Main Menu

Wednesday, July 19th, 2017

 

गोरखा दरबार पुनःनिर्माण सुरु

  साउन ४, गोरखा । वि.सं. २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण थालिएको छ । दरबार भत्काएर जगैदेखि पुनःनिर्माण गर्न लागिएको हो । गोरखा दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलका अनुसार दरबारलाई चारैतिरबाट जस्ता पाताले घेरेर भत्काउन सुरु गरिएको छ । सो कार्यका लागि रु. २० लाख बजेट उपलब्ध भएको उनले बताए । पुरातत्व विभागले जगैदेखि दरबार पुनःनिर्माण गर्न भनेपछि भत्काउन सुरु गरिएको हो । पुरातत्व विभागले पुनःनिर्माणका लागि रु. ५ करोड ५० लाख उपलब्ध गराएको छ । दरबारका मूल पूजारी प्रदीपनाथ योगीले गोरखा दरबारलाई पुनःनिर्माण गरेपछि भावी सन्ततीलाई गोरखाको इतिहासबारेपूरा पढ्नुहोस्


स्याङ्जामा सहकारीद्वारा एम्बुलेन्स सञ्चालन

  साउन ४, वालिङ । स्याङ्जाको वालिङ–१३ झोलुङ्गेमा रहेको हिमाल बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सञ्चालन गरेको छ । ४ वर्ष अगाडि स्थापना भएको सहकारीले साउन १ गतेदेखि सुविधासम्पन्न एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । रु. २५ लाख मूल्यको उक्त एम्बुलेन्सलाई नेपाल सरकारले शतप्रतिशत राजस्व छुट गर्दा रु. ९ लाख ५० हजार लागेको छ । “सहकारीबाट अपाङ्ग, असहाय, अतिविपन्न तथा संस्थाका शेयर सदस्यलाई एम्बुलेन्स भाडामा १० प्रतिशत छुटको व्यवस्था मिलाएका छौँ”, सहकारीका अध्यक्ष विष्णुप्रसाद गैह्रेले भने, “अब संंस्थाको कार्यक्षेत्र भित्रका जो कोहीले पनि सेवा लिन सक्नेछन् ।” सहकारीको कार्यक्षेत्र ग्रामीण इलाकामा पर्ने भएकाले पनि आवश्यक परेका बेला एम्बुलेन्स सेवापूरा पढ्नुहोस्


तानसेन नगरपालिकामा सडकवर्ष मनाइने, प्रत्यक वडामा सडक पुर्याइने

  साउन ४, पाल्पा । पाल्पाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले तानसेनका प्रत्येक वडामा सडक सञ्जालले जोडिने बताएका छन् । १४ वटा वडामा सहजरुपमा यातायातको पहुँच विस्तार गर्ने काम यस आवमा नै हुने शाहीले बताए । “यो वर्ष सडकवर्षका रुपमा मनाउने छौँ । विकासका लागि सडक बनाउनुपर्छ । नगरभित्रका वडामा कच्ची सडक सञ्जालले जोड्नेछौँ । यो आवमा सके १०० नसके पनि ९० प्रतिशत सडकको काम हुनेछ,” शाहले भने, “पाल्पाको तानसेन नगरपालिकाको दमकडामा आधुनिक बस्ती विस्तार हुनेछ ।” नवनिर्वाचित शाहीले पाल्पाको तानसेनमा पत्रकार सम्मेलनमा पहाडी जिल्ला पाल्पाको लेकमा बस्ती विस्तारको लागि पहिलो चरणमा सर्वेक्षण हुनेछ । पाल्पाको सडक चारदेखि छ लेनसम्मकोपूरा पढ्नुहोस्


स्मार्ट सिटी बनाउन ९ नगर छलफलमा, के हो स्मार्ट सिटी ?

पेमा लामा साउन ४, धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख/उपप्रमुख गरी ९ वटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आयोजना गरेको उक्त छलफलमा सहभागी हुन प्रमुख/उपप्रमुख काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित सूचना–प्रविधि पार्कमा भेला भएका थिए । स्थानीय तह निर्वाचनका बेलामा सबै राजनीतिक दल र त्यसका प्रतिनिधिले आफ्नो घोषणा पत्रमा स्मार्ट सिटी बनाउने भन्ने विषयमा उल्लेख गरिएको भएपनि वास्तवमा स्मार्ट सिटी के हो र कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने विषयमा सहज बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको काठमाडौँपूरा पढ्नुहोस्


डब्लुएफपीले कुहिएको खाद्यान्न नष्ट गर्ने

  साउन ३, गोरखा । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरखाको उहिया र सिर्दिवासका बासिन्दालाई खान मिल्ने खाद्यान्न मात्रै वितरण गर्ने प्रतिबद्धता जनाएको छ । उहिया र सिर्दिवासको गोदाममा रहेका ५० बोरा खाद्यान्न (दाल, चामल) कुहिएको भेटिएको थियो । स्थानीय तह निर्वाचनको आचारसंहिताले गर्दा समयमै खाद्यान्न वितरण गर्न नसक्दा केही परिमाण खाद्यान्न बिग्रिएको भन्दै डब्लुएफपीको सञ्चार अधिकृत सीतास्मा थापाले राम्रो खाद्यान्न मात्रै वितरण गर्दै आएको दाबी गरेकी छन् । हिजो गोरखा सदरमुकाममा पत्रकारसम्मेलन गर्दै थापाले कुहिएको र भुसुना लागेको दाल, चामल स्थानीय बासिन्दालाई वितरण नगर्ने बताइन् । “सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा पानीले भिजेर केही बोरा खाद्यान्न बिग्रिएको छपूरा पढ्नुहोस्


एक वर्षमा २५ गैँडा मरे, चारवटा मानवीय कारणले

  साउन ४, रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन् । अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका छन् । एउटा गैँडा भने रौतहटमा गोली लागी उपचारका लागि चितवन ल्याइएकोमा पछि मरेको हो । उनले अघिल्लो वर्ष विभिन्न कारणले १५ वटा गैँडा मरेकामा यो वर्ष बढेर २५ वटा पुगेको जानकारी दिए । “यो वर्षपूरा पढ्नुहोस्