Main Menu

Thursday, July 6th, 2017

 

किसानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्छ – अध्यक्ष प्रचण्ड

  असार २२, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कृषि क्षेत्रमा राज्यले पूर्णरुपमा लगानी गर्ने मात्रै नभई किसानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय किसान आयोगले यहाँ आज आयोजना गरेको ‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, लगानीको मात्रामा वृद्धि तथा किसानलाई नै अधिकार प्रदान गरेर थप व्यावसायिक एवम् जिम्मेवार बनाउनुपर्ने बताए । अध्यक्ष प्रचण्डले कृषि नेपालको अर्थतन्त्रको आधार भएकाले यसको उन्नतिका लागि नै आफ्नो नेतृत्वको सरकारले ‘सुपर जोन’, ‘जोन’ नै घोषणा गरेर काम गरेको बताए । उनले राष्ट्रिय प्रतिष्ठामा आँच नआउने गरी वैदेशिक लगानी भित्र्याउन पनि सकिने, तर त्यसकापूरा पढ्नुहोस्


मिर्गौला झिकेर आफन्तसँग गुपचुप गरेको सम्झौता मान्य नहुने-बिरामीका आफन्त

परिवारकै सहमतिमा मिर्गौला झिकिएको होः मनमोहन अस्पताल

  असार २२, काठमाडौँ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) ले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको उपचारमा कुनै लापरबाही नभएको जनाएको छ । पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित भएपछि अस्पतालले आज पत्रकार सम्मलेन गरेर पत्थरीको शल्यक्रिया गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको बिषय साँचो हो भन्दै पत्थरीको शल्यक्रियाको क्रममा मिर्गौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने जोखिम रहेपछि परिवारकै सहमतिमा मिर्गौला झिकिएको स्पष्ट पारेको छ । बिरामीको दुबै मिर्गौलामा पत्थरी भएकामध्ये देब्रे मिर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिक रहेको देखिएको बताउँदै शल्यक्रियाकापूरा पढ्नुहोस्


असार २५ देखि नारायणगढ–मुग्लिन सडक राति १० घन्टा बन्द

  असार २२, चितवन । पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज यहाँ आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो । प्रजिअ नारायणप्रसाद भट्टले बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको जानकारी दिए । यसैगरी बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४ बजे यातायात खुला गरिनेछ । यसअघि व्यवस्थापिका–संसद्, विकास समितिले यही असार ११ गते उक्त सडक खण्डको अनुगमन गरेको थियो । समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई उक्त सडकखण्डका बारेमापूरा पढ्नुहोस्


बेइजिङमा बर्षाका कारण तीन हजार व्यक्ति विस्थापित

असार २२, बेइजिङ् (चीन) । चीनमा बुधबारदेखि अविरल परेको विशाल बर्षाका कारण तीन हजार भन्दा बढी व्यक्ति विस्थापित भएका स्थानीय अधिकारीले जनाएका छन् । बेइजिङमा बुधबार ९ बजे रातिदेखि बिहीबार साँझ पाँचबजेसम्मको औषत बर्षा ५३.६ मिलिमिटर मापन गरिएको बेइजिङ् मौसम विज्ञान अनुसन्धान महाशाखाले जनाएको छ । बर्षाका कारण तीन हजार ४५३ व्यक्ति विस्थापित बनेका छन् भने सयभन्दा बढी पार्कक्षेत्र बन्द भएका शहरको बाढी नियन्त्रण तथा खडेरी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले पानी जम्मा भै डुबान नहोस् भनेर विपद व्यवस्थापन निकायलाई सकृय पारेको छ । शहरका विभिन्न ३८ स्थानमा ठाउँमा पानी तान्ने र फाल्ने व्यबस्था मिलाएको छ । केन्द्रले बिहीबारपूरा पढ्नुहोस्


इलाममा पहिलोपटक नाटक महोत्सव

असार  २२, इलाम । इलाम सदरमुकाममा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव आजदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन प्रतिष्ठानका कुलपति सरुभक्तले गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नाटक महोत्सवको आयोजना गरेको हो । उद्योग वाणिज्य सङ्घ इलामको संयोजनमा शुरु भएको नाटक महोत्सव आजदेखि चार दिनसम्म चल्नेछ । चार दिनमा विभिन्न नौ वटा नाट्य समूहले नाटक प्रदर्शन गर्ने प्रतिष्ठानका नाट्य विभागका प्रमुख रमेश रञ्जन झाले जानकारी दिनुभयो । जिल्ला जिल्लामा नाटकको वातावरण बनाउन र नाटकको विकासका लागि प्रतिष्ठानले अघिल्लो वर्षदेखि राजधानी बाहिर महोत्सव गर्न थालेको हो । गत वर्ष दोलखाको चरिकोटमा नाटक महोत्सव भएको थियो । नाटक महोत्सवमा आरोहणपूरा पढ्नुहोस्


मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो

असार  २२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो भएको छ । सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले बताए । “सुरुङमा यस्तो भौगर्भिक स्थिति भेटिँदा कामदारको सुरक्षाको चिन्ता छ, कमजोर चट्टान आएपछि माटो, ढुङ्गा नआओस् भनी अड्याउन काम गर्नुपर्छ, यसले काममा ढिलाइ भएको हो” – उनले भने । हाल सिन्धुबाट ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र मुहानतिर एवम् मुहानबाट ग्याल्थुमतिर गरी चार स्थानबाट सुरुङको काम भइरहेको छ । २७ दशमलव पाँच किमी सुरुङमध्ये अहिलेसम्म २५ किमीको कामपूरा पढ्नुहोस्


जनकपुरका सबै सार्वजनिक यातायात सेवा ठप्प, यात्री मर्कामा

असार २२, महेन्द्रनगर (धनुषा) । जनकपुर अञ्चल बस व्यवसायी सङ्घको आह्वानमा आजदेखि अनिश्चितकालका लागि सार्वजनिक बस सेवा बन्द भएको छ । बन्दका कारण जनकपुरबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका सबै सार्वजनिक बस सेवा ठप्प भएको छ । दुर्घटनामा घाइते भएकालाई क्षतिपूर्ति दिने विषयमा विवाद हुँदा प्रहरीले एक बस व्यवसायीलाई पक्राउ गर्न खोजेको विरोधमा जनकपुर अञ्चल बस व्यवसायी सङ्घले आजबाट बस नचलाउने निर्णय गरेको हो । गएराति १० बजेतिर प्रहरी उपरीक्षकको आदेश छ भन्दै दुईवटा भ्यानसहित पुगेको प्रहरी टोलीले जनकपुर अञ्चल बस व्यवसायी सङ्घका पूर्व अध्यक्ष श्यामसुन्दर चौधरीलाई पक्राउ गर्ने प्रयास गरेको विरोधमा आज (बिहीबार) देखि जनकपुरबाट चल्ने लामो तथापूरा पढ्नुहोस्


स्वास्थ्य

स्मरणशक्ति कसरी प्राप्त हुन्छ ? कसरी बढाउने ?

डा. टंकप्रसाद ओझा के तपाईं आफ्नो स्मरणशक्ति देखी प्रसन्न हुनुहुन्छ ? ज्ञानगुनका धेरै कुराहरु मस्तिष्कमा टिपाउन एक दुई पटक पढेर धेरै समयसम्म सम्झिरहन सकेमा कति आनन्द हुन्थ्यो होला ! चाहे घरमा काम गर्ने गृहिणी होउन् वा कक्षा–कोठामा पढाउने शिक्षक, अथवा कार्यालयमा काम गर्ने कर्मचारी वा एक व्यापारी नै किन नहोउन्, सबैलाई आफ्नो स्मरणशक्ति बढाउने तीब्र इच्छा, अभिलाषा पक्कै हुन्छ । के हामीले हाम्रो मस्तिष्कको बनावट एवं सूचना–खबर सम्पादन गर्दै जम्मा गरी राख्ने प्रक्रियाको बारेमा कहिल्यै सोचेका छौं त ? मान्छे उही हो, किन कोही गोबरगणेश हुन्छन् त, कोही अत्याधुनिक यन्त्रको निर्माण गरेर पत्याउनै नसक्ने उपलब्धि हात पार्ने क्षमताका हुन्छन ?पूरा पढ्नुहोस्


बीमा नगर्दा केरा किसान प्रभावित

असार २२, रत्ननगर (चितवन) । बाह्र बिगाहामा केराखेती गर्दै आउनुभएका पूर्वी चितवनका रामचन्द्र दवाडीको हावाहुरीले ढलाउँदा यसपालि ९०० बोट केरा क्षति भयो । पहिलोपटक केराखेती गरेका उनलाई बीमाको बारेमा जानकारी भएन । बीमाबारे जानकारी नुहँदा उनलाई रु. ३ लाख ६० हजार बराबर घाटा लाग्यो । दवाडीले जस्तै स्थानीय ३० केरा किसानका केरा हावाहुरीले क्षति गर्यो । उनीहरुको करिब रु. १ करोड बराबरको केरा नष्ट भएको छ । तर राहत भने शून्य छ । जिल्लामा बीमा नगरेका कारण केरा किसान प्रभावित हुँदै आएका छन् । बीमा गर्ने किसानले क्षतिको ९० प्रतिशत क्षतिपूर्ति पाउँदै आएका छन् । तर बीमा नगरेका किसान उक्तपूरा पढ्नुहोस्


विनियोजन विधेयकमा छलफल, खर्च कटौती प्रस्ताव प्रस्तुत

parliament-meeting-postponed

  असार २२, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदद्वय डिल्लीप्रसाद काफ्ले र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत आजको बैठकका निम्ति निर्धारण गरिएका ९ वटा मन्त्रालयमा विनियोजित रकम घटाइयोस् भन्दै उनीहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् । सांसद काफ्लेले जनसङ्ख्या तथा वातावरण, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र वाणिज्य मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गरे । त्यसैगरी सांसद सुवालले भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा समाज कल्याण, युवा तथा खेलकुद, रक्षा र वन तथा भू–संरक्षण मन्त्रालय शीर्षककोपूरा पढ्नुहोस्