Main Menu

मध्यपुरथिमिमा जीवित संग्रहालय स्थापना गरिने

live-museum-madhyapur-thimiअसार ३१, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले यहाँको कलासंस्कृतिलाई एकीकृत गरी नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गर्नेलगायत नीति तथा कार्यक्रम अघि सारेको छ ।

आफ्नो प्रथम नगर परिषद् शुक्रबारदेखि शुरु गर्दै मध्यपुरथिमि नगरपालिकाले यस्तो कार्यक्रमको अवधारणा ल्याएको हो ।

अाव २०७४/७५ का लागि नीति, बजेट तथा कार्यक्रम हिजो सार्वजनिक गर्ने क्रममा मध्यपुरथिमि नगरपालिकाले रु ७३ करोड ९८ लाख ८९ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले रु १७ करोड ६५ लाखको चालु खर्च र रु ५६ करोड ३३ लाखको पूँजीगत खर्च गर्ने गरी बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

परिषद्ले सांस्कृतिक तथा सम्पदायुक्त घना बस्तीको संरक्षण गर्ने, मनोहरा र हनुमन्ते खोलाको अतिक्रमण रोकी हरियाली क्षेत्रसहितको चक्रपथ निर्माण गर्ने, कलासंस्कृतिलाई एकीकृत गरी नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गर्नेलगायत नीति तथा कार्यक्रम अघि सारेको छ ।

त्यस्तै, जिल्लाकै चाँगुनारायण नगरपालिकाले पनि आव ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाले स्थानीय सरकारको झल्को दिने शैलीमा आफ्नो नगर परिषद् सञ्चालन गरेको छ । ‘सुशासनयुक्त, सक्षम, समृद्ध स्थानीय सरकारः पर्यटन, संस्कृति, सम्पदा चाँगुनारायणको आधार’ भन्ने नाराका साथ शुरु भएको परिषद्मा नगर प्रमुख सोम मिश्रले रु. ५७ करोड १२ लाख २८ हजारको बजेट सार्वजनिक गरे ।

परिषद्ले एक वर्षभित्र आफ्नै भवन निर्माण गर्ने, पर्यटकीय क्षेत्रमा इलाइब्रेरी र फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रका सडक सञ्जालमा सबै नगरवासीको पहुँच पुर्याउनेलगायत कार्यक्रम अघि सारेको छ ।

(Visited 119 times, 1 visits today)

टिप्पणी

comments