Main Menu

Tuesday, July 4th, 2017

 

चितवनमा चिकनगुनियाको सङ्क्रमण देखियो

  असार २०, चितवन । पूर्वी चितवनको खैरहनीकी एक महिलामा चिकनगुनियाको सङ्क्रमण देखा परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ५५ वर्षीया ती महिलाको रगत परीक्षणका क्रममा चिकनगुनियाको सङ्क्रमण देखा परेको हो । भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचार गर्न आएकी ती महिलामा चिकनगुनियाको सङ्क्रमण देखिएको केसीले बताए । जेठ १० गतेबाट ज्वरो आउन थालेपछि जेठ १९ गते ती महिलालाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल ल्याइएको थियो । ६ दिनसम्म सघन उपचार कक्षमा उपचार गरी ती महिला घर फर्किएको उनले बताए । सोमबार मात्र सो रोगको सङ्क्रमण देखिएको जानकारी पाएपछि केसी र प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीकापूरा पढ्नुहोस्


निर्वाचनको पूर्वाधार निर्माण गरी मिति तोक्न सरकारलाई आयोगको आग्रह

local-elections-ballot-paper-voter-list

  असार २०, काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारका रूपमा रहेको कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्राचार गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको पत्र पठाउने निर्णय गरेको हो । नेपालको संविधानले निर्दिष्ट गरेअनुसार हालको व्यवस्थापिका–संसद् आगामी माघ ७ गतेसम्म कायम रहने हुँदा उक्त मितिभित्र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था रहेको जनाउँदै आयोगले प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारका रूपमा रहेको कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगकोपूरा पढ्नुहोस्


बादशाहको नयाँ लुगा

ह्यान्स एण्डरसनले लेखेको कथा बादशाहको नयाँ लुगा धेरै मानिसहरुले पढेका होलान् । यो कथा नयाँ नयाँ पोशाकहरु लगाउने ठूलो सोख भएको एउटा बादशाहको बारेमा लेखिएको कथा हो । आफ्नो यही शोखको कारणले गर्दा उनले दुईजना ठगहरुको ठगीको शिकार हुनुपर्यो । ती दुई ठगहरुको के दाबी थियो भने उनीहरु बादशाहका लागि एउटा त्यस्तो अत्यन्त राम्रो पोशाक तयार गर्न सक्छन्, जसबारे कसैले सपनामा पनि कल्पना गरेका नहोलान् । तिनीहरुको के पनि दाबी थियो भने त्यस चमत्कारी पोशाकलाई मूर्ख अथवा आफ्नो पदको लागि अयोग्य व्यक्तिले आफ्नो आँखाले देख्न सक्ने छैन । बादशाहले तुरुन्तै आफ्नो लागि त्यस्तै पोशाक तयार गर्ने आदेश दिए । तीपूरा पढ्नुहोस्


अहिलेसम्मकै सबैभन्दा लामो दूरीमा मार हान्न सक्ने अनुमान

उत्तर कोरियाद्वारा पुन: क्षेप्यास्त्र परीक्षण

असार २०,  सोल । उत्तर कोरियाले फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । पश्चिमा राष्ट्रहरुको इच्छा र आग्रह बिपरीत उत्तरले मङ्गलबार सो क्षेप्यास्त्र परीक्षण गरेको बुझिएको छ । मङ्गलबारका पश्चिमा सञ्चारमाध्यमहरुले यसलाई एक ठूलो समाचारका रुपमा बिहानैदेखि प्रचारमा ल्याएका छन् । यसलाई संयुक्त राज्य अमेरिकालाई दिइएको चेतावनीका रुपमा पनि लिइएको छ । किनभने संयुक्त राज्य अमेरिकाले उसको स्वतन्त्रता दिवसको तयारी गरिरहेका बेला यता उत्तरले भने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । सोमबारमात्र भएको अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा अग्रसरता लिनपूरा पढ्नुहोस्


विदेशबाट फर्केका युवाले गरे माछापालन

  असार २०, गोरखा । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक माछापालन सुरु गरेका छन् । तीन किलोमा ‘सहारा कृषक समूह’ र मनकामनामा ‘लाफा नमुना’ कृषक समूह गठन गरी युवाले माछापालन, सुँगुरपालन, केराखेती र तरकारीखेती गर्दै आएका छन् । सोह्रजना युवक मिलेर सहारा कृषक समूहमार्फत १३ वटा पोखरीमा माछापालन गरिएको समूहका अध्यक्ष सुरज आलेले बताए । यीमध्ये ८ जना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही व्यवसाय गर्ने अठोटका साथ फर्किएका हुन् । कमन कार्फ, सिल्भर कार्फ, बिग हेड र रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले जानकारी दिए । “यहाँ वर्षमापूरा पढ्नुहोस्


निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए

  असार २०, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु. चार घटाएर रु. ८२ बनाएको थियो । यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिए । नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा रु. ७ हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु.पूरा पढ्नुहोस्


राति डेढ महिना मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गर्न निर्देशन

कुमार चौलागाईं असार २०, काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्न, वर्षायामको समयसम्म (करिब डेढ महिना) राति सवारी आवागमन निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न, सम्भव भएसम्म राति पनि सडक विस्तारको काम गर्न तथा जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले काठमाडौँ उपत्यकाभित्रका सडकलाई तत्काल स्तरोन्नति गर्न, मापदण्डानुसार सडकको चौडाइ तत्काल विस्तार गर्न, आगामी दिनमा बिजुलीका तारलाई युटिलिटिटनेलअन्तर्गत अन्डरग्राउन्ड गर्नपूरा पढ्नुहोस्


मनसुन सक्रिय भएसँगै देशैभर वर्षा

  असार २०, काठमाडौँ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ । एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरि नै फैलिएको छ । मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए । पूर्वका धेरै स्थानमा प्रर्याप्त वर्षात हुनसकेको थिएन । तर, सोमबारदेखि मनसुन पुनः सक्रिय भई उपत्यकासहित देशैभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा साधारण रहने स्थानभन्दा उत्तरतिर सरेकाले केही दिनयता मनसुनी वर्षा राम्रोपूरा पढ्नुहोस्


नेपाल वायुसेवा निगमलाई उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङको अन्तर्राष्ट्रिय प्रमाणपत्र

  असार २०, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएको बताउँदै निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताए । ‘आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन’ विश्वका ग्राउन्ड ह्यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो । निगमका सहायक प्रवक्ता शैलेश कङ्साकारका अनुसार निगमले केही महिनाअघि सो प्रमाणपत्र पाएको हो । यसको दुई वर्षीय अवधिपूरा पढ्नुहोस्


शिक्षा क्षेत्रमा बजेट कम भएको गुनासो

असार २०, काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल सुरु भएको छ । सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकमाथि समूहकृतरुपमा दलीय आधारमा छलफल सुरु भएको हो । बैठकमा सो छलफल प्रारम्भ होस् भनी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव राखेका थिए । छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सकलदेव सुतिहारले दलित समुदायका लागि जनता आवास कार्यक्रममा बजेट कम भएको भन्दै बजेट बढाउन सरकारको ध्यानाकर्षण गराए । नेकपा (एमाले) का गङ्गालाल तुलाधरले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्नेमा हाल १० प्रतिशत व्यवस्थापूरा पढ्नुहोस्