८९ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले रु १७ करोड ६५ लाखको चालु खर्च र रु ५६ करोड ३३ लाखको पूँजीगत खर्च गर्ने गरी बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे । परिषद्ले सांस्कृतिक तथा सम्पदायुक्त घना बस्तीको संरक्षण गर्ने, मनोहरापूरा पढ्नुहोस्


अब सिरहा अस्पतालभित्रै औषधी पाइने

    असार ३१, लहान । सिरहा अस्पतालभित्र शुक्रबारदेखि अस्पताल औषधालय सेवा सञ्चालनमा आएको छ । बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि बिक्रीवितरण गर्ने उद्देश्यले अस्पतालले सो सेवा सञ्चालनमा ल्याएको हो । प्रत्येक अस्पतालले आफ्नै हाताभित्र औषधालय सञ्चालन गर्नुपर्ने सरकारको नीतिअनुसार सञ्चालन गरिएको औषधालयबाट अस्पतालमा निःशुल्क पाइने औषधिबाहेक अन्य औषधिको मूल्यमा ५ देखि ५० प्रतिशतसम्म छुट दिई औषधि बिक्रीवितरण गरिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । करिब रु. ३ लाखको लागतमा सञ्चालन गरिएको औषधालयमा अस्पतालमा निःशुल्क दिइने औषधिबाहेक ७५ प्रकारको औषधि रहेको जानकारी दिँदै मेसु डा. दासले औषधिको प्रकार अझ थप्दै जाने बताए । यसैबीच अस्पताल औषधालय उद्घाटनकोपूरा पढ्नुहोस्


रसुवागढी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सम्पन्न

असार ३१, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका इ. नागेन्द्र ज्ञवालीका अनुसार १ सय ११ मेगावाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ । भूकम्पपछि २०७३ मंसिर १५ गतेदेखि पुनः काम शुरु भएको सबै निर्माणको कामअन्तर्गत मजदुरले राति पनि आलोपालो गरी पहराको चट्टान फुटाउने काम गरेको तथा आवश्यक पेट्रोलियम पदार्थ र निर्माण सामग्री वर्षायाम अगावै आयोजना निर्माणस्थलमा पुर्याइसकिएको ज्ञवालीले जानकारी दिए । अबको २ वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत् उत्पादन भई आयोजनाबाट वार्षिक रु.पूरा पढ्नुहोस्


वडाध्यक्षले आफ्नो ५ वर्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गलाई दिने

  असार ३०, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफ्नो ५ वर्षको कार्यकालमा सरकारबाट प्राप्त हुने तलब वडामै वितरण गर्ने घोषणा गरेका छन् । भीमदत्तनगरपालिका–१ बाराकुण्डास्थित वडा समितिको कार्यालयमा हिजो बसेको पहिलो बैठकमा वडाध्यक्ष कुँवरले ५ वर्षसम्मको तलब वडाका ७५ वर्षभन्दा माथिका वृद्धवृद्धा र पूर्ण अपाङ्गलाई दामासाहीले वितरण गर्ने घोषणा गरे । घोषणासँगै उनले वडासचिव प्रेमबहादुर विष्टलाई ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको लगत संकलन गर्न निर्देशनसमेत दिए । आफूले मासिक पाउने रु. २० हजार वितरण गर्नका लागि निर्देशिका बनाइने उनको भनाइ छ । “म यहीँका नागरिकको सहयोगामा वडाध्यक्षको कुर्चीमा पुग्नुका साथै तलब लिने मान्छे भएँ,”पूरा पढ्नुहोस्