Main Menu

मर्स्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख

 

marsyangdi-village-council-budgetअसार २७, बेँसीशहर (लमजुङ) । मर्स्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गरेको उक्त बजेटमा गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु. १७ करोड ५७ लाख ३८ हजार, सशर्त अनुदानमा रु. ११ करोड ८४ लाख चार हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समनीकरण अनुदान रु. १८ लाख १२ हजार र आन्तरिक आयतर्फ कर, सेवा शुल्क र दस्तुरसमेतबाट रु. १५ लाख उल्लेख छ ।

यस्तै सामाजिक सुरक्षा भत्तातर्फ रु. ७ करोड ९० लाख ३२ हजार, रजिष्ट्रेशन शुल्क बाँडफाँडबाट रु. १० लाख, राजस्व बाँडफाँडबाट प्राप्त रु. २० लाख आय अनुमान गरिएको छ ।

गाउँ सभाबाट चालू खर्चतर्फ गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु. ४ करोड ७६ लाख, आन्तरिक आयबाट रु. २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु. ७ करोड ९० लाख ३२ हजार र सशर्त अनुदानतर्फ रु. १० करोड ४ लाख ७० हजार व्यय अनुमान गरिएको छ ।

यसैगरी पूँजीगत खर्चतर्फ गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु. १३ करोड ४७ लाख ५० हजार, आन्तरिक आयबाट रु. २५ लाख र सशर्त अनुदानतर्फ रु. १ करोड ७९ लाख ३४ हजार अनुमान गरिएको छ ।

(Visited 138 times, 1 visits today)

टिप्पणी

comments