Main Menu

Monday, July 10th, 2017

 

ती दिन

कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठको संस्मरण

(झण्डै बाह्र वर्षअघि २०६२ माघ १९ गते बितेका शम्भुराम श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक परिचित नेता हुन् । राणा शासनको क्रुरताबिरुद्ध १९९७ सालदेखि उनी राजनीतिमा लागेका थिए । त्यतिखेर उनी भर्खर कक्षा ९ मा अध्ययनरत थिए । काठमाडौंको नेवार समुदायमा जन्मेका कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठ नेपालमा कम्युनिस्ट पार्टी गठन हुनुपूर्व नै कलिलै उमेरमा राजनीतिमा ओर्लिए । नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषद हो । उनले त्यसै पार्टीबाट राजनीति सुरु गरेका थिए । वि.सं.१९९८ वैशाख २० गते पे्रमबहादुर कंसाकार, सूर्यबहादुर भारद्वाज र पुष्पलाल श्रेष्ठसँगै शम्भुराम श्रेष्ठले काठमाडौंको मासाङगल्लीस्थित पे्रमबहादुर कंसाकारको घरमा पहिलो औपचारिक बैठक गरी एउटा नयाँ भूमिगत राजनैतिकपूरा पढ्नुहोस्


प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन

  असार २६, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्रपूरा पढ्नुहोस्


असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइन्छ – उपप्रम महरा

  असार २६, चितवन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरेर असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइने बताएका छन् । उनले संशोधनको तयारी भइरहेको समेत जानकारी दिए । मन्त्री महराले यहाँ आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सङ्गठन कमजोर भएकाले पार्टीले स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम ल्याउन नसकेको बताए । उनले आफ्नो पार्टी बलियो रहेको जिकिर गर्दै जनताको हितमा काम गर्न कार्यकर्तालाई निर्देशन दिए । आगामी कात्तिक/मंसिरमा अर्काे तहको निर्वाचन हुने भएकाले तयारीमा रहन र संगठनलाई थप मजबुत बनाउन कार्यकर्तालाई आग्रह गरे ।


‘जनताको काम गर्ने हो, तलब नपाए पनि गरिन्छ’

प्रकाश सिलवाल असार २६, चौतारा (सिन्धुपाल्चोक) । “जनयुद्धकालमा पनि स्वयंसेवक भई पार्टी र देशका लागि काम गरिएको हो । अहिले जननिर्वाचित भएर सुविधा पाइएन भने पनि कुनै गुनासो छैन”, नवनिर्वाचित चौतारा–साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ तलब-सुविधाबारे नेपाल सरकारले स्पष्ट निर्णय नगरेको अवस्थामा आफूहरु सुविधा नलिई काम गर्न तयार देखिन्छन् । नयाँ संविधानानुसार स्थानीय तहको निर्वाचनपछि कार्यभार सम्हालेको जनप्रतिनिधिको तलब-सुविधा हाल केन्द्र सरकारको बजेटबाट निकासा नभएका सन्दर्भमा प्रमुख तामाङको खासै दुखेसो छैन । “जनताको काम गर्ने हो । तलब नपाए पनि गर्नुपर्छ ।” नेकपा (माओवादी केन्द्र) का तर्फबाट विजयी तामाङ भन्छन् ।   गत वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनबाटपूरा पढ्नुहोस्


प्राचीन बस्तीका भूकम्प प्रभावित घरलाई थप रु. ५० हजार

असार २६, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित प्राचीन बस्तीको संरक्षण गर्न त्यहाँ बन्ने निजी आवासलाई थप रु ५० हजार प्रोत्साहनको प्रस्ताव अघि सारेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाभित्रका पुरातात्विक तथा पर्यटकीय महत्वका तीन र बाहिरका तीन बस्तीमा प्राचीन स्वरुप झल्कने गरी पुनःनिर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्न यस्तो प्रस्ताव अघि सारेको हो । काठमाडौँको साँखु, ललितपुरका खोकना र बुङ्गमती, गोरखाका गोरखा दरबार र सङ्ग्रहालय क्षेत्र, नुवाकोटको दरबार क्षेत्र एवम् दोलखाको भीमेश्वर मन्दिर वरिपरिको बजार क्षेत्रमा रहेका करिब ३ हजार निजी घरलाई प्राचीन स्वरुप झल्किने गरी कलात्मक बनाएर पुनःनिर्माण गर्न थप सहयोगको प्रस्ताव अघि सारिएको हो । सोपूरा पढ्नुहोस्


सुत्केरीलाई पाँच हजार दिने निर्णय

असार २६, दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई रु. ५ हजार दिने निर्णय गरेको छ । नगर कार्यसमितिको आज बसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउनेछन् । सो बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत एम्बुलेन्स सेवामा छुट दिने, अपाङ्गलाई नगर प्रमुख र उपप्रमुखको कोठामा पहुँच पुर्याउन अपाङ्गमैत्री बनाउने, कामकाजलाई चुस्तदुरुस्त बनाउन नगरपालिकाको प्रत्येक वडामा सिसी क्यामेरा जडान गर्ने, कार्यालयमा इलोक्ट्रोनिक्स हस्ताक्षरको व्यवस्था गर्ने, १५ दिनभित्र सर्वदलीय सर्वपक्षीय निर्णयकापूरा पढ्नुहोस्


अपरमाई ‘सी’बाट विद्युत् उत्पादन सुरू

असार २६, इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन सुरू गरेको छ । अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६.१ मेगावाट भए पनि पिपीए सम्झौतामा ५.१ मेगावाट रहेको छ । ५.१ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको प्रवर्द्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले जानकारी दिए । यसअघि माबुमा अपरमाई हाइड्रोपावर निर्माण सम्पन्न गरी १२ मेगावाट विद्युत् उत्पादन गरिएको छ । उक्त आयोजनाबाट खेर जाने पानी पुनः सदुपयोग गरी अपरमाई ‘सी’ बाट विद्युत् उत्पादन गरिएको हो । अपरमाई ‘सी’ अपरमाईकै क्यास्केट परियोजना हो ।पूरा पढ्नुहोस्


संविधान संशोधनपछि मात्र सरकार विस्तार – उपप्रधानमन्त्री महरा

mahara-adb-meeting-yokohama

  असार २६, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” उपप्रधानमन्त्री महराले भने । मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको पनि उनले बताए । उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स – जिएसटी)को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए । भर्खरै मात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आई नसकेकोपूरा पढ्नुहोस्


बिचार

आफू र आफ्नो परिवेशलाई बुझ्ने यात्रा शुरु गरौं

गिरीराजमणि पोखरेल (गिरीराजमणि पोखरेल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का एक वरिष्ठ नेता हुन् । केन्द्रीय समितिका कार्यालय सदस्यसमेत रहेका उनी नेपाल सरकारको पटकपटक मन्त्री पनि बनिसके । सरकारमा रहेर स्वच्छ, कुशल, मेहनती र साहसी मन्त्रीका रुपमा छवि बनाएका उनी पार्टी भित्र पनि विचारशील नेताका रुपमा स्थापित छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्व अध्यक्ष पनि रहेका नेता पोखरेल आफ्नो समयका चर्चित विद्यार्थी एवं युवा नेता हुन् । सुरुको नेपाल कम्युनिस्ट पार्टी (चौम)बाट राजनीति सुरु गरेका उनी विभाजन पछिको नेकपा (चौम), नेकपा (एकता केन्द्र), नेकपा (एकता केन्द्र मसाल) र एकीकृत नेकपा (माओवादी) हुँदै हाल नेकपा (माओवादी केन्द्र) मापूरा पढ्नुहोस्