Main Menu

बितेका पिताको सम्झनामा स्वास्थ्य चौकीलाई एक रोपनी जग्गादान

 

असार २७, इलाम । इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेको छ ।

पुवामझवा मुढेका रामबहादुर राईले बितेका पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य चौकीलाई करिब रू. १ लाख मूल्य पर्ने एक रोपनी जग्गा दान दिएका हुन् ।

गाउँघर क्लिनिक सञ्चालनका लागि भवनलगायतका संरचना निर्माण गर्न राईले मुढेमा रहेको एक रोपनी जग्गा सोमबार पुवामझुवा स्वास्थ्य केन्द्रको नाममा रजिष्ट्रेशन पास गरिदिएको स्वास्थ्य चौकीका अहेब तेजबहादुर सोडारीले जानकारी दिए ।

(Visited 101 times, 1 visits today)

टिप्पणी

comments