Main Menu

सुत्केरीलाई पोषणदेखि निःशुल्क स्वास्थ्य बीमा

free-insurance-postnatal-momअसार २७, नवलपरासी । सुनवल नगरपालिकाका सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क fr बीमा उपलब्ध गराइने भएको छ ।

नगरपालिकाको सम्पन्न पहिलो बैठकले ‘सुत्केरी स्याहार पोषण’ बापत रु. २ हजार सहित निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले रकम पाउनका लागि ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने प्रावधान राखिएको छ । बैठकबाट निर्णय भएको उक्त सुविधा नगर परिषद्ले पास गरेपछि तत्काल लागू हुनेछ ।

त्यसैगरी नगर क्षेत्रमा रहेका सुत्केरी, ज्येष्ठ नागरिक र असहायको निःशुल्क स्वास्थ्य बीमा गर्नका लागि प्रक्रिया अघि बढाउन उपप्रमुख दधीराम अर्यालको संयोजकत्वमा पाँच सदस्यीय ‘स्वास्थ्य बीमा अध्ययन समिति’ गठन गरिएको छ ।

नगर क्षेत्रमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै वितरण हुन रोकिएका जग्गाधनी पूर्जाको अध्ययन गरी वितरणको व्यवस्था मिलाउन उपप्रमुख अर्यालको संयोजकत्वमा जग्गा व्यवस्थापन अध्ययन समिति पनि गठन गरिएको छ ।

यसअघि जिल्लामा गठन भएको मनसोबा सुकुम्बासी समस्या समाधान आयोगले वितरण गरेका करिब ६ हजार बढी जग्गाधनी पूर्जा अख्तियारमा मुद्दा परेपछि वितरण हुन सकेको छैन ।

बैठकले एक महिनाभित्र सबै वडामा कार्यालय स्थापना गर्ने, बालमैत्री नगर क्षेत्र विस्तार गर्ने र जग्गा प्लटिङ र नक्शा पास न्यूनतम मापदण्ड पूरा गरेर लागू गर्ने निर्णय गरेको छ ।

(Visited 131 times, 1 visits today)

टिप्पणी

comments