Main Menu

नवलपरासीका ६ सामुदायिक विद्यालय नमुना विद्यालयमा छनोट

 

असार २७, नवलपरासी । नवलपरासीका ६ वटा सामुदायिक विद्यालय नमुना विद्यालयका रूपमा छनोट भएका छन् ।

जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका ६ वटा विद्यालय छनोट भएका हुन् ।

नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन् ।

हरेक नमूना विद्यालयले २०० विद्यार्थीलाई पुग्ने गरी आवासीय सुविधासहितको भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने छन् ।

ती विद्यालयलाई शिक्षा मन्त्रालयले हालै नमूना विद्यालय घोषणा गरेको हो ।

(Visited 180 times, 1 visits today)

टिप्पणी

comments