Main Menu

अब सिरहा अस्पतालभित्रै औषधी पाइने

 

 

siraha-hospital-pharmacy-startedअसार ३१, लहान । सिरहा अस्पतालभित्र शुक्रबारदेखि अस्पताल औषधालय सेवा सञ्चालनमा आएको छ ।

बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि बिक्रीवितरण गर्ने उद्देश्यले अस्पतालले सो सेवा सञ्चालनमा ल्याएको हो । प्रत्येक अस्पतालले आफ्नै हाताभित्र औषधालय सञ्चालन गर्नुपर्ने सरकारको नीतिअनुसार सञ्चालन गरिएको औषधालयबाट अस्पतालमा निःशुल्क पाइने औषधिबाहेक अन्य औषधिको मूल्यमा ५ देखि ५० प्रतिशतसम्म छुट दिई औषधि बिक्रीवितरण गरिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

करिब रु. ३ लाखको लागतमा सञ्चालन गरिएको औषधालयमा अस्पतालमा निःशुल्क दिइने औषधिबाहेक ७५ प्रकारको औषधि रहेको जानकारी दिँदै मेसु डा. दासले औषधिको प्रकार अझ थप्दै जाने बताए ।

यसैबीच अस्पताल औषधालय उद्घाटनको अवसर पारेर शुक्रबारै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन सिरहाले अस्पताल परिसरभित्र विभिन्न जातका २०० थान बिरुवा वृक्षरोपण गरेको छ ।

सो अवसरमा रुद्राक्ष, अशोक, धुपी, सल्ला, समी, गुलमोहरलगायत बिरुवा रोपिएकोआधिकारिक ट्रेड युनियन सिरहाका अध्यक्ष अमरेन्द्रप्रसाद यादवले जानकारी दिए ।

(Visited 137 times, 1 visits today)

टिप्पणी

comments