Main Menu

Tuesday, July 4th, 2017

 

पोखरा अब खेलकुदको राजधानी !

असार २०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिए । सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताका ५ देखि ६ खेल पोखरामा गरिन लागेको र खेलकुद सुरु गर्नुभन्दा अघि नै त्यसका लागि सुरु गरिएका पूर्वाधार सम्पन्न गरिने विचार व्यक्त गर्दै सचिव दाहालले समग्र खेलकुदको लागि राज्यबाट वार्षिक रु. २ अर्ब २४ करोड मात्रै छुट्टाइनु ज्यादै न्यून भएको जिकिर गरे । उनले पोखरापूरा पढ्नुहोस्


वृद्धभत्ता वडा कार्यालयबाट तत्काल वितरण गरिने

असार २०, रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमणबहादुर थापाले वृद्धभत्ता वडा कार्यालय भवनबाट तत्काल वितरण गरिने बताएका छन् ।  नगरपालिकाको पहिलो नगर प्रमुख थापाले पदबहाली गर्दै वृद्धवृद्धालाई ध्यानमा राखी वृद्धभत्ता बुझ्न सहज परोस् भन्ने उद्देश्यले आफूले तत्काल वडा कार्यालय भवनबाट वितरण गर्ने व्यवस्था मिलाउन प्राथमिकतामा राखेको बताए ।  नगर प्रमुख थापाले रामपुरको बेझाड बजार क्षेत्रबाट निस्कने फोहोरमैला व्यवस्थित गर्न वैकल्पिक उपाय अपनाउने प्रतिबद्धता जनाए । नगर प्रमुख थापाले रामपुर नगरभित्र सबै घरमा जस्तापाता उपलब्ध गराएर खरको छानोरहित नगर घोषणा गर्ने कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको जानकारी पनि दिए ।  नगर क्षेत्रभित्रका सडकमा ‘एक घर एक रुख’ अवधारणाअनुरुप ‘ग्रिनपूरा पढ्नुहोस्


नदी–खोलामा शौचालय र ढल मिसाइएपछि प्रदुषण बढ्दो

  असार २०, मलेखु (धादिङ) । सन् २०१७ भित्रमा पूरै मुलुकलाई खुला दिसा मुक्त घोषणा गर्ने सरकारी लक्ष्य चर्चामा रहेको समयमा धादिङ बजारबासीले त्रिशूली नदी र थोपलखोलामा ढल तथा शौचालय मिलाएपछि प्रदूषण बढेको छ । यसबाट यहाँका नदी र खोलामा मिसाइएको ढल र शौचालयले दुर्गन्ध बढेको छ । बजार क्षेत्रका घरहरुमा बनाइएका शौचालय सिधै खोलामा हाल्दा र ढलसमेत नदीमा मिसाउँदा प्रदूषण मात्र नभई यसको आकर्षणमा समेत कमी आएको त्रिशूली बचाऔँ अभियानका उत्तम कँडेलले बताए । नदी संरक्षण र यसको सुन्दरता बचाएर पर्यटक भित्र्याउन बजारवासीले सामूहिक रुपमा सञ्चालन गरेको महाअभियानले नदी बचाउन अभियान सञ्चालन गरेको छ । त्रिशूली नदीमा र थोपलपूरा पढ्नुहोस्


चचुरेका महिला समूह बनाई सडक निर्माण गर्दै

असार २०,  रामेछाप । महिलाले पुरुषसरह काम गर्न सक्दैनन् भनी काममा नलगाएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ चचुरेका महिला महिलाको मात्रै समूह बनाई काममा लागेका छन् । स्थानीय उपभोक्तामार्फत निर्माण भइरहेको चुचुरेको गर्जाङ–खहरे सडकमा पुरुषले सँगै काम लगाउन नमानेपछि त्यहाँका महिला छुट्टै समूह बनाएर काममा लागेका हुन् । सो सडकमा महिला र पुरुषलाई समान कामका लागि समान ज्यालाको नीति कडाइका साथ लागू गरिएपछि पुरुषले महिलालाई काम लगाउन आनाकानी गरिरहेका छन् । पुरुषले महिलासँग काम गर्दा घाटा लाग्छ भन्दै समूहमा राख्न नमाने पछि आफूहरुले महिलामात्रको समूह बनाएर छुट्टै काम गर्न थालेको गोकुलगङ्गा गाउँपालिका–१ चुचुरेकी दीर्गमाया खत्रीले बता] । चुचुरेका महिला अहिले पुरुषको आरोपलाईपूरा पढ्नुहोस्


फेरि अनिश्चितकालीन यातायात बन्द !

  असार २०, रोल्पा । गिरप्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले यहाँ अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताए । रोल्पामा ११ जना र १ पत्रकारलाई गिरफ्तार गरी लामो समय हिरासतमा राखेर आइतबार राति १० बजे रिहा गरिए पनि केही दिनअघि अर्का कार्यकर्ता वीरबहादुर ओलीलाई गिरफ्तार गरी हालसम्म पनि रिहा नगरेको पार्टी रोल्पाले जनाएको छ । गिरतार गरिएका आफ्ना कार्यकर्ता रिहा नभएसम्म यातायात बन्द जारी रहने सो पार्टीलेपूरा पढ्नुहोस्


झाडापखालाबाट थप एकको मृत्यु, २५ जना सिकिस्त

असार २०,  लहान । विगत दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ भने २५ जना सिकिस्त बिरामी परेका छन् । पछिल्लो पटक झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रध निवासी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले जानकारी दिए । झाडापखालाबाट थलिएकी गुद्रीदेवीको अस्पताल लैजाने तयारी भइरहेका बेला राति मृत्यु भएको प्रमुख डा दासले बताए । योसँगै उक्त गाउँमा फैलिएको झाडापखालाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि गत साता झाडापखालाबाट सीतापुरप्रध–८ निवासी ७० वर्षीय मागेन यादवको मृत्यु भएको थियो । झाडापखालाबाटपूरा पढ्नुहोस्


महोत्तरीमा भीषण वर्षाका कारण बाटो अवरुद्ध

असार २०,  गौशाला । महोत्तरी जिल्लामा गएराति परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ । रातभरिको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले ती खाल्डाखुल्डीमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ । सबै बाटोमा माटाका थुप्रा यततत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फस्ने र दुर्घटना हुने डर भएकाले बाटो अवरुद्ध भएको छ । भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा बस, जिप, ट्र्याक्टर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकलसमेतपूरा पढ्नुहोस्


अभिलेख/अन्तर्वार्ता

क्रान्ति सिंगो राष्ट्रले गर्छ, केवल एउटा पार्टीले मात्र गर्ने होइन– कार्ल मार्क्स

सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो (तिनीहरु समान ठानिएका र हरेक रचनाले मार्क्सलाई विश्व षडयन्त्रको मास्टरमाइन्डको रुपमा स्थिर रुपले चरितार्थ गर्यो ।) (‘षडयन्त्र’ तत्कालीन बुर्जुवाहरुले प्रयोग गरेको शब्द हो । – मूल्याङ्कन) एउटा रुढीवादी अखबारमा मार्क्सको यही नै एउटा लामो अन्तर्वार्ता हो, जुन उनले यस्तो कहिल्यै दिएका थिएनन् । यो आकर्षक छ, तर अझ रोचक कुरा त के रह्यो भने सन् १९६४ सम्म यसबारे मार्क्सवादी विद्वानहरुलाई वास्तविक जानकारी भएन । मार्क्सको यो अन्तर्वार्तापूरा पढ्नुहोस्