Main Menu

दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घोषित

 

local-election-2nd-phase-results-announcedअसार २७, काठमाडौँं । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ ।

सोअनुसार नेकपा(एमाले) १५१, नेपाली काँग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम नेपाल ८, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा ४ र राष्ट्रिय जनमोर्चाका २ उम्मेदवार प्रमुख/अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।

दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख/अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, काँग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १७५, काँग्रेस १०४, माओवादी केन्द्र ३८, समाजवादी फोरम ७, लोकतान्त्रिक फोरम ६ तथा जनमोर्चा र राप्रपाका २-२ उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

दोस्रो चरणका ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

(Visited 112 times, 1 visits today)

टिप्पणी

comments