Main Menu

रसुवागढी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सम्पन्न

rasuwagadhi-hydropower-40-percent-complete

असार ३१, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाका इ. नागेन्द्र ज्ञवालीका अनुसार १ सय ११ मेगावाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ ।

भूकम्पपछि २०७३ मंसिर १५ गतेदेखि पुनः काम शुरु भएको सबै निर्माणको कामअन्तर्गत मजदुरले राति पनि आलोपालो गरी पहराको चट्टान फुटाउने काम गरेको तथा आवश्यक पेट्रोलियम पदार्थ र निर्माण सामग्री वर्षायाम अगावै आयोजना निर्माणस्थलमा पुर्याइसकिएको ज्ञवालीले जानकारी दिए ।

अबको २ वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत् उत्पादन भई आयोजनाबाट वार्षिक रु. ३.५ अर्ब आय हुने अनुमान गरिएको प्रविधिज्ञले बताएका छन् ।

४ हजार २०० मिटर लामो सुरुङसहित सबै संरचना भूमिगत भएकाले भूक्षय, बाढीपहिरो र भूकम्पले कुनै असर नगर्ने बताइएको छ । आयोजना सम्पन्न गर्न लागत अनुमान रु. १३ अर्ब ६४ करोड रहे पनि तुलनात्मक रुपमा केही प्रतिशत बढ्न सक्ने आयोजनाले जनाएको छ ।

(Visited 114 times, 1 visits today)

टिप्पणी

comments