Main Menu

Friday, July 21st, 2017

 

संगठनभित्र गुटबन्दी व्याप्त छ, वैचारिक संघर्ष निक्कै कम्जोर छ- नारायणकाजी

साउन ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीभित्र गुटबन्दी व्याप्त भएको, बैचारिक संघर्ष निकै कमजोर भएको र स्वार्थ रक्षा प्रमुख बन्दै गरेको बताएका छन् । नेता प्रकाशले उक्त कुरा पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको केन्द्रीय सचिवालयको विस्तारित बैठकलाई आज सम्वोधन गर्दै बताएका हुन् । उनले भने, ‘माओवादीको दायित्व देशभित्र क्रान्ति र क्रान्तिकारीहरुको रक्षा तथा विकासमा मात्र होइन कम्युनिस्ट आन्दोलनको विश्वव्यापी नेतृत्वसमेत गर्नुपर्ने रहेको छ । तर, अहिले त्यस्तो गर्न सकिएको छैन । हाम्रो जिम्मेवारी माक्र्सवाद, लेनिनवाद एवं माओवादको रक्षा र विकाससमेत गर्नु रहेको छ ।’ नेता श्रेष्ठले बैठकमा यदि हालको स्थितिलाई निरन्तरता दिने हो भनेपूरा पढ्नुहोस्


नेपालद्वारा सिंगापुर २२ रनले पराजित

  साउन ६, काठमाडौँ । सिंगापुरमा जारी १९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ । सिंगापुरको इन्डियन एशोसिएसनको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्त सिंहले २५, युवराज सिंहले १९ र हन्सुल दीपले ३२ रन बनाए । सिंगापुरलाई १४६ रनमा रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । त्यसैगरी किशोर महतो र पवन शर्राफलेपूरा पढ्नुहोस्


राप्रपा संंविधान संशोधनको पक्षमा

साउन ६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिले संविधान संशोधनको पक्षमा समर्थन गर्ने निर्णय गरेको छ । पार्टीको तीन दिनसम्म बसेको बैठकले मुलुकको ७४४ स्थानीय तहका वडा तहसम्म सङ्गठन समायोजन गर्ने निर्णय गर्नुको साथै सरकारमा सहभागिता जनाउने विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ । पार्टीले लिएको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थाको वैचारिक सन्देशलाई हरेक वडा, क्षेत्रमा पुर्याउन नसक्दा पार्टीले अहिलेको चुनावमा पराजय भोग्नुपरेकाले विभिन्न राजनीतिक गतिविधि अभियानका रुपमा सञ्चालन गर्ने जनाएको छ । बैठकले मुलुकमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको चित्र अङ्कित गर्न माग गरेको छ । बैठकमा अध्यक्ष कमल थापालेपूरा पढ्नुहोस्


मिलापत्रमै सीमित हुन्छ छुवाछुतका मुद्दा

  राजु विश्वकर्मा साउन ६, लहान । पानी छोएको निहुँमा सिरहाको मिर्चैया नगरपालिका– ९ अँधेरीकी २६ वर्षीया शोभा विश्वकर्मा गत वैशाख २६ गते गैर दलित महिलाको कुटपिटबाट पीडित भइन् । गाउँको सार्वजनिक इनारमा पानी भर्न गएकी शोभालाई स्थानीय अरिमान तामाङ र लीलामाया तामाङले कुटपिट गरेकाले भोलिपल्टै शोभाले मिर्चैया इलाका प्रहरी कार्यालयमा तामाङद्वय विरुद्ध लिखित जाहेरी दिइन् । प्रहरीले लीलामायालाई पक्राउ पनि गरे । तर जाहेरी दर्ता नगरी उक्त घटना सामाजिक घटना भएकाले समाजमै बसेर मिलाउनुपर्छ भन्दै दुबैपक्षका साक्षी बोलाएर पक्राउ परेकी लीलामायालाई अब उप्रान्त यस्ता घटना नगर्ने सर्तमा छाडेर मिलापत्र गराइयो । प्रहरीले मिलापत्र गराए पनि पीडित शोभा भने सन्तुष्टपूरा पढ्नुहोस्


माओवादी बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठ्यो

साउन ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा आज पुनः मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दालाई अगाडि सारिनुपर्ने कुरा उठेको छ । चुनावी समीक्षा गर्ने क्रममा आजको बैठकमा सो पार्टीका नेता एवं पूर्वमन्त्री गिरीराजमणि पोखरेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि पहल गर्नुपर्ने आफ्नो धारणा राखे । उनले पार्टीमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा उठिरहेको आवाज ठीक भएको बताए । उनले अहिलेको चुनाव अत्यन्त खर्चिलो भएको, र त्यसैले निर्वाचनमा पाएको मतका आधारमा राज्यले खर्च व्यहोर्ने मोडेलमा जानुपर्ने बिचारसमेत व्यक्त गरे । बैठकलाई सम्वोधन गर्ने क्रममा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले अहिले स्थानीय निर्वाचनमापूरा पढ्नुहोस्


थपिने भयो दुई नयाँ खोप

  साउन ६, काठमाडौँ । सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकारी दिए । ‘‘पहिले पोलियोविरुद्व आइपिभि खोप दिँदै आएकमा विश्वमै त्यसको अभावका कारण नयाँ एफआइपिभि खोप सुरु गर्न लागिएको हो ।’’ उनले भने । आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने नयाँ खोप ६ हप्ता र १४ महिनाको उमेरमा गरी दुई पटक लगाउनुपर्छ । ‘ग्लोबल एलाइन्स फर भ्याक्सिन’ एण्ड एमिनाइजेसन (गाभी)को सहयोगमा दुबै खोप सुरु गर्न लागिएको हो । नेपालमापूरा पढ्नुहोस्


चितवनमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै

  साउन ६, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । जंगली जनावरको आक्रमणबाट गत आर्थिक वर्षमा यस क्षेत्रमा १४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये सबैभन्दा बढी गैँडाको आक्रमणबाट ७ जना, हात्तीको आक्रमणबाट ५ जना र बाघको आक्रमणबाट २ जनाले ज्यान गुमाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० जना घाइते भएका छन् । गैँंडा, हात्ती, बाघ, बँदेल, गोहीलगायत जनावरले उनीहरुलाई आक्रमण गरेको थियो । यसैगरी उक्त अवधिमा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न र दिसापिसाब गर्न जाँदा वन्यजन्तुको आक्रमणबाटपूरा पढ्नुहोस्


नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि ‘जनता स्वास्थ्य क्लिनिक’ खोलिँदै

कल्पना पौडेल साउन ६, काठमाडौँ । सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि ‘जनता स्वास्थ्य क्लिनिक’को भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाडौँका विभिन्न १० स्थानमा जनता स्वास्थ्य क्लिनिक खोल्ने लक्ष्य छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ रोगको प्रकृतिमा परिवर्तन आएकाले पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित रोग क्यान्सर, मुटुरोग, हृदयाघातका बिरामी बढेकाले क्लिनिकको विकल्प नभएको बताउँछन् । नसर्ने रोग समयमै पत्ता लगाउन सकेमा यस्ता रोगबाट बच्न सकिन्छ भनेर क्लिनिकमा द्रुतसेवा दिइने उनको भनाइ छ । सोही लक्ष्यअनुसार चावहिल र नयाँ बसपार्कमा भनेपूरा पढ्नुहोस्


न्याय दर्शन के हो ?

समिर सिंह (गत हप्ता हामीले न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरुबारे लेखक समीर सिंहको बिचार प्रकाशित गर्यौं । पूर्वीय ज्ञान विकासमा न्याय दर्शन एउटा महत्वपूर्ण ऐतिहासिक उपलब्धी हो । तसर्थ यसबारे प्रारम्भिक तहमै जानकारी हासिल गर्नु उपयुक्त देखिन्छ । आज हामी सोही न्याय दर्शनलाई सुरुबाटै चर्चा गर्ने उद्देश्य अनुरुप लेखक समीर सिंहको अर्को रचना यहाँ प्रस्तुत गरिन्छ ।–सम्पादक) भौतिक व्याख्या गर्ने सन्दर्भमा हाम्रो जुन अवधारणा तयार हुन्छ, त्यो नै दर्शन हो । ‘संसारको संचालक ईश्वर हुन्’– यो एक प्रकारको दर्शन भयो । ‘ईश्वर होइन, भौतिक तत्वबाट नै जगतको सृष्टि भएको हो’– यो अर्को प्रकारको दर्शन भयो । यी दुई विपरीतपूरा पढ्नुहोस्


फेसबुकबाट साथी बनाई पैसा पठाएको छु भनी ठगी गर्ने पक्राउ

  साउन ६, काठमाडौँ । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेँसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौँडा घर भई काठमाडौँ लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरेको हो । दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई करिब एक वर्ष अगाडिदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती नागरिक हुँ’ भन्दै एक व्यक्तिले कुराकानी गर्दै आएका थिए । भारतीय मोबाइल नम्बरबाट पीडित पौडेललाई ‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलरपूरा पढ्नुहोस्