Main Menu

Sunday, July 2nd, 2017

 

सप्तरीमा बाढीबाट डुबान, एक सशस्त्र प्रहरी हबलदारको मृत्यु

  असार १८, राजविराज । विगत दुई दिनदेखि अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीको एक दर्जन गाउँ डुबानमा परेको छ । साथै बाढीमा परेर सशस्त्र प्रहरी हबलदारको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामआधार यादवका अनुसार पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु भएको हो । त्यस्तै, बाढीले बगाएर ल्याएको सढेगलेको एक लास पनि फेला परेको प्रहरीले जनाएको छ । सप्तरीमा दुई दिन लगातार परेको अविरल वर्षाले खाडो, त्रियुगालगायतका नदीमा आएको बाढीले राजविराज नगरपालिकाको दुईवटा वडासहित एक दर्जन गाउँ डुबानमा परेको हो ।पूरा पढ्नुहोस्


प्रेरक प्रसङ्ग

चाओ एन–लाईले नयाँ लुगा लगाउनै मान्नुभएन

लङ्गमार्चको दौरानमा हामीहरु वाओयो पाओ पुग्यौँ । त्यहाँका लाल सेना र क्रान्तिकारी जनसमुदायले हामीहरुलाई बस्नको लागि एउटा गुफाको बन्दोवस्त गरिराखेका थिए । हामीहरु त्यो गुफामा गएर आराम गर्यौं । गुफा एकदमै ठूलो फैलिएको र उज्यालो थियो । गुफाभित्र माटोका खाटहरु पनि बनेका थिए । हामीहरु त्यहाँ निकै आनन्दसंग सुत्न सक्यौँ । त्यहाँ हामीलाई निक्कै राम्रो खानाको पनि प्रबन्ध गरिएको थियो । कहिलेकाहिँ त सुंगुरको मासु पनि खान पाइन्थ्यो । त्यहाँ पुगेको केही दिनपछि नै सेनाको सैनिक विभागले भुवादार कपडा र जुत्ताहरु हामीलाई दियो । त्यस्तो लुगा मैले कहिल्यै लगाएको थिइँन । पहिलोपटक त्यो लुगा लगाउँदा त मलाई अप्ठ्यारो लाग्यो ।पूरा पढ्नुहोस्


खुला दिसामुक्तमा अब हिमालपारिको जिल्ला मनाङ पनि

  असार १८, लमजुङ (बेसीसहर) । हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमबीच जिल्लालाई ३९ औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ४ गाउँपालिका रहेको मनाङमा १ हजार २७५ घरधुरीमध्ये १ हजार २६५ घरधुरीमा शौचालय निर्माण भएसँगै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ९० प्रतिशत शौचालय निर्माण भएमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने प्रावधानअनुसार मनाङका ९९.६२ प्रतिशत घरमा शौचालय निर्माण भएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । मनाङमा २०६८ सालदेखि खुला दिसामुक्त तथा सरसफाइ अभियान सुरु गरिएको थियो । स्थानीय तह पुनःसंरचनापछि भने खुला दिसामुक्त घोषणा हुने नेपालकै पहिलो जिल्ला मनाङपूरा पढ्नुहोस्


अमेरिकाको लिटिल रकस्थित रात्रि क्लवमा गोली चल्दा १७ घाइते

  असार १७, लिटिल रक (संयुक्त राज्य अमेरिका) । संयुक्त राज्य अमेरिकाको लिटिल रकस्थित एक रात्रिक्लवमा शनिबार विहानीपख भएको आक्रमणमा १७ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ । शहरको प्रहरी प्रमुख केन्टन बकनरले अमेरिकी अधिकारीले घटनामा धेरै जनाको समूहको संलग्नता रहेको भएपनि यसमा आतङ्ककारी समूहको सम्लग्नता भएको हुनसक्ने कुरालाई अस्वीकार गरेका छन् । पावर अल्ट्रा लज नाम गरेको क्लव राज्यको राजधानीभन्दा करिब डेढ किलोमिटर टाढा भएको र कन्सर्टमा दुई समूहवीच भएको भडपले उग्ररूप लिँदा भएको प्रहरीको दावी छ । घटनामा घाइतेमध्ये सवैजना खतरामुक्त रहेको पनि प्रहरीले ट्वीटरमार्फत जनाएको छ ।


यमनमा हैजाको प्रकोप, अप्रिलयता मृत्यु हुनेको संख्या १५०० पुग्यो

  असार १७, साना (यमन) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या १ हजार ५०० पुगेको बताएको छ । डब्लुएचओले हैजाका कारण यमनभर करिब २ लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ । यमनस्थित डब्लुएचओ प्रतिनिधि डा. नेभिओ जागरियाले सानामा शनिबार एक पत्रकार सम्मेलन गरी यमनमा हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या दोस्रोपटक फैलिएको प्रकोपको सुरुवाती दिनको तुलनामा अहिले दैनिक दश गुनाले बढेको बताए । दुई हप्ता पहिले डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त प्रकोपका कारण १ हजार ३०० जनाको मृत्यु भएको र करिब २ लाख शङ्कास्पद बिरामी देखापरेको बताइएको थियो । साउदीपूरा पढ्नुहोस्