Main Menu

यमनमा हैजाको प्रकोप, अप्रिलयता मृत्यु हुनेको संख्या १५०० पुग्यो

 

yemen-cholera-epidemic-1500-deadअसार १७, साना (यमन) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या १ हजार ५०० पुगेको बताएको छ ।

डब्लुएचओले हैजाका कारण यमनभर करिब २ लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ ।

यमनस्थित डब्लुएचओ प्रतिनिधि डा. नेभिओ जागरियाले सानामा शनिबार एक पत्रकार सम्मेलन गरी यमनमा हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या दोस्रोपटक फैलिएको प्रकोपको सुरुवाती दिनको तुलनामा अहिले दैनिक दश गुनाले बढेको बताए ।

दुई हप्ता पहिले डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त प्रकोपका कारण १ हजार ३०० जनाको मृत्यु भएको र करिब २ लाख शङ्कास्पद बिरामी देखापरेको बताइएको थियो ।

साउदी अरब नेतृत्वको दुई वर्ष लामो यमनी हुथी समूहविरुद्धको अभियानमा व्यापक भौतिक संरचनाको क्षति भएको र औषधिलगायतका आधारभूत सामग्रीको अभाव भएको कारण बिरामीको समयमा उपचार हुन सकेको छैन ।

(Visited 129 times, 1 visits today)

टिप्पणी

comments