Main Menu

Tuesday, July 11th, 2017

 

अभिलेख/अन्तर्वार्ता

समाजवादीहरुले पुँजी र श्रमको व्यापक संघर्षको बाटो देखाएका छन् – कार्ल मार्क्स

(गत हप्ताको मंगलबार हामीले सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा लिएको अन्तरवार्ताको पहिलो भाग प्रस्तुत गरेका थियौँ । आज हामी सोही अन्तरवार्ताको दोस्रो तथा अन्तिम भाग यहाँ प्रस्तुत गर्दछौँ । पहिलो भागको लागि यहाँ क्लिक गर्नुहोस्  – सम्पादक) संवाददाता : त्यो उद्देश्य भनेको के मजदुरवर्गको प्रभुत्व कायम गर्नु हो ? डा. मार्क्स : होइन हजूर । त्यो उद्देश्य हो – मजदुरवर्गको मुक्ति । संवाददाता : के यूरोपका समाजवादीहरु अमेरिकी मजदुर आन्दोलनलाई महत्वपूर्ण मान्दछन् ? डा. मार्क्स : हो हजूर । अमेरिकी मजदूर आन्दोलन त्यो देशको विकासको स्वाभाविक परिणाम हो । के पनि भनिन्छ भनेपूरा पढ्नुहोस्


मर्स्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख

  असार २७, बेँसीशहर (लमजुङ) । मर्स्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गरेको उक्त बजेटमा गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु. १७ करोड ५७ लाख ३८ हजार, सशर्त अनुदानमा रु. ११ करोड ८४ लाख चार हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समनीकरण अनुदान रु. १८ लाख १२ हजार र आन्तरिक आयतर्फ कर, सेवा शुल्क र दस्तुरसमेतबाट रु. १५ लाख उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्तातर्फ रु. ७ करोड ९० लाख ३२पूरा पढ्नुहोस्


दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घोषित

thirty-one-parties-jhapa-2nd-phase

  असार २७, काठमाडौँं । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । सोअनुसार नेकपा(एमाले) १५१, नेपाली काँग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम नेपाल ८, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा ४ र राष्ट्रिय जनमोर्चाका २ उम्मेदवार प्रमुख/अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख/अध्यक्षमा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख/अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, काँग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् । उपप्रमुखपूरा पढ्नुहोस्


दुई-तिहाइ नजुटे संविधान संशोधन प्रस्ताव थाती राखिने

प्रकाश सिलवाल असार २७, काठमाडौँ । संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज ठोस सहमति नभएपछि दुई-तिहाइ जुट्न सक्ने अवस्था नभएमा हाल प्रस्ताव थाती राखिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ठोस सहमति नभएपछि सो संशोधन प्रस्ताव स्थानीय निकाय निर्वाचनको तेस्रो चरणपछि धकेलिने देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सबै तहको निर्वाचन (आगामी मङ्सिर)पछि मात्र संविधान संशोधन विधेयक अघि बढाउन प्रस्ताव गरेपछि त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपालसँग थप वार्ता गरेर सत्ता पक्ष निष्कर्षमा पुग्ने भएको छ । आजको छलफल संशोधन विधेयक मतदानमा लाने, हाल थातीपूरा पढ्नुहोस्


सुत्केरीलाई पोषणदेखि निःशुल्क स्वास्थ्य बीमा

असार २७, नवलपरासी । सुनवल नगरपालिकाका सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क fr बीमा उपलब्ध गराइने भएको छ । नगरपालिकाको सम्पन्न पहिलो बैठकले ‘सुत्केरी स्याहार पोषण’ बापत रु. २ हजार सहित निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो । नगर प्रमुख भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले रकम पाउनका लागि ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने प्रावधान राखिएको छ । बैठकबाट निर्णय भएको उक्त सुविधा नगर परिषद्ले पास गरेपछि तत्काल लागू हुनेछ । त्यसैगरी नगर क्षेत्रमा रहेका सुत्केरी, ज्येष्ठ नागरिक र असहायको निःशुल्क स्वास्थ्य बीमा गर्नका लागि प्रक्रिया अघि बढाउन उपप्रमुख दधीराम अर्यालको संयोजकत्वमा पाँच सदस्यीय ‘स्वास्थ्य बीमा अध्ययन समिति’ गठन गरिएको छ ।पूरा पढ्नुहोस्


नवलपरासीका ६ सामुदायिक विद्यालय नमुना विद्यालयमा छनोट

  असार २७, नवलपरासी । नवलपरासीका ६ वटा सामुदायिक विद्यालय नमुना विद्यालयका रूपमा छनोट भएका छन् । जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका ६ वटा विद्यालय छनोट भएका हुन् । नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन् । हरेक नमूना विद्यालयले २०० विद्यार्थीलाई पुग्ने गरी आवासीय सुविधासहितको भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने छन् । ती विद्यालयलाई शिक्षा मन्त्रालयले हालै नमूना विद्यालयपूरा पढ्नुहोस्


बितेका पिताको सम्झनामा स्वास्थ्य चौकीलाई एक रोपनी जग्गादान

  असार २७, इलाम । इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेको छ । पुवामझवा मुढेका रामबहादुर राईले बितेका पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य चौकीलाई करिब रू. १ लाख मूल्य पर्ने एक रोपनी जग्गा दान दिएका हुन् । गाउँघर क्लिनिक सञ्चालनका लागि भवनलगायतका संरचना निर्माण गर्न राईले मुढेमा रहेको एक रोपनी जग्गा सोमबार पुवामझुवा स्वास्थ्य केन्द्रको नाममा रजिष्ट्रेशन पास गरिदिएको स्वास्थ्य चौकीका अहेब तेजबहादुर सोडारीले जानकारी दिए ।


झापामा बाढीका कारण २७७ घर जोखिममा

  असार २७, बनियानी (झापा) । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण ५ सय मिटर कटान गरेर बस्तीमा पस्न लागेको छ । खोला बस्तीमा पस्ने सम्भावना बढेसँगै त्यहाँ रहेका १५० घर जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सो स्थानको निरीक्षणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । त्यस्तै मेची नदीमा पानीको बहाव बढेपछिपूरा पढ्नुहोस्


ज्यानकै बाजी लगाएर हिँड्नकै लागि पनि पैसा तिर्नुपर्ने

हेमन्त केसी असार २७, जाजरकोट । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला । तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ । पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे रु. २०० देखि रु. ५०० सम्म रकम स्थानीयलाई बुझाउन यो बाटोमा हिँड्ने यात्रु बाध्य छन् । साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका स्थानीयबासी रकम तिरेरै पनि यो बाटोमा कष्टकर यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि गर्ने गरेका छन् । नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्नका लागि सडक निर्माण कार्यमा ढिलासुस्ती भएपछि यहाँका स्थानीय बाटो नहुँदापूरा पढ्नुहोस्


बाढी गाउँ पस्न थालेपछि मिक्लाजुङवासी भयभीत

सुमन घिमिरे असार २७, उर्लाबारी (मोरङ) । नुनसरी बक्राहा खोलामा वर्षासँगै आएको बाढीले मानव बस्तीसँगै खेतीयोग्य जमिन कटान गर्न थालेपछि मोरङको मिक्लाजुङवासी त्रसित बनेका छन् । गत वर्षको असारमा बस्तीतिर पसेको बक्राहाको बाढी रोक्न तटबन्ध निर्माण हुन सकेको छैन । बाँध फुटाएर बस्तीमा पस्दा बक्राहाको बाढीले सो गाउँपालिकाको साविक मधुमल्ला गाविसका ५०० परिवार विस्थापित भएका थिए । केही दिनयता वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीयवासी झनै त्रसित बनेका छन् । गत वर्ष बाढीले मिक्लाजुङ–६ को बेतेनी र धप्पर टोल गरेर दुई स्थानमा बाँध फुटाएको थियो । धप्पर टोलमा करिब ७०० मिटर फुटाएको बाँध निर्माण भएता पनि सोही वडाको बेतेनीमापूरा पढ्नुहोस्