Main Menu

निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए

 

private-airlines-fare-decreaseअसार २०, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् ।

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो ।

निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु. चार घटाएर रु. ८२ बनाएको थियो ।

यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिए ।

नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा रु. ७ हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु. ७ हजार २०० थियो ।

त्यस्तै भद्रपुरको भाडा रु. ८ हजार ६७६, भैरहवाको रु. ५ हजार ९१३, धनगढीको रु. १२ हजार १९ र नेपालगन्जको रु. ८ हजार ३६५ पर्छ । यसअघि भद्रपुरको रु. ८ हजार ७००, भैरहवाको रु. ६ हजार, धनगढीको रु. १२ हजार २०० र नेपालगन्जको रु. ९ हजार ५०० थियो ।

त्यसैगरी पोखरा जान पहिला रु. ४ हजार ७०० तिर्नुपथ्यो भने अब रु. ४ हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान रु. ३ हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा रु. ४ हजार लाग्थ्यो ।

सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने रु. ४० मात्र घटेको छ । सिमरा जान पहिला रु. ३ हजार ४५ लाग्थ्यो भने अब रु. तीन हजार ५ तिरे पुग्छ । भरतपुर जान रु. ३ हजार ३५३ लाग्छ । पहिला रु. ३ हजार ५०० थियो ।

तुम्लिङ्टारको भाडा रु. ५ हजार ७०० बाट घटाएर रु. ५ हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि रु. ११ हजारबाट घटाएर रु. १० हजार ८६२ कायम गरिएको छ ।

(Visited 117 times, 1 visits today)

टिप्पणी

comments