Main Menu

Thursday, July 6th, 2017

 

लागूऔषधसहित एक महिनामा १४ समूह पक्राउ

  असार २२, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको हो । यस्तै प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दी घर भएका सोनु कापरलाई पक्राउ गरेको छ । कापरसँग प्रभागले १३० एम्पुल डाइजेल्याब, १२० एम्पुल फेनार्गन, १२० एम्पुल नुर्फिन र १९ एम्पुल लुपिजेसिक बरामद गरेको छ । प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले सर्लाही मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९२६७ नम्बरको यात्रुबाहक बसबाट लागूऔषध बरामद गरेको जानकारी दिए । प्रभागले लागूऔषध ओसारपसारमा संलग्न थप दुई जनालाईपूरा पढ्नुहोस्


मह शिकारका लागि उत्कृष्ट गन्तव्य डुडेलेक ओझेलमा

  असार २२, बेनी (म्याग्दी) । मालिका गाउँपालिकाको रुम र बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बहुमूल्य जडीबुटी, भिरमौरीको बासस्थान, विभिन्न प्रजातिका पंक्षी र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण उक्त लेक जिल्लाकै अति विकट ठाउँमा रहेको छ । पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पूर्वाधार र प्रचारप्रचारको अभावमा सो ठाउँ ओझेलमा परेको हो । रुमको बेली गाउँबाट करिब ५ घन्टाको दूरीमा रहेको डुडेलेकबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ बहुमूल्य जडीबुटी, भिरमौरी, लालीगुँराससहितका वनस्पति प्रशस्त पाइन्छ । भिरमौरीको मह सिकारका लागि डुडेलेक उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने स्थानीयवासी टेकबहादुर पुन बताउँछन् । लेकमा गाउँपालिकाअन्तर्गत पर्ने निस्कोट, दरवाङ, ओखरबोटलगायत आसपासकापूरा पढ्नुहोस्


सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

असार २२, सोलुखुम्बु । दूधकौसिका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण गरेसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष राईले प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सम्भाव्यता अध्ययन गर्ने, भ्रष्टाचार र सेवामा ढिलासुस्ती नियन्त्रण गर्न सिसिटिभी जडान गर्दै छिटोछरितो ढङ्गबाट सेवा प्रदानमा जोड दिने निर्णय र डिजिटल हाजिरीको व्यवस्था गर्ने पनि निर्णय गरेका छन् । गाउँपालिका उपप्रमुख सबिता राईले भने आज मात्र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । बुधबार गाउँपालिकाको कार्यालयमापूरा पढ्नुहोस्


तनहुँको दलित बस्तीको पखाला नियन्त्रणमा

  असार २२, दमौली । तनहुँको आँवुखैरेनी गाउँपालिका–१ पोखरीटारको दलित बस्तीमा फैलिएको पखाला नियन्त्रणमा आएको छ । स्वास्थ्यकर्मीले गाउँमै पुगेर बिरामीको उपचार गरेपछि रोग नियन्त्रणमा आएको हो । आँवुखैरेनी स्वास्थ्य चौकीका इन्चार्ज अगमराज उपाध्यायले त्यस क्षेत्रमा देखिएको पखाला नियन्त्रणमा आएको बताएका हुन् । बुधबार पनि स्वास्थ्यकर्मी बिरामीको निगरानीमा रहेको उनले जानकारी दिए । बिरामीको दिसा र पिउने पानी जाँचका लागि पठाइएको उपाध्यायले बताए । दिसा स्थानीय ल्याब र नमुना पानी परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको सो स्वास्थ्य चौकीले जनाएको छ । आँवुखैरेनीबाट बुधवार त्यहाँ पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई पानी उमालेर खान, क्लोरिन चक्की प्रयोग गर्न, बासी–सडेगलेका खानेकुरा नखान, सफासुग्घर भएरपूरा पढ्नुहोस्


भत्किएको बाँध नेपाली सेनाले निर्माण गर्दै

  असार २२, राजविराज । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ । बाढी पीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटान स्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए । त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत बाँध पुनःनिर्माणका लागि बाढी प्रभावित क्षेत्रमा पुगेको बताइएको छ । महुली नदीमा आएको बाढीले केही मिटरको फरकमा विभिन्न पाँच स्थानमा बाँध भत्किएर छेउमै रहेको तिरहुत गाउँपालिका–५ मा रहेको बस्ती पूर्णरुपमा डुबानमा परेको छ । यस्तै, सोही बाढीले साबिकको मैनाकडेरी–५, ६,पूरा पढ्नुहोस्